प्रदेश ३ स्तरीय खेलकूद प्रतियोगिता चितवनमा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन ३, २०७५
|
|
४७ पटक हेरिएको
Shares

सारांश

  • चितवन, ३ फागुन ।
  • प्रदेशस्तरीय खेलकूद प्रतियोगिताअन्तर्गत प्रदेश नं ३ को खेल फागुन ६ गतेदेखि चितवनमा हुने भएको छ ।
  • भरतपुरस्थित जुनियर प्रहरी अधिकृत शिक्षालयमा पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलको उद्घाटन गर्ने कार्यक्रम तय भएको हो ।

चितवन, ३ फागुन । प्रदेशस्तरीय खेलकूद प्रतियोगिताअन्तर्गत प्रदेश नं ३ को खेल फागुन ६ गतेदेखि चितवनमा हुने भएको छ । भरतपुरस्थित जुनियर प्रहरी अधिकृत शिक्षालयमा पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलको उद्घाटन गर्ने कार्यक्रम तय भएको हो ।

जिल्ला खेलकूद विकास समिति चितवनले बिहीबार गरेको पत्रकार सम्मेलनमा समितिका अध्यक्ष गङ्गालाल लामाले प्रदेश खेलकूद परिषद्को आयोजनामा प्रतियोगिता हुनलागेको जानकारी दिनुभयो । चितवनमा एथलेक्टिस र उसु खेल हुनेछन् । अन्य खेल प्रदेश नं ३ कै विभिन्न जिल्लामा आयोजना हुने गरी खेलको संयोजन गरेको खेलकूद विकास समिति चितवनले जनाएको छ ।

प्रदेश नं ५ मा हुने आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा छनोटका लागि प्रदेशस्तरमा खेल हुन लागेका हुन् । प्रतियोगिताअन्तर्गत पुरुष फुटबल नुवाकोटमा, महिला फुटबल सिन्धुपाल्चोकमा, भारोत्तोलन, क्रिकेट, बास्केटबल, टेबलटेनिस, लनटेनिस काठमाडौँमा हुने अध्यक्ष लामाले जानकारी दिनुभयो । प्रतियोगिताका लागि जिल्लाबाट १९९ खेलाडी छनोट भएका छन् । चितवनमा हुने एथलेक्टिस प्रतियोगितामा प्रदेशका २६० खेलाडी सहभागी हुनेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अमेरिका र उत्तर कोरियाको शिखर बैठक नहुने !
अमेरिका र उत्तर कोरियाको शिखर बैठक नहुने !
महासङ्घको वरिष्ठ उपाध्यक्षमा पुनः निर्वाचन हुने
महासङ्घको वरिष्ठ उपाध्यक्षमा पुनः निर्वाचन हुने
विवेकशिल नेपाली र साझा पार्टीबीच भोली पार्टी एकता हुने
विवेकशिल नेपाली र साझा पार्टीबीच भोली पार्टी एकता हुने
‘अदालतको फैसला दुर्भाग्यपूर्ण’
‘अदालतको फैसला दुर्भाग्यपूर्ण’
हावादारी कुरा होइन: हावाबाट बिजुली निस्कियो, गाउँ नै उज्यालो
हावादारी कुरा होइन: हावाबाट बिजुली निस्कियो, गाउँ नै उज्यालो
सरकारले बनाएकाे निति तथा कार्यक्रम जनतालाई स्वर्ग लाने बाटो होईन : महेश बस्नेत(भिडियाेसहित)
सरकारले बनाएकाे निति तथा कार्यक्रम जनतालाई स्वर्ग लाने बाटो होईन : महेश बस्नेत(भिडियाेसहित)
ओली-प्रचण्डबीच यस्ताे छ आशंका
ओली-प्रचण्डबीच यस्ताे छ आशंका
बर्दियामा ८ स्थानीय तहमा को को उम्मेदवार ?
बर्दियामा ८ स्थानीय तहमा को को उम्मेदवार ?
‘के म साँच्चै जीवित छु?’: भग्नावशेषमा फसेका दिदीबहिनीको उद्धारको भावुक कथा
‘के म साँच्चै जीवित छु?’: भग्नावशेषमा फसेका दिदीबहिनीको उद्धारको भावुक कथा
सिजि टेलिकमलाई मोबाईल सेवा सञ्चालनका लागि बाटो खुल्यो,  अनुमति प्रदान गर्न प्राधिकरणलाई सर्वोच्चको आदेश
सिजि टेलिकमलाई मोबाईल सेवा सञ्चालनका लागि बाटो खुल्यो, अनुमति प्रदान गर्न प्राधिकरणलाई सर्वोच्चको आदेश