अख्तियारले दाबी गरेको बिगो र कैद सजाय विना नै पूर्वमन्त्री पाण्डे ४ करोड धरौटीमा रिहा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ ३, २०७५
|
|
४४ पटक हेरिएको
Shares
अख्तियारले दाबी गरेको बिगो र कैद सजाय विना नै पूर्वमन्त्री पाण्डे ४ करोड धरौटीमा रिहा

सारांश

  • काठमाडौं ३ माघ ।
  • विशेष अदालतले भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री एवं ठेकेदार कम्पनी कालिका कन्स्ट्रक्सनका मालिक विक्रम पाण्डेलाई ४ करोड रुपैयाँ धरौटीमा रिहा गरेको छ ।
  • यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

काठमाडौं ३ माघ । विशेष अदालतले भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री एवं ठेकेदार कम्पनी कालिका कन्स्ट्रक्सनका मालिक विक्रम पाण्डेलाई ४ करोड रुपैयाँ धरौटीमा रिहा गरेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

सिक्टा सिँचाइ आयोजनाको नहर निर्माणमा भ्रष्टाचार गरेको भन्दै अख्तियारले दायर गरेको भ्रष्टाचार मुद्दामा पाण्डे धरौटीमा छुटेका हुन्।

अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशद्वय चण्डीराज ढकाल र नारायणप्रसाद पोखरेलको इजलासले बुधबार पाण्डेसित ४ करोड धरौटी माग्ने निर्णय गरेको हो। पाण्डेले रकम नबुझाए पनि ग्लोबल आईएमई बैंकको ग्यारेन्टीपत्र राखेर धरौटीमा छुटेको जानकारी अदालत स्रोतले दिएको छ।

अख्तियारले अभियोगपत्रमा पाण्डेलाई दुई वर्ष कैद सजाय र २ अर्ब १३ करोड ७६ लाख ८० हजार रुपैयाँ बिगो मागदाबी गरेको थियो। सीटीसीई कालिका कन्स्ट्रक्सन जेभीले सिक्टा सिँचाइ आयोजनाको ४५ मध्ये ४२ किलोमिटर नहर निर्माणको ठेक्का ६ अर्ब रुपैयाँमा लिएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘द लायन किङ’को अनुमानित बक्स अफिस कलेक्सन
‘द लायन किङ’को अनुमानित बक्स अफिस कलेक्सन
देश सृमद्ध होस्, जनता समृद्ध हुन्, फेरियास् यो जमाना ! विजय दशमी २०७६ को हार्दिक मंगलयमय शुभकामना !
देश सृमद्ध होस्, जनता समृद्ध हुन्, फेरियास् यो जमाना ! विजय दशमी २०७६ को हार्दिक मंगलयमय शुभकामना !
प्रधानमन्त्री, गृहमन्त्री र यातायातमन्त्रीलाई लामो गाडीको पछाडि सिटमा राखेर चलाए मात्र यो बाटो बन्छ नत्र बन्दैन
प्रधानमन्त्री, गृहमन्त्री र यातायातमन्त्रीलाई लामो गाडीको पछाडि सिटमा राखेर चलाए मात्र यो बाटो बन्छ नत्र बन्दैन
आजदेखि महिला एशिया कप क्रिकेट, नेपालले युएईको सामना गर्दै
आजदेखि महिला एशिया कप क्रिकेट, नेपालले युएईको सामना गर्दै
के गगन् थापाले आचारसँहिता उल्लंघन गरि भागेकै हुन् त !!
के गगन् थापाले आचारसँहिता उल्लंघन गरि भागेकै हुन् त !!
प्रदेश र संसद्को निर्वाचनमा एमाले पहिलो बन्छ ः नेता पाण्डे
प्रदेश र संसद्को निर्वाचनमा एमाले पहिलो बन्छ ः नेता पाण्डे
अब लाभकरको दायित्व बाँकी छैन- एनसेल
अब लाभकरको दायित्व बाँकी छैन- एनसेल
बुद्ध भारतमा जन्मिएको प्रचार गर्ने यी कस्ता नेपाली सांसद, के हुन्छ यिनलाई कारवाही ?
बुद्ध भारतमा जन्मिएको प्रचार गर्ने यी कस्ता नेपाली सांसद, के हुन्छ यिनलाई कारवाही ?
सरकारी कार्यालयमा अब ‘टीएमएस’ नचल्ने
सरकारी कार्यालयमा अब ‘टीएमएस’ नचल्ने
चोरी तस्करी नियन्त्रणबाट रु २२ लाख राजश्व असुली
चोरी तस्करी नियन्त्रणबाट रु २२ लाख राजश्व असुली