रेन्बो ट्राउट, विशेष ग्राहकको लागि विशेष माछा

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष १४, २०७५
|
|
१९ पटक हेरिएको
Shares
रेन्बो ट्राउट, विशेष ग्राहकको लागि विशेष माछा

सारांश

  • -गणेश शाक्य माछा भनेपछि थाहा नहुने कोहि हुंदैन तर ट्राउट माछा भन्दा कतिपयलाई थाहा नहुन पनि सक्ला ।
  • कयौं मान्छे यो माछा वारे अझै काठमाण्डौ भित्रै पनि अनभिज्ञ छन ।
  • कति मान्छेले त देख्नु त के सुनेका पनि छैनन रेन्बो ट्राउट के हो भनेर ।

-गणेश शाक्य

माछा भनेपछि थाहा नहुने कोहि हुंदैन तर ट्राउट माछा भन्दा कतिपयलाई थाहा नहुन पनि सक्ला । कयौं मान्छे यो माछा वारे अझै काठमाण्डौ भित्रै पनि अनभिज्ञ छन । कति मान्छेले त देख्नु त के सुनेका पनि छैनन रेन्बो ट्राउट के हो भनेर । तर यहि माछा हाम्रै देशमा उत्पादन भइरहेको छ, त्यो पनि व्यावसायिक रुपमै । माछा भनेपछि पोखरीमा उत्पादन हुन्छ÷गरिन्छ भन्ने आम मान्छेहरुको धारणा हुन्छ । तर, रेन्बो ट्राउटको कुरा गर्नुपर्दा अझ नेपालको सन्दर्भमा भन्नुपर्दा यो माछा समथल पोखरीमा नभई भिरालो पाखा भई बग्ने पहाडी खोलाको पानी प्रयोग गरि उत्पादन गरेको हुन्छ । यसको खेती प्राय नेपालको मध्य पहाडी क्षेत्रहरु जहाँ हिमालवाट निस्केका हिमनदी बग्दै आइपुगेका हुन्छन र त्यहि पानी मानव निर्मित पोखरी (रेस वे) मा खसाली त्यसैमा खेती गरिन्छ ।  रेन्बो ट्राउटको लागि चिसो, कञ्चन र सधैं एकनासले वगिरहने पानीको आवश्यक छ । यसप्रकारको पानी पहाडी क्षेत्रमा हुने भएकालेनै रेन्बो ट्राउट खेती विस्तार पनि त्यस्तै ठाउंमा गरिएको हो । नेपालमा रेन्बो ट्राउट सन् १९६० देखि १९७० को दशकमा भित्रिएका हुन । त्यसबेला बेलायत, जापान र भारतवाट रेन्बो ट्राउटको भुरा ल्याइएका थिए । तर, त्यतिबेला रेन्बो ट्राउट खेती वारे पोख्त प्रयाप्त प्राविधिज्ञ र विशेषज्ञहरुको अभावमा भित्र्याइएका भुराहरु सफलताकासाथ हुर्काउन सकिएन ।

पछि सन् १९८८ मा पुनः जापानवाट अर्को लट भुराहरु भित्र्याइए । त्यतिबेला नेपाल कृषि अनुसन्धान परिषद (नार्क) ट्राउटको भुरा हुर्काउन सफल भए । त्यहिबेला गोदावरी र त्रिशुलीस्थित कृषि अुसन्धान केन्द्रहरवाट पनि ट्राउट प्रबद्र्धनको लागि निकै प्रयत्न गरे । फलस्वरुप, नेपालमा ट्राउट खेती गर्न सकिन्छ भन्ने प्रमाणित गर्न सफल भए ।  ट्राउट मांसहारी प्राणि हुन । प्राकृतिक ट्राउट पानीमा पाउने किरा र ससाना माछा खाई हुर्कने गर्छन भने अप्राकृतिक अथवा मानवले खेती गरि हुर्काउने ट्राउटको लागि कम्तिमा २० देखि ३० प्रतिशत प्रोटिनयुक्त दानाको आवश्यकता पर्छ । उक्त दानामा स्रिम्प नभई हुन्न जुन विदेशवाट आयात गर्नुपर्ने हुन्छ ।
नेपालमा निजी क्षेत्रमा ट्राउट खेतीगर्ने पहिलो व्यक्ति नुवाकोट जिल्लाको ककनी निवासी पुर्ण बहादुर लामा हुन । शुरुमा ट्राउट खेती विस्तार नुवाकोट र रसुवा जिल्लावाट भएको हो तर अहिले यो खेती कास्की, मनाङ्ग, दोलखा, धादिङ्ग, ललितपुर वाहेक अन्य धेरै जिल्लाहरुका विस्तार भइसकेका छन ।
यो माछा पौष्टिकताको हिसावले अन्य माछाहरुको दांजोमा अव्वल छ । खांदा स्वदिलो र यसमा वाई बोन (कांडा) नहुनेले खान पनि सजिलो छ । तर यति हुंदाहुंदै पनि यो माछा अन्य माछाहरुको दांजोमा अलि महंगोनै छ । कारण, यसको लागि आवश्यक दानाको लागतनै बढीछ र पोखरी निर्माण देखि स्याहार संभार लागत पनि उच्च छ ।

