गाउँपालिकाको काम ठप्प

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन १२, २०७४
|
|
२६ पटक हेरिएको
Shares
गाउँपालिकाको काम ठप्प

सारांश

  • सिरहा : औरही गाउँपालिकामा उपाध्यक्षले सबओभरसियरलाई हाजिर गराएपछि विवाद भएको छ।
  • यही विवादका कारण प्रशासकीय अधिकृतले गाउँपालिका छाड्दा प्रशासनिक कार्य डेढ महिनादेखि ठप्प छ।
  • कर्मचारीलाई तलब खुवाउन समस्या भएको छ।

सिरहा : औरही गाउँपालिकामा उपाध्यक्षले सबओभरसियरलाई हाजिर गराएपछि विवाद भएको छ। यही विवादका कारण प्रशासकीय अधिकृतले गाउँपालिका छाड्दा प्रशासनिक कार्य डेढ महिनादेखि ठप्प छ। कर्मचारीलाई तलब खुवाउन समस्या भएको छ। गाउँसभासमेत हुन सकेको छैन।

अध्यक्ष नभएका बेला उपाध्यक्ष सीतादेवी यादवले कार्यपालिकाबाट बहुमतले निर्णय गरी सब–ओभरसियर दिनेश यादवलाई हाजिर गराउन खोज्दा विवाद भएको हो। आफ्नो अनुपस्थितिमा उपाध्यक्षले कार्यकारी अधिकृतलाई टिप्पणी उठाउन लगाई कर्मचारी हाजिर गराउन खोजेको अध्यक्ष सिद्धार्थ यादवले बताए। यस विषयमा कार्यकारी अधिकृतलाई स्पष्टीकरणसमेत सोधेको उनले सुनाए। ‘बहुमतको आडमा नचाहिँदो काम गर्न मिल्दैन’, उनले भने, ‘गाउँपालिकामा ओभरसियर र इन्जिनियरको खाँचो छ, सब–ओभरसियरको काम छैन।’

प्रशासकीय अधिकृत भागवत रेग्मी काम गर्ने वातावरण नभएको भन्दै मन्त्रालयमा हाजिर भएका छन्। अर्को अधिकृत नहुँदा प्रशासनिक कार्य ठप्प भएको अध्यक्ष यादवले बताए।

मन्त्रालयले सुखीपुर नगरपालिकाका कार्यकारी अधिकृत राजकुमार दासलाई थप जिम्मेवारी दिई औरहीमा पठाएको थियो। विवाद नमिलेर काम गर्ने वातावरण नभएको भन्दै अधिकृत दास गाउँपालिकामा हाजिर भए पनि काम थालेनन्।

चुनाव हारेका व्यक्तिको उक्साहटमा लागेर उपाध्यक्षले विवाद खडा गरेको अध्यक्ष यादवको आरोप छ। उपाध्यक्ष यादवले भने आफू अध्यक्षलाई बारम्बार सब–ओभरसियर हाजिरीका विषयमा कुरा राख्दा नसुनेको बताइन्। आफ्नो कुरा नमानेकाले बहुमतबाट निर्णय गराएको उनले स्वीकार गरिन्। बहुमतको निर्णयलाई अध्यक्षले कार्यान्वयन हुन नदिएर विवाद बल्झाउन खोजेको उनले बताइन्।

जिसस प्रमुख रामचन्द्र ठाकुरले औरहीको विवाद मिलाउन दुवै पक्षसँग कुराकानी भइरहेको बताए। भने, ‘दुवै पक्षलाई बोलाएर कुराकानी भएको छ, चाँडै समझदारी हुन्छ।’

दुई वडामा एक सचिव

कर्मचारी अभावका कारण एक जना वडासचिव दुई वडाको काम गर्न बाध्य भएका छन्। लहान नगरपालिका वडा नम्बर १३ र १४ को संयुक्त कार्यालय छ। भवन र कर्मचारी अभावमा सेवा सञ्चालन गर्न समस्या भएको वडा १४ का अध्यक्ष महेश श्रेष्ठले बताए।

‘सिंहदरबारको अधिकार गाउँमा नाम मात्रैको भयो’, उनले भने, ‘यसको कार्यान्वयन अझै हुन सकेको छैन।’

३८ प्रकारका काम वडाले सञ्चालन गर्नुपर्ने भए पनि कर्मचारी र भौतिक पूर्वाधार अपुरो हुँदा चाहेजस्तो काम गर्न नसकेको उनले बताए। ‘दुई वडामा कर्मचारीका नाममा जम्मा एक जना सचिव छ। त्यो पनि नभएको बेला आफैं सिफारिस बनाउँदै आएको छु’, वडा नम्बर १३ का अध्यक्ष ईश्वर बस्नेतले भने।

बिदा जाँदा, बिरामी पर्दा दुवै वडाको काम ठप्प हुने गरेको वडासचिव पशुपति चौधरीले बताए। भने, ‘कर्मचारी अलग–अलग नभएर घटनाको सर्जमिन मुचुल्का, मालपोतसम्बन्धी काममा बाधा पुग्ने गरेको छ।’अन्नपूर्ण पोस्ट बाट

(flossdental.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डोल्पालीका लागि अस्पताल बन्दै तातोपानी कुवा
डोल्पालीका लागि अस्पताल बन्दै तातोपानी कुवा
दूध दिने गाइवस्तुले खान्छन् चकलेट !
दूध दिने गाइवस्तुले खान्छन् चकलेट !
रचना श्रेष्ठमाथि अाठ गाेलि प्रहार !
रचना श्रेष्ठमाथि अाठ गाेलि प्रहार !
संवैधानिक जिम्मेवारी नै मेरा मार्गनिर्देशक सिद्धान्त रहनेछन्: नवनिर्वाचित राष्ट्रपति पौडेल
संवैधानिक जिम्मेवारी नै मेरा मार्गनिर्देशक सिद्धान्त रहनेछन्: नवनिर्वाचित राष्ट्रपति पौडेल
सल्लाहकार दाहालको निधनबाट माओवादी केन्द्र स्तब्ध
सल्लाहकार दाहालको निधनबाट माओवादी केन्द्र स्तब्ध
आजका पत्रपत्रिकामा गोरे हिट, प्रदेश २ को सरकारलाई दिएको समर्थन फिर्ता लिने
आजका पत्रपत्रिकामा गोरे हिट, प्रदेश २ को सरकारलाई दिएको समर्थन फिर्ता लिने
मध्येभोटेकोसी जलविद्युत आयोजनाको ठेक्का स्थगित, व्यवसायीहरुबीच झडप
मध्येभोटेकोसी जलविद्युत आयोजनाको ठेक्का स्थगित, व्यवसायीहरुबीच झडप
माओवादी मन्त्रीलाई हटाउन प्रधानमन्त्रीलाई कांग्रेसभित्रै दबाब,
माओवादी मन्त्रीलाई हटाउन प्रधानमन्त्रीलाई कांग्रेसभित्रै दबाब,
हेर्नुहोस कहाँ कहाँ सुरु भैसक्यो मतगणना !
हेर्नुहोस कहाँ कहाँ सुरु भैसक्यो मतगणना !
ठूला पूर्वाधारमा राज्यले नै लगानी गर्नुपर्छः पूर्वप्रधानमन्त्री डा भट्टराई
ठूला पूर्वाधारमा राज्यले नै लगानी गर्नुपर्छः पूर्वप्रधानमन्त्री डा भट्टराई

तपाईंले छुटाउनुभयो कि?