३१५ केन्द्रीय सदस्यको हस्ताक्षर लिएर नेकपाको प्रचण्ड समूह निर्वाचन आयोगमा

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष ८, २०७७
|
|
२७ पटक हेरिएको
Shares
३१५ केन्द्रीय सदस्यको हस्ताक्षर लिएर नेकपाको प्रचण्ड समूह निर्वाचन आयोगमा

सारांश

  • नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड समूह ३ सय १५ जना केन्द्रीय सदस्यको हस्ताक्षर लिएर निर्वाचन आयोग पुगेको छ ।
  • नेकपाको निर्वाचन आयोगमा कुल दर्तामा रहेको ४ सय ४१ केन्द्रीय सदस्य मध्ये ३ सय १५ जनाको हस्ताक्षर लिएर उक्त समूहका नेताहरु निर्वाचन आयोग पुगेका हुन् ।
  • पार्टीमा भने ४ सय ४७ मौजुदा केन्द्रीय सदस्य रहेको तथ्यांक छ ।

नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड समूह ३ सय १५ जना केन्द्रीय सदस्यको हस्ताक्षर लिएर निर्वाचन आयोग पुगेको छ । नेकपाको निर्वाचन आयोगमा कुल दर्तामा रहेको ४ सय ४१ केन्द्रीय सदस्य मध्ये ३ सय १५ जनाको हस्ताक्षर लिएर उक्त समूहका नेताहरु निर्वाचन आयोग पुगेका हुन् । पार्टीमा भने ४ सय ४७ मौजुदा केन्द्रीय सदस्य रहेको तथ्यांक छ ।

हाल रहेको कमिटी सदस्यमध्ये प्रचण्ड पक्षमा दुई तिहाई रहेको देखिन्छ । प्रचण्ड र माधव पक्षबीच जोड्दा नेकपाभित्र उनीहरुकै बहुमत थियो । यही बुझेर प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले हिजो केन्द्रीय कमिटी विस्तार गरी ११ सय ९९ पुर्याएका थिए । जसमध्ये ५ सय ५६ जनालाई हिजो नै केन्द्रीय सदस्य बनाएर सपथ गराएका थिए । तर, ओलीको निर्णयलाई प्रचण्ड समूहले अवैधानिक भनेको छ ।

नेकपा विभाजन भएपछि केन्द्रीय कमिटीको सदस्य संख्या हस्ताक्षरसहित बुझाउने प्रतिष्पर्धा चलेको हो । पार्टीको नाम, झण्डा र चुनाव चिन्ह हात पार्न नेताहरुबीच यो प्रतिष्पर्धा चलेको हो ।

ओलीले विस्तार गरेको केन्द्रीय कमिटीलाई निर्वाचन आयोगले नेकपाकै हो भनी मान्यता दिए सुर्य चिन्ह भएको नेकपाको अध्यक्ष उनी नै हुनेछन् । यसलाई मान्यता नदिए ओलीले अर्को दल खोल्नुपर्छ कि त ओली पक्षले आफूमाथि गरेको कारबाही स्वीकार्नुपर्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाँचौं रमपम उदयपुर गोल्डकप २०७५ को उदघाटन मुख्यमन्त्री शेरधन राईले गर्ने
पाँचौं रमपम उदयपुर गोल्डकप २०७५ को उदघाटन मुख्यमन्त्री शेरधन राईले गर्ने
डुङ्गा डुब्दा एघार जनाको मृत्यु, बैसट्ठी जनाको जीवितै उद्धार
डुङ्गा डुब्दा एघार जनाको मृत्यु, बैसट्ठी जनाको जीवितै उद्धार
प्रचण्डले एमसीसी रोक्न लागेपछि देउवा कठोर निर्णयको तयारीमा
प्रचण्डले एमसीसी रोक्न लागेपछि देउवा कठोर निर्णयको तयारीमा
क्यासिनो मुद्दा: अदालत बिकेको की  हेर्न नभ्याएको ?
क्यासिनो मुद्दा: अदालत बिकेको की हेर्न नभ्याएको ?
नवलपरासी क्षेत्र नं २ मा पुरानै प्रतिस्पर्धी
नवलपरासी क्षेत्र नं २ मा पुरानै प्रतिस्पर्धी
कान्तिपुर दैनिकका पत्रकार कैनीमाथि हातपात : महासंघले गर्यो भत्र्सना
कान्तिपुर दैनिकका पत्रकार कैनीमाथि हातपात : महासंघले गर्यो भत्र्सना
राष्ट्रिय एकताको पक्षमा सकारात्मक भाष्य निर्माण गर्ने अठोटका साथ विजया दशमी मनाऔँ : प्रधानमन्त्री दाहाल
राष्ट्रिय एकताको पक्षमा सकारात्मक भाष्य निर्माण गर्ने अठोटका साथ विजया दशमी मनाऔँ : प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री ओलीलाई स्वागत गर्न यसरी तयार भैसक्यो दिल्ली
प्रधानमन्त्री ओलीलाई स्वागत गर्न यसरी तयार भैसक्यो दिल्ली
विधेयक र नियमावली स्वीकृत गर्ने
विधेयक र नियमावली स्वीकृत गर्ने
रुकुममा मतपेटिकामै आगो लाग्यो
रुकुममा मतपेटिकामै आगो लाग्यो

तपाईंले छुटाउनुभयो कि?