महाधिवेशन गराउन नसकेपछि नेविसंघ अध्यक्ष नैनसिंह महरेले दिए राजीनामा
सारांश
- काठमाडौं।
- नेविसंघ अध्यक्ष नैनसिंह महरले राजीनामा दिएका छन्।
- नेविसंघको महाधिवेशन गर्न नसकेपछि पार्टीले उनलाई हटाउने तयारी गरेको अवस्थामा महर स्वयंले राजीनामा दिएका हुन्।
काठमाडौं। नेविसंघ अध्यक्ष नैनसिंह महरले राजीनामा दिएका छन्। नेविसंघको महाधिवेशन गर्न नसकेपछि पार्टीले उनलाई हटाउने तयारी गरेको अवस्थामा महर स्वयंले राजीनामा दिएका हुन्। महरले सोमबार पार्टी सभापति शेरबहादुर देउवालाई राजीनामा बुझाएका हुन्।
केन्द्रीय समिति बैठकमा उपसभापति विमलेन्द्र निधिले बर्तमान नेविसंघ कार्यसमिति विघटनको प्रस्ताव गरेका थिए। सो प्रस्तावको पक्षमा वरिष्ठ नेता रामचन्द्र पौडेल पनि उभिएका थिए।
तर कृष्णप्रसाद सिटौला भने नेविसंघ कार्यसमिति भंग गर्ने विरोधमा थिए। वर्तमान नेविसंघ कार्यसमितिमा सिटौला पक्षबाट महामन्त्री कुन्दनराज काफ्ले थिए। नेविसंघको वर्तमान कार्यसमिति भंग भएर नयाँ तदर्थ समिति गठन हुँदा सिटौला पक्षले महत्वपूर्ण पद पाउने संभावना कम छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया