कचल्टियो मलेसिया रोजगारी

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ ९, २०७५
|
|
२२ पटक हेरिएको
Shares
कचल्टियो मलेसिया रोजगारी

सारांश

  • काठमाडौं ९ माघ ।
  • मलेसियाले नेपाली श्रमिक पठाउने क्रम सुचारु गर्न पुरानै संरचना प्रयोग गर्नुको विकल्प नभएको निष्कर्ष सुनाएको छ ।
  • ‘भेन्डर’ बदल्ने श्रम मन्त्रालयको चाहनामा पनि पुनर्विचार गर्न नसकिने उसले प्रस्ट पारेको छ ।

काठमाडौं ९ माघ । मलेसियाले नेपाली श्रमिक पठाउने क्रम सुचारु गर्न पुरानै संरचना प्रयोग गर्नुको विकल्प नभएको निष्कर्ष सुनाएको छ । ‘भेन्डर’ बदल्ने श्रम मन्त्रालयको चाहनामा पनि पुनर्विचार गर्न नसकिने उसले प्रस्ट पारेको छ ।

श्रम सम्झौता भएको ३ महिनामा पनि मलेसियाको बाटो खुलेको छैन । मलेसियाले यसमा पटक–पटक ध्यानाकर्षण गराएको छ । संरचनाकै विषयमा श्रम मन्त्रालय निचोडमा पुग्न नसक्दा रोजगारी सुचारुमा ढिलाइ भइरहेको छ ।

यही सन्दर्भमा श्रमको आग्रहमा परराष्ट्र मन्त्रालयले पुस २४ गते काठमाडौंस्थित मलेसियाली दूतावासलाई पत्र लेखेको थियो । त्यसमा उसले मलेसिया सरकारले निर्धारण गरेका स्वास्थ्य परीक्षण एवं सञ्चालन प्रक्रियाका मानक (स्ट्यान्र्ड) बारे जिज्ञासा राखेको थियो । अन्य पूर्व पक्रिया पनि के–कस्ता छन् भन्ने जानकारी मागेको थियो ।

दूतावासले सोमबार त्यसको प्रत्युत्तर दिँदै पुराना संरचना अकाट्य रहेको जानकारी दिएको हो । मलेसियाको पत्रमा भनिएको छ, ‘सर्वप्रथम इमिग्रेसन सेक्युरिटी क्लियरेन्स (आईएससी) मार्फत् सुरक्षा जाँच गर्नुपर्नेछ । त्यसपछि मलेसिया सरकारले अनुमति दिएका संस्थाबाट बायोमेडिकल सिस्टममार्फत स्वास्थ्य परीक्षण गराउनुपर्नेछ । दुवै परीक्षणमा सफल हुने कामदारलाई मलेसियाको अध्यागमन विभागले अनुमतिपत्र प्रदान गर्नेछ । त्यसपछि वान स्टेप सेन्टर (ओएससी) मार्फत् भिसा प्रक्रिया सुरु गर्न सक्नेछन् ।’ उसले मलेसिया सरकारका मापदण्ड पूरा गरेका, नेपालका स्वास्थ्य र श्रम मन्त्रालयबाट मान्यता पाएका ३७ मेडिकल सेन्टर तयारी अवस्थामा रहेको उसले अवगत गराएको छ ।

श्रममन्त्रीले बायोमेडिकल, ओएससी, भीएलएन, आईएससीजस्ता प्रणालीलाई अवैध भनी गत जेठमा धरपकड गराएका थिए । तिनीहरूविरुद्ध परेको मुद्दामा अदालतले क्रमशः सफाइ दिँदै आएको छ । मलेसियाले यस्ता संरचना नेपालमा मात्र नभई श्रमिकदाता सम्पूर्ण मुलुकका लागि बनाइएको प्रणाली भएकाले फेर्न नमिल्ने बताउँदै आएको छ । श्रम मन्त्रालय भने प्रणाली कायम राखिए पनि पुराना ‘भेन्डर’ फेर्न चाहन्छ । द्विपक्षी यही अडानले मलेसियाको रोजगारी अबरुद्ध छ ।

