पप्पु कन्स्ट्रक्सनसँग भ्रष्टाचार मुद्दामा मुछिएका कर्मचारी यादव १८ लाख रुपैयाँ धरौटीमा छुटे

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ ८, २०७५
|
|
४५ पटक हेरिएको
Shares
पप्पु कन्स्ट्रक्सनसँग भ्रष्टाचार मुद्दामा मुछिएका कर्मचारी यादव १८ लाख रुपैयाँ धरौटीमा छुटे

सारांश

  • काठमाडौं ।
  • निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सनसँग भ्रष्टाचार मुद्दामा मुछिएका सडक डिभिजन सडक कार्यालय नेपालगन्जका तत्कालीन प्रमुख राजेशकुमार यादव १८ लाख रुपैयाँ धरौटी बुझाएर तारेखमा छुटेका छन् ।
  • विशेष अदालतका न्यायाधीशहरु बाबुराम रेग्मी, रत्नबहादुर बागचन्द, प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले धरौटीमा छाड्ने आदेश गरेपछि उनले रकम बुझाएका थिए ।

काठमाडौं । निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सनसँग भ्रष्टाचार मुद्दामा मुछिएका सडक डिभिजन सडक कार्यालय नेपालगन्जका तत्कालीन प्रमुख राजेशकुमार यादव १८ लाख रुपैयाँ धरौटी बुझाएर तारेखमा छुटेका छन् ।

विशेष अदालतका न्यायाधीशहरु बाबुराम रेग्मी, रत्नबहादुर बागचन्द, प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले धरौटीमा छाड्ने आदेश गरेपछि उनले रकम बुझाएका थिए ।

विशेष अदालतले मागेको १८ लाख रुपैयाँ बैंक ग्यारेन्टी धरौटी देखाएर सोमबार तारेखमा छुटेका हुन् । अख्तियार दुरुपयोग आयोगले पप्पु कन्स्ट्रक्सनसँगको मिलेमतो गरी भ्रष्टाचार गरेको आरोपमा उनीसहित मुद्दा दर्ता गरेको थियो । यादवलाई ३ करोड ८८ लाख ७२ हजार बिगो माग दाबी गर्दै अख्तियारले मुद्दा दर्ता गरेको थियो ।

अख्तियारका अनुसार प्रारम्भिक चरणदेखि अन्तिम चरणसम्मको अवस्थालाई हेर्दा निर्माण अवधिमा संलग्न सबै प्राविधिक कर्मचारीहरुसमेत मिलेर लाईन लेभल तथा पियर हाईटको सम्बन्धमा गम्भीर लार्पवाही भएको आरोप पत्रमा उल्लेख छ ।

अख्तियारले पप्पु कन्स्ट्रक्सनका अध्यक्ष सुमित रौनियार र तत्कालीन अध्यक्ष तथा निलम्बित सांसद हरिनारायण रौनियारलगायत १२ जना विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।
निर्माण सामाग्रीहरुको गुणस्तरहीन सामग्री लोड लिन नसकी पुल भास्सिएको तथ्य प्रविधिक परीक्षण तथा विश्लेषणबाटसमेत पुष्टी हुन आएको अख्तियारले मुद्दामा उल्लेख गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओलीले भीम रावलतर्फ संकेत गर्दै भनेः मन्त्री बनाउन मानिनँ, उहाँलाई पीर पर्यो
एक सातामा प्रभासको ‘सालार’ ५०० करोड क्लबमा प्रवेश
एक सातामा प्रभासको ‘सालार’ ५०० करोड क्लबमा प्रवेश
नवरात्रको आठौं दिन महागौरी देवीको पूजा आराधना गरिँदै
नवरात्रको आठौं दिन महागौरी देवीको पूजा आराधना गरिँदै
उपत्यकामा एमालेले खाता खोल्यो, महांकालमा रामचन्द्र दाहाल विजयी…
उपत्यकामा एमालेले खाता खोल्यो, महांकालमा रामचन्द्र दाहाल विजयी…
साउन २६ गते सोमवारको राशिफल यस्तो छ
साउन २६ गते सोमवारको राशिफल यस्तो छ
डिभी चिट्ठा नतिजा सार्वजनिक, यसरी हेर्नुहोस
डिभी चिट्ठा नतिजा सार्वजनिक, यसरी हेर्नुहोस
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यमा आठ जना को को महिला  विजयी ?
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यमा आठ जना को को महिला विजयी ?
उपचार सेवा नलिँदा अकालमै मर्छन् सङ्क्रमित
उपचार सेवा नलिँदा अकालमै मर्छन् सङ्क्रमित
यता गोल्ड किङ्ग गोरे चुडामणि उप्रेतीको बयान सुरु !! उता ठुला माछाहरु मनमा भूइंचालो जान सुरु !!!
यता गोल्ड किङ्ग गोरे चुडामणि उप्रेतीको बयान सुरु !! उता ठुला माछाहरु मनमा भूइंचालो जान सुरु !!!
काङ्ग्रेस केन्द्र्रीय कार्यसम्पादन समिति गठन गर्दै
काङ्ग्रेस केन्द्र्रीय कार्यसम्पादन समिति गठन गर्दै