१६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र १५, २०७५
|
|
१८ पटक हेरिएको
Shares

सारांश

  • कञ्चनपुर १५, भदौ ।
  • कञ्चनपुरमा फेरी  एक १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ।
  • बेल्डाँडी गाउँपालिकाकी किशोरीमाथि बिहीबार राति सामुहिक बलात्कार भएको जानकारी दिइएको छ।

कञ्चनपुर १५, भदौ । कञ्चनपुरमा फेरी  एक १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ। बेल्डाँडी गाउँपालिकाकी किशोरीमाथि बिहीबार राति सामुहिक बलात्कार भएको जानकारी दिइएको छ।घरमा पूजा भएको समयमा आयका  ती युवा हरु ले  किशोरी लाई सडकमा बोलाएको र अपहरण शैलीमा घरबाट टाढा लगेर सामुहिक बलात्कार गरिएको इलाका प्रहरी कार्यालय बेल्डाँडीका प्रहरी प्रमुख सुरेन्द्रबहादुर बमले बताए।

 ती किशोरीलाई अपहरणशैलीमा मोटरसाईकलमा राखेर ती युवकहरु ले घरदेखि अर्को गाउँ ‘जबदिया’मा लगेर सामूहिक बलात्कार गरेका थिए,बलात्कार गरेर ४ युवक भागे। दुई युवकसंग चिनजान थियो’ किशोरीलाई उदृत गर्दै प्रहरी प्रमुख बमले भने, ‘पीडित किशाेरीले प्रहरीमा दिएको बयान अनुसार ४ जना फरार छन्’। फरार चारै जनाको खोजीकार्य भईरहेको प्रहरीले जानकारी दिएकाे छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?