मेलम्ची आयोजनाको ठेकेदार कम्पनीको धरौटी जफत
सारांश
- मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनीको धरौटी जफत गरिएको छ ।
- खानेपानी सचिव गजेन्द्र ठाकुरले नेपाल इन्भेष्टमेन्ट बैंक र स्ट्यान्डर्ड चाटर्ड बैंकमा रहेको ठेकेदार कम्पनीको खाताबाट ९५ करोड रुपैयाँ झिकी सरकारी खातामा जम्मा गराएका हुन् ।
- ठेकेदार कम्पनी पुनः काम गर्न आउला भन्ने आशा भइरहेका बेला सचिव ठाकुरको यो कार्यले मेलम्ची खानेपानी आयोजना झन अन्योलतातर्फ धकेलिएको छ ।
मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनीको धरौटी जफत गरिएको छ । खानेपानी सचिव गजेन्द्र ठाकुरले नेपाल इन्भेष्टमेन्ट बैंक र स्ट्यान्डर्ड चाटर्ड बैंकमा रहेको ठेकेदार कम्पनीको खाताबाट ९५ करोड रुपैयाँ झिकी सरकारी खातामा जम्मा गराएका हुन् ।
ठेकेदार कम्पनी पुनः काम गर्न आउला भन्ने आशा भइरहेका बेला सचिव ठाकुरको यो कार्यले मेलम्ची खानेपानी आयोजना झन अन्योलतातर्फ धकेलिएको छ ।
खानेपानी सचिव र आयोजना प्रमुखले समयमै भुक्तानी गरेको भए मेलम्ची खानेपानी आयोजनाको ठेकेदार सीएमसीले आगामी माघ २७ गते मेलम्ची खोलामा अस्थायी बाँध बाँधेर काठमाडौंमा पानी ल्याउने तयारी थालेको थियो ।
तर, खानेपानी सचिव र आयोजना प्रमुखका कारण ठेकेदारले पाउनुपर्ने कानुनी रकम ३६ करोड रुपैयाँ नदिइएपछि आयोजनाको काम अन्योलता तर्फ धकेलिएको हो ।
प्रतिक्रिया