तेस्रो ह्वीलचियर म्याराथनमा पुरुषमा बिक र महिलामा मगर पहिलो

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन १९, २०७५
|
|
२२ पटक हेरिएको
Shares
तेस्रो ह्वीलचियर म्याराथनमा पुरुषमा बिक र महिलामा मगर पहिलो

सारांश

  • शनिबार काठमाडौँको भृकुटीमण्डपमा सम्पन्न तेस्रो ह्वीलचियर म्याराथन २०१९ मा प्रेमबहादुर विक पहिलो बनेका छन् ।
  • बोधिसत्व इन एक्सनले आयोजना गरेको उक्त ह्वीलचियर म्याराथनको करिब ४ किलोमिटर दुरी विकले १६ मिनेट २५ सेकेण्डमा पुरा गरेका थिए ।
  • पहिलो भए वापत् विकले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया मगरको हातबाट २५ हजार रुपैयाँ नगद सहित मेडल र प्रमाणपत्र पाए ।

शनिबार काठमाडौँको भृकुटीमण्डपमा सम्पन्न तेस्रो ह्वीलचियर म्याराथन २०१९ मा प्रेमबहादुर विक पहिलो बनेका छन् । बोधिसत्व इन एक्सनले आयोजना गरेको उक्त ह्वीलचियर म्याराथनको करिब ४ किलोमिटर दुरी विकले १६ मिनेट २५ सेकेण्डमा पुरा गरेका थिए ।

पहिलो भए वापत् विकले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया मगरको हातबाट २५ हजार रुपैयाँ नगद सहित मेडल र प्रमाणपत्र पाए ।

प्रतिष्पर्धामा रमेश खत्री दोस्रो भए । उनले निर्धारित दुरी १६ मिनेट ३१ सेकेण्डमा पुरा गरेका थिए । त्यस्तै तेस्रो हुने विष्णु पुकार श्रेष्ठले १७ मिनेट ३५ सेकेण्डमा दुरी पार गर्दै तेस्रो बने ।

महिलातर्फ प्रथम यामी झाक्री मगर २०.११ मिनेट, दोस्रोमा रजनी राई २०.५० मिनेट, तेस्रोमा शर्मिला ठोकरले २२.१० मिनेटमा दौड सम्पन्न गरेका थिए ।

कार्यक्रममा शारिरिक अशक्तता भएका २०० जति सहभागि थिए । म्याराथनमा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमश २५ हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार दिइएको थियो ।

शनिबार बिहान ८ बजे भृकुटीमण्डपबाट सुरु भएको म्याराथन शहिदगेट, सुनधारा, रानीपोखरी, जमल, घण्टाघर कमलादी, पुुतलीसडक, प्रदर्शनीमार्ग हुँदै भृकुटीमण्डपमै आएर समापन भएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?