शेयर बजार उकालो, सोमबार नेप्से परिसुचक दोहोरो अंकले बृद्धि

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण ३०, २०७९
|
|
२९ पटक हेरिएको
Shares
शेयर बजार उकालो, सोमबार नेप्से परिसुचक दोहोरो अंकले बृद्धि

सारांश

  • काठमाडौ  ।
  • आज सोमबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ ।
  • आज नेप्से सूचक ५५.

काठमाडौ  । आज सोमबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से सूचक ५५.८८ अंकले बढेर २०६५.८९ को बिन्दुमा पुगेर रोकिएको छ ।

आज कारोबारमा आएका २१५ कम्पनीका ६० लाख २६ हजार १ सय ९२ कित्ता शेयर खरिद बिक्रिबाट २ अर्ब ४३ करोड २९ लाख ८४ हजार ६ सय ११ रुपैयाँ ९० पैसाको कारोबार भएको छ । जस मध्ये शिवम सिमेन्टको सबैभन्दा धेरै २१ करोड २ लाख, नेपाल लाइफ इन्स्योरेन्सको १२ करोड ५५ लाख, हिमालयन डिस्टिलरीको ९ करोड ४१ लाख, नेपाल टेलिकमको ६ करोड ८५ लाख तथा अरुण भ्याली हाइड्रोको ६ करोड १४ लाख बराबरको कारोबार भएको छ ।

आज कारोबारमा आएका सबै समुहगत सूचक बढेका छन् । जस मध्ये फाइनान्स समुह सबै भन्दा धेरै ७.३८ प्रतिशत तथा विकास बैंक समुह ५।३२ प्रतिशतले बढेको छ । त्यस्तै हाइड्रो समुह ४.४३ तथा ट्रेडिङ समुह ४.३८ प्रतिशतले बढेको छ ।

आज श्री इन्भेष्टमेन्ट फाईनान्स, मल्टिपर्पोज फाइनान्स, राधि हाइड्रो, रिभर फल्स पावर, पन्चकन्या माई हाइड्रो लगायतका शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज रिडी पावर कम्पनीका लगानीकर्ताले सर्वाधिक ९.९९ प्रतिशत गुमाएका छन् । आज गुराँस लघुवित्तको शेयर मूल्य २।७० प्रतिशतले घटेको छ भने शिवम सिमेन्टको शेयर मूल्य २.१२ प्रतिशतले घटेको छ ।

आज कारोबारमा आएका मध्ये १८० कम्पनीको शेयर मूल्य बढेको छ भने ४ कम्पनीको शेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

युएईमाथि सहज जित निकाल्दै नेदरल्याण्ड टी–२० विश्वकपमा छनोट
युएईमाथि सहज जित निकाल्दै नेदरल्याण्ड टी–२० विश्वकपमा छनोट
राप्रपाः प्रमलाई मतदान गर्ने÷नगर्नेबारे संसदीय दललाई जिम्मेवारी
राप्रपाः प्रमलाई मतदान गर्ने÷नगर्नेबारे संसदीय दललाई जिम्मेवारी
भारतमा एकैदिन करिब ९६ हजार कोरोना संक्रमित थपिए
भारतमा एकैदिन करिब ९६ हजार कोरोना संक्रमित थपिए
१० रुपैयाँ मै कपडा बिक्री, आम्दानीबाट विद्यालय सञ्चालन
१० रुपैयाँ मै कपडा बिक्री, आम्दानीबाट विद्यालय सञ्चालन
इटालीको रात्रिक्लबमा भागदौड हुँदा ६ जनाको मृत्यु
इटालीको रात्रिक्लबमा भागदौड हुँदा ६ जनाको मृत्यु
झ्याप्ले खोलामा अवरुद्ध सडक खुलेयता १७ सय सवारी काठमाडौँ  भित्रिए
झ्याप्ले खोलामा अवरुद्ध सडक खुलेयता १७ सय सवारी काठमाडौँ  भित्रिए
फोर्ब्सको सूचीमा परेकी गल्फ खेलाडी प्रतिमा भन्छिन्, ‘कोरोनाले खुशी साँट्नै पाइनँ’
फोर्ब्सको सूचीमा परेकी गल्फ खेलाडी प्रतिमा भन्छिन्, ‘कोरोनाले खुशी साँट्नै पाइनँ’
जनताले सरकार छोड्न भनिसकेपछि देउवाले गरेका निर्णयले राज्यलाई घाटैघाटा : अपार
जनताले सरकार छोड्न भनिसकेपछि देउवाले गरेका निर्णयले राज्यलाई घाटैघाटा : अपार
शेयर बजार आज पनि ओरालोतिर
शेयर बजार आज पनि ओरालोतिर
आउने भयो सुरुङ खन्ने उपकरण टिबिएम (टनेल बोरिङ मेसिन) अब द्रुतगतिमा बिकास निर्माण हुने
आउने भयो सुरुङ खन्ने उपकरण टिबिएम (टनेल बोरिङ मेसिन) अब द्रुतगतिमा बिकास निर्माण हुने

तपाईंले छुटाउनुभयो कि?