चीनले आज कोटेश्वर-कलंकी सडक नेपाललाई हस्तान्तरण गर्दै

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ १४, २०७५
|
|
२५ पटक हेरिएको
Shares
चीनले आज कोटेश्वर-कलंकी सडक नेपाललाई हस्तान्तरण गर्दै

सारांश

  • काठमाडौं, १४ माघ – पाँचबर्ष लगाएर विस्तार भएको चक्रपथको कोटेश्वर–कलंकी सडकखण्ड चीनले आज नेपाललाई हस्तान्तरण गर्ने भएको छ ।
  • सडकको विस्तारको सकिएसँगै यो खण्ड हस्तान्तरण गर्न लाग्एिको हो ।
  • सरकार र चीनको सांघाई कन्स्ट्रक्सन ग्रुप कम्पनी लिमिटेडबीच माघ ०७३ सम्ममा उक्त खण्डको विस्तार सक्ने सम्झौता थियो ।

काठमाडौं, १४ माघ – पाँचबर्ष लगाएर विस्तार भएको चक्रपथको कोटेश्वर–कलंकी सडकखण्ड चीनले आज नेपाललाई हस्तान्तरण गर्ने भएको छ ।

सडकको विस्तारको सकिएसँगै यो खण्ड हस्तान्तरण गर्न लाग्एिको हो । सरकार र चीनको सांघाई कन्स्ट्रक्सन ग्रुप कम्पनी लिमिटेडबीच माघ ०७३ सम्ममा उक्त खण्डको विस्तार सक्ने सम्झौता थियो ।

३ पुस ०६९ मा भएको सम्झौताअनुसार काम सम्पन्न गर्न भूकम्प र नाकाबन्दी बाधक बनेको थियो । सम्झौताबमोजिम भदौ ०७० देखि मात्र विस्तार थालिएको थियो ।

चीन सरकारको अनुदान सहयोगमा बनेको चक्रपथको यो खण्ड १० दशमलव ३९ किलोमिटर छ । चक्रपथको कुल लम्बाइ भने २७ किलोमिटर छ ।

आयोजनाले कोटेश्वर, बागडोल र ग्वार्कोमा आकाशे पुल निर्माण गरेको छ । सडक विस्तारका क्रममा खसीबजार, मनोहरा र बल्खुका दुई स्थानमा गरी आठ वटा पुल निर्माण भएको छ । चक्रपथमा हुने जामलाई कम गर्नका लागि कलंकीमा अण्डर पास पनि बनाइएको छ ।

यो खण्ड विस्तार भएपछि चक्रपथको कलंकी कोटेश्वर खण्डमा हुने सवारी जामको घटेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?