काठमाण्डौ आइरहेको विमान दुर्घटना हुनबाट केही सेकेण्डले मात्र जोगियो

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र ४, २०७५
|
|
२० पटक हेरिएको
Shares
काठमाण्डौ आइरहेको विमान दुर्घटना हुनबाट केही सेकेण्डले मात्र जोगियो

सारांश

  • मुम्बईमा ठूलो हवाई दुर्घटना हुनबाट जोगिएको छ ।
  • गएको शुक्रबार अपरान्ह दुई अन्तर्राष्ट्रिय उडान खतरनाक रुपमा एकअर्कासँग ठोक्किनबाट केही सेकेण्डले जोगिएको हो ।
  • संयुक्त अरब इमिरेट्स (यूएई) को आबुधाबीबाट काठमाण्डौतर्फ आइरहेको इतिहाद एयरबस ३२० (इवाई २९०) विमान र भियतनामको हो ची मिन्ह सिटीबाट पेरिसतर्फ उडेको एयर फ्रान्स बोइङ ७७७ (एएफ २५३) ठोक्किनबाट बचेको टाइम्स अफ इण्डियाले जनाएको छ ।

मुम्बईमा ठूलो हवाई दुर्घटना हुनबाट जोगिएको छ । गएको शुक्रबार अपरान्ह दुई अन्तर्राष्ट्रिय उडान खतरनाक रुपमा एकअर्कासँग ठोक्किनबाट केही सेकेण्डले जोगिएको हो ।

संयुक्त अरब इमिरेट्स (यूएई) को आबुधाबीबाट काठमाण्डौतर्फ आइरहेको इतिहाद एयरबस ३२० (इवाई २९०) विमान र भियतनामको हो ची मिन्ह सिटीबाट पेरिसतर्फ उडेको एयर फ्रान्स बोइङ ७७७ (एएफ २५३) ठोक्किनबाट बचेको टाइम्स अफ इण्डियाले जनाएको छ ।

‘ती दुई विमान ५.५५६ किलोमिटरको फरकमा थिए । एयर फ्रान्स ३२ हजार फिट उचाइमा र इतिहाद विमान ३१ हजारको उचाइमा उडिरहेका थिए । तत्काल एयर ट्राफिक कन्ट्रोलरले इतिहाद विमानलाई ३३ हजारको उचाइ लिन निर्देशन दियो’ स्रोतले भनेको छ ।

यो घटनापछि मुम्बईका एयर ट्राफिक कन्ट्रोलरलाई हटाइएको र तत्काल अनुसन्धान थालिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?