शुक्रबार बिहानबाट यसरी ह्वात्तै बढ्यो कांग्रेसको अग्रता, पहिलो पार्टी हुने संकेत !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ १६, २०७४
|
|
५० पटक हेरिएको
Shares
शुक्रबार बिहानबाट यसरी ह्वात्तै बढ्यो कांग्रेसको अग्रता, पहिलो पार्टी हुने संकेत !

सारांश

  • काठमाण्डौ ।
  • दोश्रो चरणको निर्वाचन परिणाम आउने क्रममा यसबेला नेपाली कांग्रेसको अग्रता ह्वात्तै बढेको छ ।
  • नेपाली कांग्रेसले तीन प्रदेशका ३५ जिल्लामध्ये ८६ स्थानमा अग्रता हासिल गरेको छ भने नेकपा एमालेले ७५ स्थानमा अग्रता हासिल गरेको छ ।

काठमाण्डौ । दोश्रो चरणको निर्वाचन परिणाम आउने क्रममा यसबेला नेपाली कांग्रेसको अग्रता ह्वात्तै बढेको छ । नेपाली कांग्रेसले तीन प्रदेशका ३५ जिल्लामध्ये ८६ स्थानमा अग्रता हासिल गरेको छ भने नेकपा एमालेले ७५ स्थानमा अग्रता हासिल गरेको छ । बिहीबार बेलुकासम्म कडा प्रतिस्पधामा रहेका कांग्रेस र एमालेबीचको प्रतिस्पर्धामा कांग्रेसले ह्वात्तै अग्रता लिएका हो । मतपरिणाम अनुसार माओवादी केन्द्रले ३० ठाउँमा अग्रता लिएको छ भने फोरम लोकतान्त्रिकले ६ स्थानमा अग्रता हासिल गरिरहेको छ । त्यस्तै फोरम नयाँ शक्तिले ५ स्थानमा अग्रता हासिल गरिरहेका छन् भने राप्रपाले ३ स्थानमा अग्रता कायम गरिरहेको छ । त्यस्तै अन्य साना पार्टीहरुले ४ स्थानमा अग्रता हासिल गरिरहेका छन् । शुक्रबार बिहानबाट एक्कासि कांग्रेसले फराकिलो अन्तरले अग्रता हासिल गरेपछि कांग्रेसनै पहिलो पार्टी हुने अनुमान गर्न थालिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?