६० श्रीमतीका एक्ला राजा

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ ११, २०७६
|
|
२७ पटक हेरिएको
Shares
६० श्रीमतीका एक्ला राजा

सारांश

  • काठमाडौं, असार ११ ।
  • कतिपय मानिसले एउटै श्रीमतीको त मन बुझाउन नसकेर भौतारिने गरेको देख्न पाइने हाम्रो समाजमा दुईटी श्रीमती मिलाएर राख्ने कुरा त पक्कै सजिलो हुँदैन ।
  • तर यही दुनयाँमा यस्ता पनि पुरुष छन्, जसले २ जना मात्रै नभएर ६० वटी श्रीमतीलाई मिलाएर राखेका छन् ।

काठमाडौं, असार ११ ।कतिपय मानिसले एउटै श्रीमतीको त मन बुझाउन नसकेर भौतारिने गरेको देख्न पाइने हाम्रो समाजमा दुईटी श्रीमती मिलाएर राख्ने कुरा त पक्कै सजिलो हुँदैन ।तर यही दुनयाँमा यस्ता पनि पुरुष छन्, जसले २ जना मात्रै नभएर ६० वटी श्रीमतीलाई मिलाएर राखेका छन् । यो एकदमै सत्य घटना हो ।यो जमानामा पनि ६० वटी श्रीमती हुनु निकै हास्यासप्द र अनौठो कुरा हो । तर, यहाँ ती व्यक्तिले त ६० वटीलाई नै ठीकठाक मिलाएर राखेका छन् ।ती व्यक्ति भारत र म्यान्मारको बीचमा पर्ने आदिवासी क्षेत्रमा बसोबास गर्ने कोन्याक आदिवासी समुदायका एक राजा हुन् । ६ अंग नगोवांग नामका ती राजाको राज्यमा कूल ७५ वटा गाउँ छन् ।

खबरअनुसार गाउँको आधा हिस्सा भारतमा पर्छ भने आधा हिस्सा भने म्यान्मारमा पर्छ । उक्त राज्यका मानिस बेलुका म्यान्मारमा खाना खान्छन् र सुत्न भने भारत पुग्ने गर्छन् ।बताइएअनुसार यी राजाका छोरा म्यान्मारको सेनाका जागिरे हुन् । यो राज्यका मानिसलाई भारत र म्यान्मार दुवै देशको नागरिकता वितरण गरिएको छ । यो पनि एक नयाँ कुरा नै हो ।उनै राजा अंग नगोवांग अहिले पनि आफ्नी ६० जना श्रीमतीसँगै बसिरहेका छन् । उनले ६० वटै श्रीमीतको सुखभोग पनि लिइरहेका छन् ।

अझ गजबको करा त यो छ कि, त्यस ठाउँका मानिसले राजाको काम आफैं गरिदिन्छन् । राजाले कुनै काम गर्नु पर्दैन । यतिसम्म कि, ती राजाका६० वटी पत्नीको हेरचाह पनि जनताले गर्दै आएका छन् ।एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?