ग्यास विक्री सहज हुने, आयल निगम र ग्यास उद्योगीबीच समझदारी

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन २२, २०७५
|
|
२५ पटक हेरिएको
Shares
ग्यास विक्री सहज हुने, आयल निगम र ग्यास उद्योगीबीच समझदारी

सारांश

  • काठमाडौं २२ फागुन ।
  • खाना पकाउने एलपी ग्यासको बिक्री–वितरण सञ्चालन हुने भएको छ ।
  • नेपाल आयल निगम र आन्दोलनरत नेपाल एलपी ग्यास उद्योग सङ्घबीच हिजो भएको समझदारीअनुसार ग्यास उद्यमी/व्यवसायीले हिजोकै मितिदेखि आन्दोलनका सबै कार्यक्रम स्थगन गरी निगमबाट एलपी ग्यासका पिडिओ खरीद गरी एलपी ग्यासको बिक्री वितरण सञ्चालन गर्ने भएको हो ।

काठमाडौं २२ फागुन । खाना पकाउने एलपी ग्यासको बिक्री–वितरण सञ्चालन हुने भएको छ ।

नेपाल आयल निगम र आन्दोलनरत नेपाल एलपी ग्यास उद्योग सङ्घबीच हिजो भएको समझदारीअनुसार ग्यास उद्यमी/व्यवसायीले हिजोकै मितिदेखि आन्दोलनका सबै कार्यक्रम स्थगन गरी निगमबाट एलपी ग्यासका पिडिओ खरीद गरी एलपी ग्यासको बिक्री वितरण सञ्चालन गर्ने भएको हो ।

सङ्घको मागका सम्बन्धमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवको उपस्थितिमा निगम र सङ्घका पदाधिकारीबीच छलफल भई तीनबुँदे समझदारी भएको हो । उद्योगी–व्यवसायीका मागका सम्बन्धमा अध्ययन गरी सुझावसहितको प्रतिवेदन १५ दिनभित्र पेश गर्ने सम्झौतामा उल्लेख छ ।

त्यस्तै आपूर्ति मन्त्रालयले एलपिजीलगायत पेट्रोलियम पदार्थको व्यवस्थापन तथा समग्र सुधारको मार्गचित्र तय गर्न एक उच्चस्तरीय समिति गठन गर्ने समझदारी बनेको निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेल र सङ्घका अध्यक्ष गोकुल भण्डारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

(https://colorreflections.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विवादपछि रोकिएको काठमाडौँ भ्यू टावर निर्माण कार्य सुरु
विवादपछि रोकिएको काठमाडौँ भ्यू टावर निर्माण कार्य सुरु
विश्वकप इतिहास : जुत्ता र बुट लगाउन नसक्दा भारत ले विश्वकप नै छाड्यो !
विश्वकप इतिहास : जुत्ता र बुट लगाउन नसक्दा भारत ले विश्वकप नै छाड्यो !
तेहरानमा दुर्घटनाग्रस्त युक्रेनी विमानमा कोही जिवित भेटिएनन्
तेहरानमा दुर्घटनाग्रस्त युक्रेनी विमानमा कोही जिवित भेटिएनन्
वाम गठबन्धनको सरकार बनेपछि भ्रष्टाचार अन्त्य हुन्छ – नेता नेपाल
वाम गठबन्धनको सरकार बनेपछि भ्रष्टाचार अन्त्य हुन्छ – नेता नेपाल
प्रदेश न ३: प्रदेश सचिवालयकै हाता भित्र नेपाली कांग्रेसको संसदीय दलको कार्यालय
प्रदेश न ३: प्रदेश सचिवालयकै हाता भित्र नेपाली कांग्रेसको संसदीय दलको कार्यालय
एसिया कप फाइनल : सन् २०१४ पछि पाकिस्तान र श्रीलंका भिड्दै
एसिया कप फाइनल : सन् २०१४ पछि पाकिस्तान र श्रीलंका भिड्दै
पोखरा विमानस्थलमा यति एयरको जहाज दुर्घटना
पोखरा विमानस्थलमा यति एयरको जहाज दुर्घटना
माओवादी केन्द्रको विजय जुलुसमा एमाले कार्यकर्ताद्वारा ढुंगामुडा : आठ घाइते
माओवादी केन्द्रको विजय जुलुसमा एमाले कार्यकर्ताद्वारा ढुंगामुडा : आठ घाइते
माघ ९ गते पत्रपत्रिकाहरुको मुख्य समाचारहरु
माघ ९ गते पत्रपत्रिकाहरुको मुख्य समाचारहरु
पोखरामा मेगा एजुकेशन फेयर
पोखरामा मेगा एजुकेशन फेयर

तपाईंले छुटाउनुभयो कि?