शैक्षिक गुणस्तर सुधारका लागि सरोकारवाला सबै गम्भीर हुनुपर्छ : मन्त्री शर्मा

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख २५, २०८०
|
|
६१ पटक हेरिएको
Shares
शैक्षिक गुणस्तर सुधारका लागि सरोकारवाला सबै गम्भीर हुनुपर्छ : मन्त्री शर्मा

सारांश

  • ललितपुर ।
  • सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले शैक्षिक गुणस्तर सुधारका लागि सबै सरोकारवाला गम्भीर भएर लाग्नुपर्ने बताएकी छिन् ।
  • ललितपुरको गोदावरी नगरपालिका–१४ स्थित फुल्चोकी माध्यमिक विद्यालयको ६४औँ स्थापना दिवस कार्यक्रममा सहभागी हुँदै मन्त्री शर्माले स्थानीय तहका जनप्रतिनिधिले शैक्षिक गुणस्तर सुधारका लागि प्रभावकारी योजना बनाउनपर्नेमा जोड दिइन् ।

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले शैक्षिक गुणस्तर सुधारका लागि सबै सरोकारवाला गम्भीर भएर लाग्नुपर्ने बताएकी छिन् ।

ललितपुरको गोदावरी नगरपालिका–१४ स्थित फुल्चोकी माध्यमिक विद्यालयको ६४औँ स्थापना दिवस कार्यक्रममा सहभागी हुँदै मन्त्री शर्माले स्थानीय तहका जनप्रतिनिधिले शैक्षिक गुणस्तर सुधारका लागि प्रभावकारी योजना बनाउनपर्नेमा जोड दिइन् ।

उनले भनिन्,“जुन पालिकाका जनप्रतिनिधि लक्ष्यसहित आएका छन्, उनीहरुले विद्यालय शिक्षाको शैक्षिक गुणस्तर राम्रो बनाएका छन् । केहीमा अझ बिग्रेको गुनासो पनि अभिभावकले गरिरहेका छन् । सबै स्थानीय तहका जनप्रतिनिधिले शैक्षिक गुणस्तर सुधारका लागि प्रभावकारी योजना बनाउनु आवश्यक छ ।”

मन्त्री शर्माले शैक्षिक गुणस्तर वृद्धिका लागि सूचना प्रविधिको प्रयोग बढाउनुपर्नेमा जोड दिइन् । विद्यालय तहका विद्यार्थीमा सूचना प्रविधिको दुरुपयोग बढ्ने खतरा पनि उत्तिकै रहेकाले यसतर्फ सचेत हुन पनि उनले सबैलाई आग्रह गरिन् ।

पछिल्लो समय समाजमा फेरिएको चेतनासँगै सामुदायिक विद्यालय राम्रा बनाउने र आफ्ना छोराछोरी त्यसमै पढाउने क्रम बढ्दै जानु सकारात्मक भएको उल्लेख गर्दै मन्त्री शर्माले समाजका अगुवाले यसमा अझै मेहेनत गर्न आवश्यक रहेको बताइन् ।

“कुनै बेला सामुदायिक विद्यालयमा गरिबका छोराछोरीले मात्र पढ्छन् भनेर हेप्ने गरिन्थ्यो, विस्तारै सामुदायिक विद्यालयप्रतिको आकर्षण बढिरहेको छ, यसलाई अझै बढाउँदै लैजानुपर्छ, ”, उनले भनिन्।   

वामपंथी नेता स्व दिलबहादुर श्रेष्ठको अगुवाईमा २०१६ सालमा स्थापित सो विद्यालयमा हाल कक्षा १२ सम्म एक हजार दुई सय ५८ विद्यार्थी अध्ययनरत रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।

(mclaneedgers.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

म विश्वकप पछि अन्तर्राष्ट्रिय खेल खेल्दिन :  युवराज सिंह
म विश्वकप पछि अन्तर्राष्ट्रिय खेल खेल्दिन : युवराज सिंह
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाद्वारा भारतीय राष्ट्रपतिलाई बधाई
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाद्वारा भारतीय राष्ट्रपतिलाई बधाई
वाचन प्रवीण पण्डित दिनबन्धु पोखरेलले गरे राजनीतिमा आउने घोषणा
वाचन प्रवीण पण्डित दिनबन्धु पोखरेलले गरे राजनीतिमा आउने घोषणा
मध्यरातको अपडेटः दीपक मनाङ्गे जीततर्फ !
मध्यरातको अपडेटः दीपक मनाङ्गे जीततर्फ !
मलेसियामा कागजपत्रविहीन विदेशी कामदारलाई राहत
मलेसियामा कागजपत्रविहीन विदेशी कामदारलाई राहत
संकटग्रस्त क्षेत्र पूर्वाग्रही, ठूला फार्म जोगाएर साना फार्मका कुखुरा मारिँदै ः िकसान
संकटग्रस्त क्षेत्र पूर्वाग्रही, ठूला फार्म जोगाएर साना फार्मका कुखुरा मारिँदै ः िकसान
निर्वाचन प्रचारको आज अन्तिम दिन, राति १२ बजेदेखि मौन अवधि शुरु हुने
निर्वाचन प्रचारको आज अन्तिम दिन, राति १२ बजेदेखि मौन अवधि शुरु हुने
बुटवल उपमहानगरपालिका अपडेट 12:45 pm
बुटवल उपमहानगरपालिका अपडेट 12:45 pm
निगमको मासिक नाफा २ अर्ब, पूर्ण स्वचालित मूल्य प्रणाली कहिले ?
निगमको मासिक नाफा २ अर्ब, पूर्ण स्वचालित मूल्य प्रणाली कहिले ?
बालुवाटारमा नेकपाका शीर्ष नेताहरु भेला, सांगठनिक एकता टुँगो लाग्ने
बालुवाटारमा नेकपाका शीर्ष नेताहरु भेला, सांगठनिक एकता टुँगो लाग्ने