लुटपाट गर्दागर्दै ३ जना पक्राउ
सारांश
- काठमाडौं, १५ पुस ।
- महानगरीय प्रहरी परिसर काठमाडौंले लुटपाट गरिरहेको ठाउँबाट पेस्तोलसहित ३ जना लुटेरालाई पक्राउ गरेको छ ।
- काठमाडौंको जडिबुटीस्थित गणेशमाया श्रेष्ठको घरमा लुटपाट गरिरहेका धादिङ गल्छीका ३३ वर्षीय अर्जुनप्रसाद अधिकारी, २५ वर्षका केदारप्रसाद अधिकारी र काभ्रेको भुम्जु घर भई चाबहिल बस्ने ३० वर्षका अञ्जन उप्रेती रहेका छन् ।
काठमाडौं, १५ पुस । महानगरीय प्रहरी परिसर काठमाडौंले लुटपाट गरिरहेको ठाउँबाट पेस्तोलसहित ३ जना लुटेरालाई पक्राउ गरेको छ ।
काठमाडौंको जडिबुटीस्थित गणेशमाया श्रेष्ठको घरमा लुटपाट गरिरहेका धादिङ गल्छीका ३३ वर्षीय अर्जुनप्रसाद अधिकारी, २५ वर्षका केदारप्रसाद अधिकारी र काभ्रेको भुम्जु घर भई चाबहिल बस्ने ३० वर्षका अञ्जन उप्रेती रहेका छन् ।
उनीहरुको साथबाट एउटा ठूलो चाइनिज पेस्तोल, एक राउण्ड गोली र एउटा खुकुरी बरामद गरिएका परिसरका प्रवक्ता डीएसपी होविन्द्र वोगटीले जानकारी दिए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया