श्रीमतीसँगको विवादपछि आफैले बन्दुक हानेर आत्महत्या प्रयास

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २०, २०७५
|
|
३२ पटक हेरिएको
Shares
श्रीमतीसँगको विवादपछि आफैले बन्दुक हानेर आत्महत्या प्रयास

सारांश

  • उदयपुर २०,माघ।
  • श्रीमतीसँग सामान्य विवाद भएपछि उदयपुरका एक युवकले आफैंलाई गोली हानी आत्महत्याको प्रयास गरेका छन्।
  • जिल्लाको रौतामाई गाउँपालिका वाड नम्बर ५ रातमाते बस्ने बर्ष ३८ को निरबहादुर राईले भरुवा बन्दुक प्रहार गरि आत्महत्याको  प्रयास गरेका हुन ।

उदयपुर २०,माघ। श्रीमतीसँग सामान्य विवाद भएपछि उदयपुरका एक युवकले आफैंलाई गोली हानी आत्महत्याको प्रयास गरेका छन्।

जिल्लाको रौतामाई गाउँपालिका वाड नम्बर ५ रातमाते बस्ने बर्ष ३८ को निरबहादुर राईले भरुवा बन्दुक प्रहार गरि आत्महत्याको  प्रयास गरेका हुन ।घरमा सामान्य श्रीमती सँग भनाभन हुदाँ आवेगमा आफुले नै बन्दुक प्रहार गरि आत्म हत्या प्रयास गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक अर्जुन रानाभाटले बताए ।

घाईते राईको छातीमा ठूलो चोट लागेको छ।जिल्ला अस्पताल उदयपुरमा प्राथमिक उपचार गराई राईलाई थप उपचारको लागी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको छ । भने बन्दुक प्रहरीले बरामद गरि थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय उदयपुले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?