पोर्चुगलको नागरिकता पाउनेमा नेपाली टपटेनमा, नागरिकता पाउने नेपाली ३ बर्षमा तेब्बर

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र १३, २०७५
|
|
२७ पटक हेरिएको
Shares
पोर्चुगलको नागरिकता पाउनेमा नेपाली टपटेनमा, नागरिकता पाउने नेपाली ३ बर्षमा तेब्बर

सारांश

  • पोर्चुगलको नागरिकता पाउने नेपालीहरुको संख्या तीनबर्षमा तेब्बर भएको छ ।
  • सरकारी तथ्यांक अनुशार पोर्चुगलमा एकबर्षको अवधिमा ३१९ जना नेपालीहरुले त्यहाँको नागरिकता लिएका छन् ।
  • तीनबर्षको अवधिको तुलना गर्दा पोर्चुगलको नागरिकता लिने नेपालीहरुको संख्यामा तेब्बर बृद्धि भएको छ ।

पोर्चुगलको नागरिकता पाउने नेपालीहरुको संख्या तीनबर्षमा तेब्बर भएको छ । सरकारी तथ्यांक अनुशार पोर्चुगलमा एकबर्षको अवधिमा ३१९ जना नेपालीहरुले त्यहाँको नागरिकता लिएका छन् ।

तीनबर्षको अवधिको तुलना गर्दा पोर्चुगलको नागरिकता लिने नेपालीहरुको संख्यामा तेब्बर बृद्धि भएको छ । सन् २०१५ मा १०२ जना नेपालीहरुले पोर्चुगलको नागरिकता लिएकोमा सन् २०१६ मा २३९ जना नेपालीहरुले लिएका थिए ।

सन् २०१७ मा आइपुग्दा यो संख्या बढेर ३१९ पुगेको हो । सन् २०१५ मा पोर्चुगलको नागरिकता लिने नेपालीहरुमा ८७ जना पुरुष र १५ जना महिला रहेका छन् ।
त्यस्तै सन् २०१६ मा पोर्चुगलको नागरिकता लिने नेपालीहरुमा १९० जना पुरुष र १ सय ३ जना महिला रहेका छन् । सन् २०१७ मा भने २०१ जना नेपाली पुरुष र ११८ जना महिलाले पोर्चुगलको नागरिकता लिए ।

पछिल्लो तथ्यांक हेर्दा पोर्चुगलको नागरिकता लिनेमा टपटेनमा नेपालीहरु रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?