शक्तिखोर औद्योगिक क्षेत्र हरियाली बनाइने

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष १६, २०७५
|
|
२२ पटक हेरिएको
Shares
शक्तिखोर औद्योगिक क्षेत्र हरियाली बनाइने

सारांश

  • काठमाडौँ,१६ पुस ।
  • चितवन जिल्लाको शक्तिखोरमा निर्माणको चरणमा रहेको औद्योगिक क्षेत्रमा वृक्षरोपण गरी हरियाली बनाइने भएको छ ।
  • राष्ट्रिय वनको जमीन भएर पनि रुख बिरुवा कम भएको उक्त ठाउँमा औँद्योगिक क्षेत्र निर्माण गर्न लागिएको हो ।

काठमाडौँ,१६ पुस । चितवन जिल्लाको शक्तिखोरमा निर्माणको चरणमा रहेको औद्योगिक क्षेत्रमा वृक्षरोपण गरी हरियाली बनाइने भएको छ । राष्ट्रिय वनको जमीन भएर पनि रुख बिरुवा कम भएको उक्त ठाउँमा औँद्योगिक क्षेत्र निर्माण गर्न लागिएको हो ।

शान्ति सम्झौतापछि माओवादी लडाकू राखिएको सो क्षेत्रमा वृक्षरोपण गरिने छ । सो क्षेत्रमा केही साल सहित कूकाठ र झाडी रहेको छ । उद्योग सङ्घ चितवनका अध्यक्ष भेषराज दुवाडीले नेपालकै नमूना औद्योगिक क्षेत्र बन्ने बताउनुभयो । सो क्षेत्र हरियाली औद्योगिक क्षेत्र हुने उहाँको भनाइ थियो । उद्योगले लिने जमीनमध्ये २५ प्रतिशत क्षेत्र हरियाली हुनुपर्ने अनिवार्य गरिँदै छ । सो क्षेत्रमा रहेका कतिपय रुख रहनेछन् भने उद्योगको बीचबीचमा धेरै रुख रहेका ठाउँलाई सुरक्षित गरिँदै छ । बाटोको दुबैतर्फ वृक्षरोपण गरिने छ । दुवाडीले भन्नुभयो, “अहिले जति रुख छन् औद्योगिक क्षेत्र बनेपछि त्यो भन्दा धेरै रुख हुनेछन् ।”

बाहिरबाट मानिसले आएर हेर्न योग्य हुनेगरी हरियाली औद्योगिक क्षेत्र बनाउन सरकारी र निजी क्षेत्र तयार रहेको उहाँले बताउनुभयो । देशकै ठूलो औद्योगिक क्षेत्र बनाउन लागिएको उक्त ठाउँको विस्तृत अध्ययन प्रतिवेदन ९डिपीआर० को काम सकिएर अहिले वातावरणीय प्रभाव मूल्याङ्कन ९ईआईए० को काम चलिरहेको छ । ईआइएको काम सकिएर औद्योगिक क्षेत्रको निर्माणको काम शुरु हुन अझै छ महीना लाग्ने दुवाडीले बताउनुभयो ।

औद्योगिक क्षेत्रमा बिजुली, पानी, सडक, ढलसँगै आवास, डिपार्टमेन्टल स्टोर, बैंक, होटल लगायतका सुविधासमेत हुनेछन् । शक्तिखोर औद्योगिक क्षेत्र कालिका नगरपालिका–३, ७ र ८ मा पर्दछ । यहाँको एक हजार ७४१ बिगाहा क्षेत्रमा औद्योगिक क्षेत्र निर्माण गर्न लागिएको हो । सरकारले एक प्रदेश, एक औद्योगिक क्षेत्र निर्माण गर्ने अवधारणाअनुरुप प्रदेश नं ३ का लागि चितवनमा औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको थियो ।

औद्योगिक क्षेत्र निर्माणको सबै काम औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले गरिरहेको छ भने चितवन उद्योग सङ्घले निर्माणको अगुवाइ गरिरहेको छ । शक्तिखोर औद्योगिक क्षेत्र पूर्व–पश्चिम राजमार्गको रत्ननगरबाट १० किलोमिटर उत्तरमा पर्दछ ।

जिल्लामा छरिएर उद्योग रहे पनि व्यवस्थित औद्योगिक क्षेत्र नहुँदा समस्या हुँदै आएको छ । नयाँ उद्योग सञ्चालन गर्न चाहनेलाई पनि ठाउँको अभाव छ । पछिल्ला वर्षमा जग्गाको मूल्य आकासिएपछि उद्योग सञ्चालन गर्न चाहेकाले औद्योगिक क्षेत्रको पर्खाइमा रहेका छन् । सो क्षेत्रमा उद्योग सञ्चालन गर्न चाहनेले फाराम भरेर उद्योग सङ्घमा बुझाइसकेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संसदको हिउँदे अधिवेशन भोलि : सभामुख विहीन संसद
संसदको हिउँदे अधिवेशन भोलि : सभामुख विहीन संसद
प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा २० अर्ब खर्च
प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा २० अर्ब खर्च
पोखरामा पनि सिरुवा पर्व मनाइयो
पोखरामा पनि सिरुवा पर्व मनाइयो
विश्वकप क्रिकेटः इङ्ल्यान्डलाई फराकिलो अन्तरले पराजित गर्दै भारत फाइनलमा प्रवेश
विश्वकप क्रिकेटः इङ्ल्यान्डलाई फराकिलो अन्तरले पराजित गर्दै भारत फाइनलमा प्रवेश
दोलखाको जामुने मतदान केन्द्रमा तनाव, थप सुरक्षा फोर्स मगाइयो
दोलखाको जामुने मतदान केन्द्रमा तनाव, थप सुरक्षा फोर्स मगाइयो
यूएईलाई हराउँदै नेपालको यू-१९ महिला टिम विश्वकपमा छनोट
यूएईलाई हराउँदै नेपालको यू-१९ महिला टिम विश्वकपमा छनोट
लक्ष्मीपुजाको अवसर पारेर सिटिजन्स बैंकले सुरु गर्यो मेसिनमार्फत नगद जम्मा गर्ने सेवा
लक्ष्मीपुजाको अवसर पारेर सिटिजन्स बैंकले सुरु गर्यो मेसिनमार्फत नगद जम्मा गर्ने सेवा
आजको मौसमः कतै भारी बर्षा त कतै हावाहुरी चल्ने
आजको मौसमः कतै भारी बर्षा त कतै हावाहुरी चल्ने
नेपाली भूमि मिचेर सिमा स्तम्भ गाडेकोप्रति अनेरास्ववीयु र अखिल क्रान्तिकारीको आपत्ति
नेपाली भूमि मिचेर सिमा स्तम्भ गाडेकोप्रति अनेरास्ववीयु र अखिल क्रान्तिकारीको आपत्ति
भारतमा ‘कोविड १९’ संक्रमितको संख्या १२ हजार नाघ्यो, ४०० भन्दाबढीको मृत्यु
भारतमा ‘कोविड १९’ संक्रमितको संख्या १२ हजार नाघ्यो, ४०० भन्दाबढीको मृत्यु

तपाईंले छुटाउनुभयो कि?