कात्तिक १२ गते श्रम सम्झौता भएपछि दुवै मुलुकका उच्च अधिकारी सम्मिलित संयुक्त कार्यदलले प्रक्रिया निर्धारण गरेको थियो । ऐतिहासिक श्रम सम्झौताले मलेसियाको रोजगारीलाई निःशुल्क बनाएको छ । नेपाली कामदारलाई लैजाँदा लाग्ने सम्पूर्ण खर्च रोजगारदातालाई बेहोर्न लगाउन मलेसिया सरकार राजी भएको छ । नेपाल सरकार र नेपाली कामदारले रकम तिर्नु नपर्ने भएकाले आफ्ना प्रणाली नबिगारिदिन उसले आग्रह गर्दै आएको छ ।

त्यसैलाई ध्यानमा राखेर पुराना संरचना कायम राख्न नेपाल सहमत भएको थियो । तर, त्यससँगै भेन्डर बदल्ने चलखेल बढेको थियो । श्रम सम्झौताले प्रशंसा पाएका श्रममन्त्री गोकर्ण विष्टको समयमा रोजगारी खुलाउन नसक्दा आलोचना चुलिँदो छ । पूजा चन्द, रघु पुरी, सन्तोष कार्कीलगायतले मन्त्रीलाई प्रभावमा पारेको र ‘भेन्डर’ हत्याउन लागि परेको आरोप पनि लाग्दै आएको छ । स्रोत भन्छ– पुरानालाई दिन नसक्ने, नयाँ ल्याउन नसक्ने अवस्था छ । अल्झनको कारण यही हो ।

कलिङ भिसा आएको ३ महिनामा श्रमिकले मलेसिया पुगिसक्नुपर्छ । नत्र कालोसूचीमा राखिन्छन् र ५ वर्ष मलेसिया जान पाउँदैनन् । जेठ २ गतेदेखि मलेसिया अबरुद्ध छ । त्यसअघि कलिङ भिसा आएका करिब १० हजार कामदार अहिलेसम्म रोकिएका छन् । विशेष परिस्थिति भएकाले दुवै देशको सहमतिमा तिनको म्याद थपिएको थियो । त्यो पनि माघ २२ गते सकिँदैछ । त्यतिन्जेलमा उड्न नपाए तिनले ५ वर्ष मलेसिया जान पाउने छैनन् । अन्नपूर्णपोष्टबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रिय सभा निर्वाचनमा नेकपा–राजपा गठबन्धनको ‘क्लिनस्वीप’
राष्ट्रिय सभा निर्वाचनमा नेकपा–राजपा गठबन्धनको ‘क्लिनस्वीप’
दक्षिण कोरियामा एकै दिनमा कोरोनाभाइरस सङ्क्रमण भएका व्यक्तिको सङ्ख्या दोबर
दक्षिण कोरियामा एकै दिनमा कोरोनाभाइरस सङ्क्रमण भएका व्यक्तिको सङ्ख्या दोबर
राजस्व छली गर्ने जो सुकै भए पनि कारबाहीको भागिदार हुने: अर्थमन्त्री खतिवडा
राजस्व छली गर्ने जो सुकै भए पनि कारबाहीको भागिदार हुने: अर्थमन्त्री खतिवडा
वामदेव गौतमले हार्नुको कारण खुलासा : यस्तो आयो एमालेको छानविन रिपोर्ट
वामदेव गौतमले हार्नुको कारण खुलासा : यस्तो आयो एमालेको छानविन रिपोर्ट
ढुम्बावासीलाई गूमराह बनाउँने काग्रेसको चालबाजी !
ढुम्बावासीलाई गूमराह बनाउँने काग्रेसको चालबाजी !
पेट्रोल, डिजेल र ग्यासको मूल्य बढ्यो
पेट्रोल, डिजेल र ग्यासको मूल्य बढ्यो
बहराइन राजपरिवारका सदस्यसहितको टोलीले सगरमाथा आरोहण गर्ने
बहराइन राजपरिवारका सदस्यसहितको टोलीले सगरमाथा आरोहण गर्ने
युवराज खतिवडा मन्त्री पदबाट हट्ने पक्का, भावी अर्थमन्त्री को होलान् ?
युवराज खतिवडा मन्त्री पदबाट हट्ने पक्का, भावी अर्थमन्त्री को होलान् ?
अध्यक्ष नेपाल न्युजिल्याण्ड प्रस्थान
अध्यक्ष नेपाल न्युजिल्याण्ड प्रस्थान
हिन्दुराष्ट्र र राजसंस्थाको एजेण्डालाई अब छोडिन्न : कमल थापा
हिन्दुराष्ट्र र राजसंस्थाको एजेण्डालाई अब छोडिन्न : कमल थापा

तपाईंले छुटाउनुभयो कि?