उत्कृष्ट भनिएका कर्मचारी भ्रष्टाचार मुद्दामा मुछिए

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन २०, २०७५
|
|
२० पटक हेरिएको
Shares
उत्कृष्ट भनिएका कर्मचारी भ्रष्टाचार मुद्दामा मुछिए

सारांश

  • काठमाडौं ।
  • गत वर्ष निजामती कर्मचारीको उत्कृष्ट भनिएका कर्मचारी ठहरिएका जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृत कैलाश मातछे श्रेष्ठलाई भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।
  • जिल्ला प्रशासन कार्यालयमा परेको लेनदेन सम्बन्धी उजुरी मिलाइदिने भनी विभिन्न बहानामा सेवाग्राहीसँग घुस रकम माग गरिरहेको बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले श्रेष्ठलाई २५ हजार रुपैयाँ घुसबापत लिएको बेला पक्रेको थियो ।

काठमाडौं । गत वर्ष निजामती कर्मचारीको उत्कृष्ट भनिएका कर्मचारी ठहरिएका जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृत कैलाश मातछे श्रेष्ठलाई भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

जिल्ला प्रशासन कार्यालयमा परेको लेनदेन सम्बन्धी उजुरी मिलाइदिने भनी विभिन्न बहानामा सेवाग्राहीसँग घुस रकम माग गरिरहेको बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले श्रेष्ठलाई २५ हजार रुपैयाँ घुसबापत लिएको बेला पक्रेको थियो ।

अख्तियारले मातछे श्रेष्ठलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० बमोजिम कसुर गरेको देखिन आएको भन्दै २५ हजार रुपैयाँ मागदाबीसहित विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?