मधेसी जनताको अधिकारकालागि संविधान संशोधन गर्न पहल गरिरहेको छु : प्रचण्ड

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ २८, २०७५
|
|
५५ पटक हेरिएको
Shares
मधेसी जनताको अधिकारकालागि संविधान संशोधन गर्न पहल गरिरहेको छु : प्रचण्ड

सारांश

  • सिराहा।
  • पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसी जनताको हक, अधिकारको पक्षमा संविधान संशोधनको लागि लगातार पहल गरिरहेको बताएका छन्।
  •   सिरहाको अर्नमा गाउँपालिका–१ महनौरमा निर्मित स्वास्थ्य चौकीको सोमबार उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
सिराहा। पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसी जनताको हक, अधिकारको पक्षमा संविधान संशोधनको लागि लगातार पहल गरिरहेको बताएका छन्। 
सिरहाको अर्नमा गाउँपालिका–१ महनौरमा निर्मित स्वास्थ्य चौकीको सोमबार उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले भने, ‘संविधानलाई मधेसी जनताको आवश्यकता अनुसार संशोधन गर्दै जाने भनेर प्रधानमन्त्री केपी ओली, मैले र उपेन्द्र यादवले हस्ताक्षर गरेका छौं।’
उनले मधेसको विकास निर्माणमा सरकारको ध्यान कम हुन्छ की भनेर शंका नगर्न आग्रह गर्दै मधेसको विकास गरेर मात्रै मधेसी जनताको आकांक्षालाई सम्बोधन गर्न सकिने बताए। 
‘नेकपाले मधेशमा पूर्वाधार निर्माणका प्याकेज अगाडि सारेको छ’, उनले भने, ‘तराई मधेसको निम्ति झण्डै तीन अर्ब रुपैयाँको विशेष व्यवस्था भइसकेको छ।’
सिँचाई र खानेपानीको दीर्घकालीन ढंगले समस्या समाधानका लागि सम्बन्धित मन्त्रालयमा कुरा राखेको उनको भनाइ थियो। ‘अहिले भर्खरै उद्घाटन भएको स्वास्थ्य चौकीमा एमबीबीएस डाक्टरको व्यवस्था होस् भन्ने तपाईंहरुको मागमा म सकारात्मक छु’, उनले भने, ‘डाक्टरसहितको आवश्यक जनशक्तिका लागि मेरो तर्फबाट तपाईंहरुलाई सहयोग रहने छ। सिराहा जिल्ला आँप उत्पादनमा नेपालकै अग्रणी जिल्ला हो। यहाँको आँपको माग विश्वभरि नै छ । सिरहालाई आँपको जोनको रुपमा विकास गर्न पहल गर्नेछु।’
धानखेतीमा पनि सिरहा उर्वर जिल्ला रहेको बताउँदै उनले यसलाई धानको सुपरजोनको रुपमा विकास गर्न आफ्नो तर्फबाट सहयोग रहने प्रतिवद्धता व्यक्त गरे। ‘अहिलेको संविधानले जनतालाई शिक्षा, स्वास्थ्य, रोजगारीलाई मौलिक अधिकारका रुपमा राखेको छ,’ उनले भने, ‘अहिले सरकारले मौलिक अधिकार कार्यान्वयनको प्रकृया सुरु गरेको छ। उपचार नपाएर गरिबीको कारण अब कोही मर्नु पर्ने छैन। गरीबको उपचार सरकारले गर्नेछ। नगरे अदालतमा मुद्दा दिन पाइन्छ।’
पूर्वाधार विकास, उत्पादन वृद्धि, रोजगारी सृष्टि, निर्यात बढाउने र आयात घटाउने काममा पार्टी र सरकार लागी परेको अध्यक्ष प्रचण्डको भनाइ थियो।

(https://www.disabilityhelpcenter.org/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रहरीमा सरुवा बढुवाको तयारी
प्रहरीमा सरुवा बढुवाको तयारी
डा. केसीलाई डा. दीक्षितको प्रश्न–“तिमीले अहिलेसम्म कतिवटा शल्यक्रिया गर्यौ ? के आविष्कार गर्यौ ?”(पूरा कुराकानी)
डा. केसीलाई डा. दीक्षितको प्रश्न–“तिमीले अहिलेसम्म कतिवटा शल्यक्रिया गर्यौ ? के आविष्कार गर्यौ ?”(पूरा कुराकानी)
स्वास्थ्यमन्त्री बोहोराले फेरि गरे अर्को विवादित निर्णय
स्वास्थ्यमन्त्री बोहोराले फेरि गरे अर्को विवादित निर्णय
पश्चिम नेपालमा तेह्र दिनमा सात वटा भूकम्पको पराकम्प
पश्चिम नेपालमा तेह्र दिनमा सात वटा भूकम्पको पराकम्प
अमेरिकाको  DMV क्षेत्र मा दशै तिहार फेस्ट 2022 आयोजनाको मिति र स्थान तय
अमेरिकाको DMV क्षेत्र मा दशै तिहार फेस्ट 2022 आयोजनाको मिति र स्थान तय
प्रम ओलीले दिए मोदीलाई लुम्बिनी भ्रमणको निम्तो
प्रम ओलीले दिए मोदीलाई लुम्बिनी भ्रमणको निम्तो
मधेस प्रदेशमा आलोपालो सरकार चलाउने सहमति
मधेस प्रदेशमा आलोपालो सरकार चलाउने सहमति
गुल्मी-२ मा पूर्वसहकर्मीबीचको प्रतिस्पर्धा: विष्टलाई भोट बाँडिने डर, झाँक्रीलाई गठबन्धनकै भर
गुल्मी-२ मा पूर्वसहकर्मीबीचको प्रतिस्पर्धा: विष्टलाई भोट बाँडिने डर, झाँक्रीलाई गठबन्धनकै भर
अब सार्बजनिक भवन होइन बस्ती बस्तीमा पार्क बन्नु पर्छ-सुदर्शन के सी
अब सार्बजनिक भवन होइन बस्ती बस्तीमा पार्क बन्नु पर्छ-सुदर्शन के सी
सामूहिक भावनालाई सर्वोपरी बनाएर काम गर्छौः विषयगत समितिका सदस्य
सामूहिक भावनालाई सर्वोपरी बनाएर काम गर्छौः विषयगत समितिका सदस्य