‘बूढ्यौली रोग’को अध्ययन गर्न मानवअधिकार आयोगले बनायो समिति

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ २१, २०७५
|
|
१९ पटक हेरिएको
Shares
‘बूढ्यौली रोग’को अध्ययन गर्न मानवअधिकार आयोगले बनायो समिति

सारांश

  • काठमाडौं ।
  • राष्ट्रिय मानवअधिकार आयोगले विगतदेखि जेष्ठ नागरिकको स्वास्थ्य ख्याल राख्दै जेरियाट्रिक विज्ञ समुह गठन गरेको छ ।
  • जेरियाट्रिक एउटा बुढ्यौली रोग भएको र त्यसबारे अध्ययन, अनुगमन गर्न विशेषज्ञ चिकित्सक रहेको जेरियाट्रिक विज्ञ समूह गठन गरेको हो ।

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले विगतदेखि जेष्ठ नागरिकको स्वास्थ्य ख्याल राख्दै जेरियाट्रिक विज्ञ समुह गठन गरेको छ । जेरियाट्रिक एउटा बुढ्यौली रोग भएको र त्यसबारे अध्ययन, अनुगमन गर्न विशेषज्ञ चिकित्सक रहेको जेरियाट्रिक विज्ञ समूह गठन गरेको हो ।

जेष्ठ नागरिकहरुको स्वास्थ्यको अधिकार संरक्षणमा आयोगले गर्न आयोगका पूर्व सदस्य डा.गौरीशंकर लालदासको अध्यक्षतामा डा.धु्रवराज अधिकारी, डा.निदेश सापकोटा, डा.रमेश कँडेल, डा.रचना शर्मा, डा.लोचना श्रेष्ठ, डा.नरेन्द्रसिंह ठगुन्ना सदस्य रहेको एक जेरियाट्रिक विज्ञ समूह गठन गरेको हो ।

यस अघि आयोगले जेष्ठ नागरिकको अधिकारलाई प्राथमिकतामा राखीे देशभर रहेका वृद्धाश्रम तथा जेष्ठ नागरिक हेरचाह केन्द्रको अनुगमन गरी प्रतिवेदन प्रकाशित गरेको थियो । अनुगमन र छलफलका क्रममा जेष्ठ नागरिकहरुलाई लाग्ने बुढ्यौली रोगबारे आयोगले प्राथमिकताका साथ काम गर्न विशेषज्ञ चिकित्सक रहेको जेरियाट्रिक विज्ञ समूह गठन गरेको हो ।

विज्ञ समूहबाट आयोगलाई उचित परामर्श प्राप्तभई जेष्ठ नागरिकहरुको स्वास्थको अधिकार संरक्षणमा सहयोग पुग्ने आयोगले अपेक्षा गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?