राज्य चूप लागेर बस्न मिल्दैन ः नेपाल

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र ११, २०७५
|
|
२४ पटक हेरिएको
Shares
राज्य चूप लागेर बस्न मिल्दैन ः नेपाल

सारांश

  • चितवन, ११ चैत  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले राज्य निरीह संस्था नभएकाले यसलाई कसैले चुनौती दिन्छ भने चूप लागेर बस्न नमिल्ने बताउनुभएको छ ।
  • यहाँ आज पत्रकारसँगको भेटघाटमा उहाँले आपराधिक गतिविधि गर्ने जोकोहीप्रति राज्य निरीह बन्न नसक्ने बताउनुभयो ।
  • पूर्वप्रधानमन्त्री नेपालले भन्नुभयो, “राज्य भनेको निरीह संस्था होइन, राज्यलाई कसैले चुनौती दिन्छ भने चूप लागेर बस्ने कुरा हुँदैन ।

चितवन, ११ चैत  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले राज्य निरीह संस्था नभएकाले यसलाई कसैले चुनौती दिन्छ भने चूप लागेर बस्न नमिल्ने बताउनुभएको छ । यहाँ आज पत्रकारसँगको भेटघाटमा उहाँले आपराधिक गतिविधि गर्ने जोकोहीप्रति राज्य निरीह बन्न नसक्ने बताउनुभयो । पूर्वप्रधानमन्त्री नेपालले भन्नुभयो, “राज्य भनेको निरीह संस्था होइन, राज्यलाई कसैले चुनौती दिन्छ भने चूप लागेर बस्ने कुरा हुँदैन ।” नेता नेपाल महायोगी कृष्णदासको नागरिक अभिनन्दनका सिलसिलामा आज यहाँ आइपुग्नुभएको हो ।

डा सिके राउतको समूहलाई विखण्डनको बाटाबाट मूलधारमा ल्याउनु राम्रो भएको उहाँले बताउनुभयो । सरकार सञ्चालनका बारे पत्रकारको जिज्ञासामा उहाँले सरकार र पार्टी सञ्चालनमा सचिवालयमा सरसल्लाह हुनुपर्नेमा जोड दिनुभयो । उहाँले थप्नुभयो, “असन्तुष्ट पक्षलाई बोलाई छलफल गरेर विश्वासमा लिनुपर्दछ ।” नेता नेपालले कुनै विषयमा आलोचना भएका खण्डमा वा केही प्रष्ट गर्र्नुपर्ने भएमा त्यसलाई प्रष्ट पार्नुपर्ने र नेतृत्व फराकिलो हुनुपर्नेे बताउनुभयो ।

“नेकपा जनवादी केन्द्रीयताको सिद्धान्त र सामूहिक नेतृत्वको आधारमा चल्ने पार्टी हो जहाँ व्यक्तिविशेष सर्वेसर्वा हँुदैन”, नेकपा सचिवालय सदस्य नेपालको भनाइ थियो ।

पूर्वप्रधानमन्त्री नेपालले नेत्रविक्रम चन्द नेतृत्वको समूहलाई प्रतिबन्ध लगाउने विषयमा आफूले पत्रपत्रिकाबाट मात्र थाहा पाएको बताउनुभयो । उहाँले सरकारलाई विगतका कमजोरीलाई सुधार गर्दै अघि बढ्न सल्लाह दिनुुभयो । पार्टीका तल्ला कमिटी र जनवर्गीय सङ्गठनको एकताको प्रसङ्गमा नेता नेपालले पार्टी अध्यक्ष पुष्पकमल दाहाल अमेरिकाबाट फर्किएपछि छलफल गरेर टुङ्गो लगाइने जानकारी दिनुभयो । उहाँले पार्टी स्थापना भएको दिन अप्रिल २२(आगामी वैशाख) सम्ममा सम्पूर्ण एकता सम्पन्न गर्नुपर्नेमा पनि जोड दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महायज्ञमा चार करोड ८४ लाख सङ्कलन
राष्ट्रपति–प्रमबीच राजनीतिकलगायत समसामयिक विषयमा छलफल
राष्ट्रपति–प्रमबीच राजनीतिकलगायत समसामयिक विषयमा छलफल
जरायो मारेको आरोपमा पर्सा वन्यजन्तु आरक्षले लियो प्रदेशसभा सदस्य जयसवालसँग बयान
जरायो मारेको आरोपमा पर्सा वन्यजन्तु आरक्षले लियो प्रदेशसभा सदस्य जयसवालसँग बयान
आजको राशिफल
आजको राशिफल
स्वराजको आजको पहिलो भेट प्रचण्ड, अन्तिम भेट प्रधानमन्त्री देउवा
स्वराजको आजको पहिलो भेट प्रचण्ड, अन्तिम भेट प्रधानमन्त्री देउवा
निकुञ्ज हुँदै माडी जोड्ने सडक विस्तारको काम शुरु
भारतीय गाडीसँग घुस लिँदै गरेका दुई सशस्त्र प्रहरी पक्राउ
भारतीय गाडीसँग घुस लिँदै गरेका दुई सशस्त्र प्रहरी पक्राउ
प्रशासनिक खर्च कम गरेर विकास खर्च बढाउनेतर्फ सोच्ने बेला आयो : खगराज अधिकारी नेता, नेकपा एमाले
प्रशासनिक खर्च कम गरेर विकास खर्च बढाउनेतर्फ सोच्ने बेला आयो : खगराज अधिकारी नेता, नेकपा एमाले
लालबाबु पण्डितले पूरानै मन्त्रालय पाए, को को भए मन्त्री नाम सहित
लालबाबु पण्डितले पूरानै मन्त्रालय पाए, को को भए मन्त्री नाम सहित
लेखा समिति : आन्तरिक कार्यविधि मस्यौदा तयार पार्न उपसमिति गठन
लेखा समिति : आन्तरिक कार्यविधि मस्यौदा तयार पार्न उपसमिति गठन

तपाईंले छुटाउनुभयो कि?