टिकटकले फर्काएको खुसि

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २०, २०७६
|
|
२५ पटक हेरिएको
Shares
टिकटकले फर्काएको खुसि

सारांश

  • काठमाडौं ।
  • मनोरञ्जनात्मक एप्लीकेसन टिकटकले मनोरन्जनमा मात्र होईन भारतको तामिलनाडु राज्यमा रहेको एक परिवारको पुर्नमिलन गराइदिएको छ ।
  • करिव तीन वर्षदेखि बेपत्ता भएका महिलाका श्रीमान्लाई खोज्न टिकटकले महत्वपूर्ण भुमिका खेलेको छ ।

काठमाडौं । मनोरञ्जनात्मक एप्लीकेसन टिकटकले मनोरन्जनमा मात्र होईन भारतको तामिलनाडु राज्यमा रहेको एक परिवारको पुर्नमिलन गराइदिएको छ । करिव तीन वर्षदेखि बेपत्ता भएका महिलाका श्रीमान्लाई खोज्न टिकटकले महत्वपूर्ण भुमिका खेलेको छ ।सुरेश नामक गरेका हराएका श्रीमान सन् २०१६मा आफ्नी श्रीमती र तीन छोराछोरी छोडेर हिडेका थिए तर,उनी त्यसयता सम्पर्कमा आएनन्। यसबीचमा उनकी श्रीमती जयप्रधाले सम्भव भएजति सबै ठाउँमा खोजी के मात्रै गरिनन् । अखवारमा खवर छाप्नुदेखि प्रहरीमा उजुरी दर्ता गर्दा पनि उनले आफ्ना पतिको अत्तोपत्तो सम्म थाहा पाउन सकिनन् ।एक दिन महिलाका आफन्तले टिकटकमा सुरेशजस्तै देखिने व्यक्तिको भिडियो देखाएपछि उनलाई आफ्ना श्रीमान जिउदै रहेको र फर्काउन सम्भव होला कि भन्ने आशा पलाएको समाचार श्रोतमा उल्लखे गरिएको छ ।

उनले तुरुन्त प्रहरीलाई उक्त भिडियो देखाईन र सो भिडियोको आधार अनुसन्धान सुरु भयो । सामान्य घरझगडापछि घर छोडेर हिडेका सुरेश होसुरमा मेकानिको काम गरेर बसिरहेको प्रहरीले अनुसन्धानबाट पत्ता लगायो।उनी लिंग परिवर्तन गरेकी एक महिलासँगको सम्बन्धमा थिए, जसले उक्त टिकटक भिडियो बनाएकी थिइन् । भिडियोमा ती महिलालाई पनि देख्न सकिन्छ ।

यो पनि पढ्नुहोस्

कवीर सिंहलाई २ सय करोड
मुम्बई । बलिउड चलचित्र ‘कवीर सिंह’ले प्रदर्शन भएको १३औं दिनसम्म आइपुग्दा २ सय करोडको व्यापार गर्न सफल भएको छ । लगातार आक्रमक ब्यापार गर्दै आएको यो चलचित्र यस वर्षको सबभन्दा चाँडो दुई सय करोड कमाउने पहिलो सूचीमा पर्न सफल भएको हो ।प्रदर्शनको पहिलो दिन नै भारतमा २० करोड २१ लाख कमाएको यस चलचित्रले दोस्रो हप्तामै २ सय ६ करोड ४८ लाखको ब्यापार गर्न सफल भयो । चलचित्रले प्रदर्शनको पहिलो हप्ता नै बक्सअपिसमा १ सय ३४ करोड ४३ लाखको व्यापार गरेको थियो ।

‘कवीर सिंह’अभिनेता शाहिद कपुरको पहिलो चलचित्र हो जुन चलचित्रले पहिलो पटक बक्सअपिसमा २ सय ब्यापार गरेको छ । सफलतापछि बलिउड इन्डष्ट्रीमा शाहिदको अचानक डिमाण्ड बढेको भारतीय मिडियाले जनाएको छ । उनले अब आफूले अभिनय गर्ने चलचित्रमा लिँदै आएको पारिश्रमिकभन्दा दोब्बर पारिश्रमिक लिने बताएका छन् ।यसअघि उनले एक चलचित्रमा काम गरेको १० देखि १२ करोडसम्म पारिश्रमिक लिँदै आएका थिए भने अब चलचित्रका लागि २१ करोड पारिश्रमिकको माग राखेको खबरले बलिउड निकै तातेको छ ।

(https://blogs.20minutos.es/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?