एक वर्ष नपुग्दै १५१ जना सांसदका हातमा रातो पासपोर्ट

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २३, २०७५
|
|
२४ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं ।
  • संघीय संसद बनेको एक वर्ष नपुग्दै रातो पासपोर्ट (कूटनीतिक राहदानी) लिने सांसदको संख्या बढ्दै गएको छ ।
  • हालसम्म १५१ जना सांसदका हातमा रातो पासपोर्ट दिइएको छ।

काठमाडौं । संघीय संसद बनेको एक वर्ष नपुग्दै रातो पासपोर्ट (कूटनीतिक राहदानी) लिने सांसदको संख्या बढ्दै गएको छ । हालसम्म १५१ जना सांसदका हातमा रातो पासपोर्ट दिइएको छ।

प्रतिनिधिसभाका १२६ र राष्ट्रियसभाका २५ गरी १५१ जनाले रातो पासपोर्ट लिएका छन्। संसद् सचिवालयको सिफारिस चाहिने भए पनि कतिपय सांसदले सिफारिसबिनै रातो पासपोर्ट लिएका छन्।

रातो पासपोर्ट लिने सांसदमा प्रतिनिधिसभामा नेपाल कम्युनिस्ट पार्टीका ७५, नेपाली कांग्रेसका २८, राष्ट्रिय जनता पार्टीका ११, संघीय समाजवादी फोरमका १०, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट १ र राष्ट्रिय जनमोर्चा १ गरी १ सय २६ जना रहेका छन्।

राष्ट्रियसभामा २५ जना सांसदमध्ये नेकपाका १२ जना, कांग्रेसका १०, रापजका १, संघीय समाजवादी पार्टीका २ जनाले रातो पासपोर्ट लिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?