विप्लव समूहको बन्दको मुलुकभर प्रभाव

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन ३०, २०७५
|
|
२२ पटक हेरिएको
Shares
विप्लव समूहको बन्दको मुलुकभर प्रभाव

सारांश

  • काठमाडौं।
  • नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आह्वान गरेको नेपाल बन्दको प्रभाव देशैभरी देखिएको छ।
काठमाडौं। । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आह्वान गरेको नेपाल बन्दको प्रभाव देशैभरी देखिएको छ। बन्दको प्रभाव राजधानीमा पनि देखिएको छ।
काठमाडौं उपत्यकामा बिहानमा अरु दिनको तुलनामा कम गाडी चलेका छन्। अधिकांश शिक्षण संस्थाहरु पनि बन्द भएका छन्।
आफ्ना कार्यकर्ता माथि सरकारबाट भइरहेको धरपकड बन्द गरी पक्राउ परेका कार्यकर्ता रिहाइको माग गर्दै विप्लव समूहले नेपाल बन्दको घोषणा गरेको थियो ।
मकवानपुरको थाहा नगरपालिका–४, नयाँगाउँमा गएराति एक ट्रकमाथि आगजनी गरिएको छ।
अज्ञात समूहले काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको ना ५ ख ७४११ नम्बरको हेभी इक्वीपमेन्ट बोक्ने ट्रेलर गाडी गएराति १२ बजे आगजनी गरेको हो ।
मास्क लगाएको एक समूहले गुडिरहेको गाडी रोकेर चालक तथा सहचालकलाई बसबाट ओराली पेट्रोल छर्केर आगजनी गरेको ट्रकका चालकले बताएका छन् ।
घटनामा विप्लव समूहको संलग्नता हुनसक्ने अनुमान गरिएको छ । तर अहिलेसम्म कसैले पनि जिम्मेवारी लिएको छ ।
यसैबीच, हेटौंडाको औद्योगिक क्षेत्रनजिक भेटिएको शंकास्पद वस्तु डिस्पोज गरिएको छ ।
बन्दका कारण पूर्वपश्चिम तथा उत्तरदक्षिण सिद्धार्थ राजमार्गमा सार्वजनिक सवारी चलेका छैनन् । शैक्षिक संस्था, बजार तथा औद्योगिक प्रतिष्ठानमा पनि असर परेको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको बढैपुर जंगलमा राती चार पौने बजे बसमा आगजनी गरिएको छ । पूर्वबाट पश्चिमतर्फ आइरहेको म १ ख ४४१ नम्बरको बसमा पौने ४ बजे आगजनी भएको प्रहरीले जनाएको छ । गाडीमा सवार यात्रुलाई ओरालेर आगजनी गरिएको ईलाका प्रहरी कार्यालय मसुरियाले जनाएको छ । आगजनीबाट बस पूर्ण रुपमा क्षति भएको छ।
विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको बन्दका क्रममा बसमा आगजनी गरिएको हो। सरकारले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएपछि नेपाल बन्दको घोषणा गरिएको हो । बन्दलाई लक्षित गरेर सुरक्षा व्यवस्था कडा पारिएको कैलाली प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?