जिल्ला अस्पताल प्रविधिमैत्री

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र ७, २०७५
|
|
३३ पटक हेरिएको
Shares

सारांश

  • बैतडी, ७ चैत, जिल्ला अस्पताल प्रविधीमैत्री बन्दै गएको छ ।
  • अस्पतालमा अहिले धेरै काम आधुनिक प्रविधिबाटै हुने गरेकोे जनाइएको छ ।
  • बिरामीको नाम लेखाउने रसिददेखि स्वास्थ्य जाँचको प्रतिवेदन पनि कम्प्युटर प्रणालीबाटै तयार गर्न थालिएको अस्पतालका प्रमुख निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा जगदीशचन्द्र विष्टले बताउनुभयो ।

बैतडी, ७ चैत, जिल्ला अस्पताल प्रविधीमैत्री बन्दै गएको छ । अस्पतालमा अहिले धेरै काम आधुनिक प्रविधिबाटै हुने गरेकोे जनाइएको छ । बिरामीको नाम लेखाउने रसिददेखि स्वास्थ्य जाँचको प्रतिवेदन पनि कम्प्युटर प्रणालीबाटै तयार गर्न थालिएको अस्पतालका प्रमुख निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा जगदीशचन्द्र विष्टले बताउनुभयो ।

आधुनिक प्रविधिको प्रयोगले अस्पतालको सेवा छिटोछरितो र सहज भएको उहाँको भनाइ थियो । अस्पतालका काम कम्प्युटर प्रणालीबाट गरिँदा हातले लेखेर बिरामीलाई सेवा दिनुपर्ने अवस्था अन्त्य भएको उहाँको भनाइ थियो । यो कार्यले सेवाग्राही र कर्मचारी दुवैलाई सजिलो भएको र आर्थिक पारदर्शिता पनि भएको छ ।

अस्पतालमा भिडियो एक्सरेका लागि पनि अहिलेको भन्दा गुणस्तरीय नयाँ उपकरण आएको तर जडान गर्न मात्र बाँकी छ भने विद्युतीय हाजिरी र इन्टरकम फोन पनि जडान गरिएको छ । अस्पताल प्रविधिमैत्री बन्दा सेवाग्राहीलाई सेवा लिन र कर्मचारीलाई सेवा दिन सजिलो भएको अस्पतालका मेडिकल अधिकृत डा वसन्तराज जोशीले बताउनुभयो ।

ट्याक्टरबाट खसेर महिलाको मृत्यु

फागु पूर्णिमा मनाएर फर्किने क्रममा ट्याक्टरबाट खसेर बुधबार साँझ एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्नया–३ का ४५ वर्षीया सीतादेवी ऐरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिनुभयो ।

महाकाली राजमार्गअन्तर्गत धरमघर होली खेलेर घर फर्किने क्रममा सुर्नया गाउँपालिका–३ धरमघर नजिकै ठूलाखोला भन्ने स्थानमा ट्याक्टरबाट खसेर उहाँकोे मृत्यु भएको प्रहरीले जनाएको छ । साँझ ६ बजेतिर से१त ७६४९ नंको ट्याक्टरको ट्रालीबाट ऐरीले हामफाल्दा गम्भीर घाइते भएकी ऐरीलाई जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । चालक दीपक डगौंरा र ट्याक्टर प्रहरीको नियन्त्रणमा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जर्मनीमा दुईवटा गोलीकाण्डमा कम्तीमा ‘आठ व्यक्तिको मृत्यु’
जर्मनीमा दुईवटा गोलीकाण्डमा कम्तीमा ‘आठ व्यक्तिको मृत्यु’
प्राधिकरणका तीन सञ्चालकलाई हटाउने उर्जा मन्त्रालयको निर्णयलाई सर्वोच्च अदालतको सदर
प्राधिकरणका तीन सञ्चालकलाई हटाउने उर्जा मन्त्रालयको निर्णयलाई सर्वोच्च अदालतको सदर
बम बिस्फोटमा ज्यान गुमायका बिनोदको परिवारलाइ राज्यको र्तफबाट २५ लाख दिइने
बम बिस्फोटमा ज्यान गुमायका बिनोदको परिवारलाइ राज्यको र्तफबाट २५ लाख दिइने
विद्यासुन्दर जस्तो हावा गफ गर्ने मानिस होइन: प्रकाशशरण
विद्यासुन्दर जस्तो हावा गफ गर्ने मानिस होइन: प्रकाशशरण
भेट र पृथकता (कबिता)
भेट र पृथकता (कबिता)
न्यायका लागि छट्पटिरहनु दुःखद् हो : राष्ट्रपति भण्डारी
न्यायका लागि छट्पटिरहनु दुःखद् हो : राष्ट्रपति भण्डारी
सर्वोच्चले रञ्जन कोइरालाको फैसला पूनरावलोकन गर्ने
सर्वोच्चले रञ्जन कोइरालाको फैसला पूनरावलोकन गर्ने
भारत–पाकिस्तानबीचको युद्धले कश्मिरको समस्या समाधान हुन्छ?
भारत–पाकिस्तानबीचको युद्धले कश्मिरको समस्या समाधान हुन्छ?
दिल्लीको एक होटलमा भिषण आगलागी,१७ जनाको मृत्य
दिल्लीको एक होटलमा भिषण आगलागी,१७ जनाको मृत्य
माओवादी र प्रचण्डलाई झस्काउने सर्वोच्च अदालतको आदेश के हो?
माओवादी र प्रचण्डलाई झस्काउने सर्वोच्च अदालतको आदेश के हो?

तपाईंले छुटाउनुभयो कि?