मतदातालाई ल्वाङ सुकुमेल बाँड्दै केपी ओलीका प्रतिद्वन्द्वी भन्छन्– बसाइँ सर्नेलाई हराउँछु !
सारांश
- १३ मंसिर, झापा ।
- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा ५ मा कोही प्रतिस्पर्धी नदेखेको बताइरहेकै बेला उनका प्रतिद्वन्द्वीले चुनाव हराइदिने चेतावनी दिएका छन् ।
- ओलीले झापा ५ मा आफ्नो जित निश्चित भएको बताइरहँदा उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार डा.
१३ मंसिर, झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा ५ मा कोही प्रतिस्पर्धी नदेखेको बताइरहेकै बेला उनका प्रतिद्वन्द्वीले चुनाव हराइदिने चेतावनी दिएका छन् ।
ओलीले झापा ५ मा आफ्नो जित निश्चित भएको बताइरहँदा उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार डा. खगेन्द्र अधिकारीले यसपालि ओलीलाई झापा ५ का जनताले हराएरै छाड्ने दाबी गरे ।
‘मतदातासमक्ष पुग्दा ओलीले आफूहरुलाई पटक–पटक झुक्याएको भन्ने गुनासो सुन्ने गरेको छु’, डा. अधिकारीले भने, ‘ओलीले प्रशस्त आश्वासन दिए, तर, काम गरेनन् । त्यसैले यसपालि झापा ५ का जनताले मलाई चुन्नेछन् ।’
कांग्रेस उम्मेदवार अधिकारीले केपी ओली झापाबाट बसाइँ सरेर भक्तपुरमा बस्न थालेको र चुनाव लड्नमात्रै झापा आउने गरेको बताए । अधिकारीका अनुसार केपी ओलीको मतदाता नामावलीसमेत झापामा छैन ।
‘एकचोटि छाडिसकेको क्षेत्र, त्यसमाथि पनि अहिले त बसाईँ नै सरेर गइसकेका छन्’, अधिकारीले केपी ओलीलाई ‘टुरिष्ट उम्मदेवार’ को संकेत गर्दै भने, ‘त्यसैले जनताको सेवा गर्छु भनेर आएको युवालाई मौका दिनुपर्छ भनेर आम मतदाताले भन्ने गरेका छन् ।’
कांग्रेस नेता डा. अधिकारी ओलीबिरुद्ध चुनाव लड्न १७ वर्ष लामो प्राध्यापन पेशाबाट राजीनामा दिएर मैदानमा आएका छन् ।
मतदातालाई ल्वाङ र सुकुमेल !
केपी ओलीका प्रतिस्पर्धी डा. अधिकारीले झापा–५ का मतदाताका घरघरमा पुगेर ल्वाङ र सुकुमेल बाँडिरहेका छन् । उनले आफूले मतदातालाई दिन सक्ने त्यही ‘ल्वाङ, र सुकुमेल’ भएको बताए ।
‘अरुले मतदातालाई रिझाउन साम, दाम, दण्ड, भेद सबै थोक प्रयोग गर्छन्’, कांग्रेस उम्मेदवार अधिकारी भन्छन्, ‘तर, मेरो हैसियतले त्यो सबै भ्याउँदैन ।’
कुरा गर्दै अधिकारीले ल्वाङ र सुकुमेल दिएर मतदातालाई मतदानमा सहभागी हुन निम्तो गरेको बताए । उनले थपे, ‘राजनीतिलाई भ्रष्टाचारमुक्त राख्नसमेत यस्तो साङ्केतिक अभियान थालेको हुँ ।’
मतदातालाई केपी ओलीको हवाइ पत्र

केपी ओली यसअघि पहिलो चरणको निर्वाचन हुने जिल्लाहरुको चुनावी अभियानमा व्यस्त थिए । बुधबार उनी झापास्थित आफ्नो क्षेत्रमा पुगेका छन् ।
पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले चुनावी प्रचारका लागि मतदातालाई हवाई पत्र पठाइरहेका छन् ।
अन्य क्षेत्रका उम्मेदवारहरुले फेसबुक लाइभ, सोसियल मिडियामा पोष्ट बुस्ट जस्ता आधुनिक प्रविधिको प्रयोग गरेर मतदातालाई आकर्षित गराइरहेका छन् । तर, ओलीले भने परम्परागत शैलीमा मतदातालाई हवाई पत्र पठाइरहेका छन् ।
ओलीले हवाई पत्रमा परम्परागत शैलीमा लेखेका छन्, ‘आदरणीय दाजुभाइ, दिदीबहिनीहरू, नमस्कार ! आराम रही आरामको कामना गर्दछु । तपाईंहरूसँग भेटेर छलफल गर्ने इच्छा हुँदाहुँदै पनि सबैसँग प्रत्यक्ष भेट्न सम्भव नहुनेजस्तो लागेर यो पत्र लेख्दै छु । खासगरी आजको पत्रमा संघारमै आएको चुनावको विषयलाई लिएर दुई–चार शब्द कोर्दैछु ।’
ओलीद्वारा प्रेषित पत्रको अन्त्यमा उनले लेखेका छन्, ‘अन्त्यमा यहाँहरू सबैलाई पुनः भन्न चाहन्छु, राजनीतिक स्थिरता र मुलुकको समृद्धिको पक्षमा मतदान गर्नुहोस् र समृद्धिको महायात्रामा सहभागी बन्नुहोस् । यति भन्दै आजका लागि यहीँ कलम बन्द गर्दछु । बाँकी कुरा भेटमै गरौँला । धन्यवाद । उही तपाईंको केपी शर्मा ओली ।’
ओलीका प्रेस प्रमुख चेतन अधिकारीले झापा ५ मा मात्र नभई देशैभर ओलीको हस्ताक्षर रहेको पत्र वितरण गरिएको बताए । ‘पार्टी च्यानलबाट देशैभर घरघरमा पत्र बाँडिएको छ’, अधिकारीले अनलाइनखबरसँग भने ।अनलाइनखबर बाट
Purna Subba
Jatiyapaechakolagi 1vot k plaidinuparchhahai
Aq Suman
Oli lai haraune ta sapana nadekhum hola kina vane kongres lai ta Aba murkha le matra vot halxa
Shyam Rai
Hahahaha ko gati xada ayo feri oli ta deshko putra po hota basai sarera gaye pani bidesh ta pugeko xainani nepal ta nepal mai xani
Devendra Bhandari
Hahaaaa
Raju Niraula
Kpko aadhani aaudaina vote timro
यात्रा रहेछ जिन्दगी
namitho sanga parajit hunalai yo kun khushkeko aayo kp sanga sing jodna hahaha
Damodar Adhikari
Adhikari daju ho bichara 19000 vote le harxa
Din Bagale Magar
Hahaha kasto jok
Kumar Thapa
Ghamandi lai jo kohi vayeni harauda ramro.
Kundan Thapa
THAPA bro kp is the best for NEPAL and NEPALI.
Suman Ghimire
La badai xa
Krishana Joshi
La badhix dai
Laxman Niraula
काहो को गङु तेरी कहाँ को राजाभोज केपी लाई पो हराउछु भन्छ त यो भु पु रेडियो
Sunil Suni Bhardawaj
Luwang ra dalchini ta khir ma halera khanu parcha sarai mitho huncha cheli ho
N Brz Niraula
kp लाई हराउनु लाई 7 जन्म मा नि सक्छ भनेर न सोचेस यो जुनि झापा kp को हो सबै भन्दा बढी मत ले जित्ने भनेको kp नै हो
Dp Thapaliya
Good