आर के स्टूडियोमा भिषण आगलागी, जल्यो ‘सुपर डान्स २’को सेट

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन १, २०७४
|
|
२९ पटक हेरिएको
Shares
आर के स्टूडियोमा भिषण आगलागी, जल्यो ‘सुपर डान्स २’को सेट

सारांश

  • शनिबार मुम्बइको चर्चित आरके स्टूडियोमा आगो लागेको छ ।
  • आगोका कारण टीभी रियालिटी शो ‘सुपर डान्स सिजन २’को सेट जलेर ध्वस्त भएको छ ।
  • यो स्टूडियोलाइ बलिउड नायक राज कपुरले सन् १९४८ मा मुम्बइको चेम्बुरमा स्थापना गरेका थिए ।

शनिबार मुम्बइको चर्चित आरके स्टूडियोमा आगो लागेको छ । आगोका कारण टीभी रियालिटी शो ‘सुपर डान्स सिजन २’को सेट जलेर ध्वस्त भएको छ । यो स्टूडियोलाइ बलिउड नायक राज कपुरले सन् १९४८ मा मुम्बइको चेम्बुरमा स्थापना गरेका थिए ।

यो घटनामा कोही पनि व्यक्ति घाइते भएको खबर छैन । आगो निभाउनका लागि ६ वटा दमकल आरे के स्टूडियोमा पुगेका थिए । यो स्टूडियोमा ‘सुपर डान्स सिजन २’को केही भाग छायांकन गरिएको थियो । शनिबार भने कुनै पनि सुटिङ थिएन ।
सोनी टेलिभिजनमा सेप्टेम्बर ३० तारिखबाट यो शो प्रशारण हुँदैछ । घटनापछि ऋषि कपुरले ट्विट गर्दै दुःख व्यक्त गरेका थिए । उनले लेखेका छन्-‘एउटा स्टूडियो त फेरि बनाउन सकिएला । तर, योसँग जोडिएका अमुल्य याद र आर के फिल्मका कपडा जलेर नष्ट भएको छ । आगोले सबै कुरा जलाएर बर्बाद गरेको छ ।’ यो स्टूडियोमा थुप्रै बलिउड चलचित्रको छायांकन गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?