हावाहुरीमा परी मृत्यु हुने २७ जनाको सनाखत (नामावलीसहित)

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र १८, २०७५
|
|
३६ पटक हेरिएको
Shares
हावाहुरीमा परी मृत्यु हुने २७ जनाको सनाखत (नामावलीसहित)

सारांश

  • काठमाडौं।
  • आइतबार राति बारा र पर्सामा आएको हावाहुरीबाट २७ जनाको मृत्यु भएको पुष्टि भएको छ।
  • हावाहुरीबाट अहिलेसम्म बारामा २६ जना र पर्सामा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
काठमाडौं। आइतबार राति बारा र पर्सामा आएको हावाहुरीबाट २७ जनाको मृत्यु भएको पुष्टि भएको छ। हावाहुरीबाट अहिलेसम्म बारामा २६ जना र पर्सामा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। बाराका डिएसपी हेमबहादुर शाहीका अनुसार बारामा हावाहरीका कारण २६ जनाको मृत्यु भएको छ।
‘अहिलेसम्म २६ जनाको मृत्यु भएको पुष्टि भएको छ,’ डिएपी शाहीले भने, ‘तर अहिले पनि इँटा भट्टाको भग्वावशेष र घर भत्किएका ठाउँमा उद्दार जारी भएका कारण मृतकको संख्या बढ्न सकछ।’ उनले बारामा चार सयभन्दा धेरै घाइते भएको जानकारी दिए। धेरै घाइते उपचारपछि घर फर्किएका छन् भने गम्भीर घाइतेको उपचार भइरहेको उनले जानकारी दिए।उनीहरुको सनाखत समेत भइसकेको छ।
बाराका सबै अस्पताल घाइतेले भरिएका छन्। उपचारमा रगतको निकै कमी भएकाले राती नै सुरक्षाकर्मीले रक्तदान कार्यक्रम आयोजना गरेका छन्। उनले घाइतेहरु र मृतकहरुको शव संकलनमा प्रहरी सक्रिय भएको जानकारी दिए।
हावाहुरीले विद्युतका पोल ढेलेका छन् भने पर्खालहरु पनि भत्केका छन्। यस्तै घरका छानासमेत भत्केका छन्। यी ढलेका पोल र पर्खालमा च्यापिएर मानवीय क्षति भएको प्रहरीले जनाएको छ। अहिले बाराका धेरै क्षेत्रमा सडक बिग्रिएका कारण सवारी साधन ठप्प छन्। अस्पताल घाईतेले खचाखच भरिएका छन्।
यसैगरी हावा हुरीमा परी पर्सामा एक जनाको मृत्यु भएको डिसपी अनन्तराम शर्माले जानकारी दिए। उनले हावाहुरीका कारण गाडी पल्टिएर एक जनाको मृत्यु भएको पुष्टि भएको र करिव आधा दर्जन मानिस घाइते भएको बताए।
a(30).JPG
b(47).JPG

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?