त्यसैले यो माछा बजारमा जहितहिं पाउन पनि गाह्रोनै छ । यो माछा खान या त उत्पादन थलोमै पुग्नु पर्छ वा यदाकदा सुपर मार्केट वा चुनिएका फ्रेसहाउस तिरनै धाउन पर्छ । समस्तिमा भन्नुपर्दा यो माछा विशेष ग्राहकका लागिनै उत्पादन भएको जस्तो भान हुन्छ । किनभने आम उपभोक्ताहरुमा प्रति किलो १२ सय देखि १४÷१५ सय खर्च गर्ने क्रयशक्तिनै छैैन । त्यसैले अहिले यो माछाको बजार भनेको विशेष ग्राहकको लागि विशेष माछाको रुपमा विकसित भइरहेको छ । जो संग खर्च गर्ने क्षमता छ उनिहरु सिधेै उत्पादन थलोमा जाने गर्छन र त्यहि बसी खाने गर्छन अनि कोहि कोहि ग्राहक विशेष दुकानमा गई खरिद गरि खाने गर्छन ।

अहिले उत्पादकको लागि ट्राउट माछा बजार उपयुक्त मानिन्छ । बजार समस्या छैन । तर आम उपभोगको हिसावले ट्राउट माछाको बजार प्रतिस्पर्धात्मक छैन । समामन्यतया यो माछा आम उपभोक्ताको पहुचमा समेत पुग्ने गरि उत्पादन गर्न सके अझ राम्रो हुने छ । यसको लागि व्यापक व्यावसायिक खेती विस्तार गर्नु प¥यो, दानामा लाग्ने लागत न्यूनिकरणको लागि स्वदेशमै दाना उत्पादन गर्ने कारखानाहरु स्थापना हुनुप¥यो । यसको लागि सम्वन्धित सरकारी निकाय साथै निजी क्षेत्रका उत्पादकहरुले पनि विशेष पहल गर्नुका साथै उचित वातावरण तयार गरिदिनु पर्छ ।

(musclemx.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश २ सरकारले संघीय सरकार विरुद्ध किन दायर गर्यो रिट ?
प्रदेश २ सरकारले संघीय सरकार विरुद्ध किन दायर गर्यो रिट ?
दसऔंलाको छापसहित विवरण हुने पहिलो राष्ट्रिय परिचयपत्र १०१ वर्षे भण्डारीलाई
दसऔंलाको छापसहित विवरण हुने पहिलो राष्ट्रिय परिचयपत्र १०१ वर्षे भण्डारीलाई
प्रत्यक्षदर्शी भन्छन्- ‘हेलिकप्टर टुक्रा-टुक्रा भएर जलिरहेको छ’
प्रत्यक्षदर्शी भन्छन्- ‘हेलिकप्टर टुक्रा-टुक्रा भएर जलिरहेको छ’
प्रदेश नं २ मा विनियोजित गरेको बजेटमध्ये ५३ प्रतिशत बजेट फ्रिज
प्रदेश नं २ मा विनियोजित गरेको बजेटमध्ये ५३ प्रतिशत बजेट फ्रिज
आमाको हत्या अभियोगमा छोराबुहारी पक्राउ
आमाको हत्या अभियोगमा छोराबुहारी पक्राउ
एकाएक अमेरिका पलायन भएका प्रेम बानियाँले अमेरिकाबाटै झटारो हाने नेताहरूलाई {भिडियो हेर्नुस}
ताजा  मत परिणाम अपडेट  : वीरगञ्ज महानगरपालिको
ताजा मत परिणाम अपडेट : वीरगञ्ज महानगरपालिको
देवराज घिमिरेलाई सभामुखको उम्मेदवार बनाउने एमालेको निर्णय
देवराज घिमिरेलाई सभामुखको उम्मेदवार बनाउने एमालेको निर्णय
धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक
धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक
French car ‘attack’ hurts students near Toulouse
French car ‘attack’ hurts students near Toulouse

तपाईंले छुटाउनुभयो कि?