धराशायी हुँदै विप्लव समूह, धमाधम पक्राउ पर्दै नेता–कार्यकर्ता

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र १४, २०७५
|
|
२८ पटक हेरिएको
Shares
धराशायी हुँदै विप्लव समूह, धमाधम पक्राउ पर्दै नेता–कार्यकर्ता

सारांश

  • काठमाडौं।
  • गएको फागुन २८ गते सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएपछि सक्रिय भएको नेपाल प्रहरीले सो पार्टीका नेता कार्यकर्ताहरुलाई धमाधम पक्राउ गरेको छ।
  • सो पार्टीको तेस्रो वरीयताका हेमन्तप्रकाश ओली पक्राउ पर्ने सबैभन्दा उच्च नेता हुन् भने केही सैन्य कमाण्डर, विभिन्न राजनीतिक समितिका प्रमुख तथा कार्यकताहरु पक्राउ परेका छन्।
काठमाडौं। गएको फागुन २८ गते सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएपछि सक्रिय भएको नेपाल प्रहरीले सो पार्टीका नेता कार्यकर्ताहरुलाई धमाधम पक्राउ गरेको छ। सो पार्टीको तेस्रो वरीयताका हेमन्तप्रकाश ओली पक्राउ पर्ने सबैभन्दा उच्च नेता हुन् भने केही सैन्य कमाण्डर, विभिन्न राजनीतिक समितिका प्रमुख तथा कार्यकताहरु पक्राउ परेका छन्। 
सरकारले प्रतिबन्ध लगाएपछि बुधबारसम्म विप्लव समूहका ९३ जना पक्राउ परेको छन्। 
यसरी पक्राउ परेका उनीहरुमाथि संगठति अपराध र हातहतियार खरखजाना अपराधमा मुद्दा चलाइएको प्रहरीले जनाएको छ । सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाए पनि ‘आतंककारी’ भने घोषणा गरेको छैन । त्यसैले उनीहरुमाथि यस प्रकारका अपराधका आरोप लगाइएको हो । 
राजधानीको नक्खुस्थित एनसेल मुख्यालय तथा वैदेशिक रोजगारी व्यवसाय महासंघका अध्यक्ष रोहण गुरुङको घरमा विष्फोट तथा विभिन्न जिल्लामा चन्दा आतंक मच्चाएपछि सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाउँदै उनीहरुलाई पक्राउ गर्न शुरु गरेको हो । 
प्रहरीले हालसम्म पाएको सबैभन्दा ठूलो सफलता भने सो समूहका मध्य कमाण्ड प्रमुख हेमन्तप्रकाश ओली ‘सुदर्शन’ पक्राउ पर्नुलाई मानेको छ । उनी पक्राउ परेका सबैभन्दा उच्च जिम्मेवारीका नेता हुन् । 
प्रहरीले बुधबारमात्र विप्लव समूहका भोजपुरा प्रदेश प्रमुख विगा चौरसियालाई पक्राउ गरेको छ । 
पर्सा जिल्ला ईन्चार्ज समेत रहेका चौरसियालाई वीरगञ्ज महानगरपालिका वडा नम्बर १९ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 
यस्तै राससका अनुसार चितवनमा विप्लव समूहका सात जिल्ला नेतालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुमध्ये छको म्याद थप गरिएको छ भने एक जना बुधबार बिहान मात्र पक्राउ परेका हुन् । 
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार फागुन २९ गतेदेखि आजसम्म जिल्लाका विभिन्न ठाउँबाट उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा विप्लव समूह निकट जिल्ला सचिवालय सदस्य राजकुमार तिमिल्सिना, अखिल क्रान्तिकारी वीरेन्द्र बहुमुखी क्याम्पसका एकाइ अध्यक्ष विक्रम न्यौपाने, राप्ती नगरपालिका जनसरकार प्रमुख गुणराज श्रेष्ठ, जिल्ला सदस्य वीरबहादुर तामाङ, अखिल क्रान्तिकारी चितवन यातायात व्यवसायी सङ्घका अध्यक्ष मित्र केसी र चितवन १ नम्बर इलाका इञ्चार्ज जयबहादुर कुँवर रहेका छन् । 
