संविधानअनुसार नै राजदूत नियुक्ति समावेशी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ २४, २०७५
|
|
२४ पटक हेरिएको
Shares
संविधानअनुसार नै राजदूत नियुक्ति समावेशी

सारांश

  • काठमाडौं २४,माघ।
  • रराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राजदूत नियुक्ति प्रकृया संविधान अनुसार नै समावेशी बनाउने बताएका छन् ।
  • उनले आज संसदीय सुनुवाइ विशेष समितिमा सोकुरा बताएका छन् उनले अगाडी भने विगतमा राजदूत नियुक्ति गर्दा समावेशी नभए पनि अब संविधानअनुसार नै समावेशी बनाइने छ ।

काठमाडौं २४,माघ। रराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राजदूत नियुक्ति प्रकृया संविधान अनुसार नै समावेशी बनाउने बताएका छन् ।

उनले आज संसदीय सुनुवाइ विशेष समितिमा सोकुरा बताएका छन् उनले अगाडी भने विगतमा राजदूत नियुक्ति गर्दा समावेशी नभए पनि अब संविधानअनुसार नै समावेशी बनाइने छ ।

मन्त्री ज्ञवालीले परराष्ट्र मन्त्रालयले अन्य देशहरुसँगको सम्बन्ध तथा त्यसको अपेक्षका बारेमा अध्ययन गरेर प्रोफाइल बनाइरहेको जानकारी दिए ।

मन्त्री ज्ञवालीले ५ देशमा नेपालको राजदूत खाली रहेको पनि संसदीय समितिमा जानकारी दिए । हाल २८ देश तथा नियोगमा नेपाली राजदूतहरु रहेका छन् । बंगलादेश, स्पेन, दक्षिण कोरिया, दक्षिण अफ्रिकासहित ५ देशमा भने राजदूत छैनन् ।

परराष्ट्र मन्त्रालयले अन्य देशहरुसँग कस्तो सम्बन्ध छ र कुन देशसँग के अपेक्षा छ भन्ने विषयमा अध्ययन गरेर प्रोफाइल बनाइरहेको मन्त्री ज्ञवालीले जानकारी दिए । यसरी तयार पारेको प्रोफाइल सम्बन्धित देशका राजदूतलाई पठाउने पनि उनले बताए ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?