किसानको वर्गीकरण गरी परिचय पत्र दिइने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन २३, २०७५
|
|
३२ पटक हेरिएको
Shares
किसानको वर्गीकरण गरी परिचय पत्र दिइने

सारांश

  • ललितपुर ।
  • राष्ट्रिय किसान आयोगले खाद्य सम्प्रभुता र किसान अधिकारसम्बन्धी प्रथम अन्तर्राष्ट्रिय सम्मेलन फागुन २६ देखि २८ सम्म गर्ने भएको छ ।
  • सम्मेलनमार्फत किसानको वर्गीकरण गरी उनीहरूलाई परिचयपत्र वितरण गर्न सहयोग पुग्ने बताइएको छ ।

ललितपुर । राष्ट्रिय किसान आयोगले खाद्य सम्प्रभुता र किसान अधिकारसम्बन्धी प्रथम अन्तर्राष्ट्रिय सम्मेलन फागुन २६ देखि २८ सम्म गर्ने भएको छ । सम्मेलनमार्फत किसानको वर्गीकरण गरी उनीहरूलाई परिचयपत्र वितरण गर्न सहयोग पुग्ने बताइएको छ ।

आयोगले किसानको अधिकारलाई ऐनमा तर्जुमा गर्ने उद्देश्यका साथ सम्मेलन गर्न लागेको जानकारी दिएको छ ।

आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले सम्मेलनमा खाद्य सम्प्रभुतासम्बन्धी विभिन्न विधामा १५ वटा कार्यपत्र प्रस्तुत हुने र नेपाल, बंगलादेश, चीन, भारत, इण्डोनेशिया, मलेशिया, पाकिस्तान, फिलिपिन्स, श्रीलङ्का, प्रजग कोरिया र भियतनामका वरिष्ठ पदाधिकारी, प्राज्ञ, किसान, कृषि सहकारीमा आबद्ध व्यक्ति, उद्योगी, व्यवसायी तथा कृषि विज्ञ गरी कूल ३५० जनाको सहभागिता रहने बताइएको छ ।

आयोगका प्रवक्ता रवीन्द्र केसीले सम्मेलनमार्फत अन्य देशका किसानसँग भाइचाराको सम्बन्ध स्थापना हुने बताउँदै आधुनिक कृषि प्रणाली व्यवस्थामा थप जोड पुग्ने उल्लेख गरे ।

किसानले अनुभव गरेका चुनौतीको सामना गर्दै किसान अधिकार र खाद्य सम्प्रभुता तथा खाद्य सुरक्षाको प्रवद्र्धनसम्बन्धी ऐन कानून तर्जुमा र कार्यान्वयनका साथै नीति निर्माणको परिमार्जनमा टेवा पुग्ने कार्यक्रममा बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुई चुलोमा जनयुद्ध दिवसको भान्सा, आहुति, किराँती र लोकेन्द्र बैद्यतिर
दुई चुलोमा जनयुद्ध दिवसको भान्सा, आहुति, किराँती र लोकेन्द्र बैद्यतिर
उपराष्ट्रपतिमा नन्दबहादुर पुन “पासाङ” निर्विरोध
उपराष्ट्रपतिमा नन्दबहादुर पुन “पासाङ” निर्विरोध
बजेटले मूल्यवृद्धि नियन्त्रण र आर्थिक संकट टार्दैन : राजेन्द्र लिङ्देन
बजेटले मूल्यवृद्धि नियन्त्रण र आर्थिक संकट टार्दैन : राजेन्द्र लिङ्देन
भारतमा २१ दिनका लागि ‘लक डाउन’
भारतमा २१ दिनका लागि ‘लक डाउन’
सडक बालबालिकालाई २०८१ भित्रै सडकबाट मुक्त गर्नेछौँः प्रधानमन्त्री
सडक बालबालिकालाई २०८१ भित्रै सडकबाट मुक्त गर्नेछौँः प्रधानमन्त्री
भान्छामै जैविक तरकारी पु¥याउँछन् थारु महिला
भान्छामै जैविक तरकारी पु¥याउँछन् थारु महिला
माथिल्लो तामाकोशीको आर्इपिओ खुल्यो, दोलखाबासीले काठमाण्डौंबाटै आवेदन दिन सकिने
माथिल्लो तामाकोशीको आर्इपिओ खुल्यो, दोलखाबासीले काठमाण्डौंबाटै आवेदन दिन सकिने
प्योङयाङमा अमेरिकी कुटनीतिक कार्यालय खोल्न किम सहमत, वार्ता जारी
प्योङयाङमा अमेरिकी कुटनीतिक कार्यालय खोल्न किम सहमत, वार्ता जारी
राष्ट्रपति पौडेलद्वारा स्वं गणेशमान सिंहको पूर्णकदको प्रतिमाको अनावरण
राष्ट्रपति पौडेलद्वारा स्वं गणेशमान सिंहको पूर्णकदको प्रतिमाको अनावरण
सुशासन र शान्ति सुरक्षा पहिलो प्राथमिकता – मन्त्री केसी
सुशासन र शान्ति सुरक्षा पहिलो प्राथमिकता – मन्त्री केसी

तपाईंले छुटाउनुभयो कि?