भरतपुर महानगरपालिका–५ को कार्यालयमा विष्फोट गराएको अभियोगमा मुद्दा दर्ता गरी फरार रहेका १५ जनाको खोजी भइरहेको उनले बताए ।  पक्राउ परेकालाई बम विष्फोट र सङ्गठित अपराधअन्तर्गत मुद्दा दर्ता गरिएको उनले बताए । 
उता जिल्ला प्रहरी कार्यालय अछामले  ‘विप्लव’ समूहका चार नेता कार्यकर्ता पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले दिएको जानकारीअनुसार जिल्लाको रामारोशन गाउँपालिकाको झाता गाउँमा गस्तीमा गएको प्रहरी टोलीमाथि ‘विप्लव’ समूहका कार्यकर्ताले गोली चलाएपछि उनीहरुलाई पक्राउ गरिएको हो । 
पक्राउ पर्नेमा विप्लव समूह निकट अखिल क्रान्तिकारीका अछाम जिल्ला कोषाध्यक्ष सुरेश रावत, युवा सङ्गठनका जिल्ला सदस्य सुरेश साउद, अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी भुमिसरा धामी र युवा सङ्गठनका राजेन्द्र धामी रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । 
रामारोशन गाउँपालिकाको झाता गाउँमा ‘विप्लव’ समूहका कार्यकर्ता रहेको थाहा पाएपछि प्रहरी टोली मङ्गलबार त्यहाँ पुगेको थियो । झाता गाउँमा पुगेको प्रहरी टोलीमाथि सो समूहका कार्यकर्ताले गोली चलाएपछि प्रहरीले पनि जवाफी फायर खोलेको प्रहरी नायब उपरीक्षक शाहीले बताएको राससले उल्लेख गरेको छ ।  बाँकेमा पनि विप्लप समूहका केनी नेता कार्यकर्ता पक्राउ परेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्माण व्यवसायीको एकाधिकार अस्वीकार्य : प्रधानमन्त्री
निर्माण व्यवसायीको एकाधिकार अस्वीकार्य : प्रधानमन्त्री
सुन तस्करिमा पक्राउ परेका भारतिय संग नेपाली नागरिकता
सुन तस्करिमा पक्राउ परेका भारतिय संग नेपाली नागरिकता
रुकुमका गाउँपालिका वडा सदस्य नेपालगन्जमा पक्राउ
रुकुमका गाउँपालिका वडा सदस्य नेपालगन्जमा पक्राउ
प्रधानसेनापति थापा र चिनियाँ समकक्षीबीच भेटवार्ता, १५ करोड युआन प्रोटोकल सम्झौतामा हस्ताक्षर
प्रधानसेनापति थापा र चिनियाँ समकक्षीबीच भेटवार्ता, १५ करोड युआन प्रोटोकल सम्झौतामा हस्ताक्षर
उदयपुरमा भालुको आक्रमणबाट दुई जना घाइते
उदयपुरमा भालुको आक्रमणबाट दुई जना घाइते
विमानस्थलबाट डिजेल चोरी गरेको आरोपमा चार जना पक्राउ
विमानस्थलबाट डिजेल चोरी गरेको आरोपमा चार जना पक्राउ
सामूहिक बलात्कार प्रकरणः फरार अभियुक्तलाई पक्रन इन्टरपोलको सहयोग!
सामूहिक बलात्कार प्रकरणः फरार अभियुक्तलाई पक्रन इन्टरपोलको सहयोग!
प्रचण्डको शिक्षा छोड्नै नसकेका पूर्वजनमुक्ति सेनाको मार्मिक पत्र प्रचण्डलाई नै
प्रचण्डको शिक्षा छोड्नै नसकेका पूर्वजनमुक्ति सेनाको मार्मिक पत्र प्रचण्डलाई नै
एकता संयोजन समितिको बैठक बस्दै
एकता संयोजन समितिको बैठक बस्दै
वाइडबडी खरिदम ४ अर्बभन्दा बढि भ्रष्टाचार भएको नागरिक आयोगको प्रतिवेदन (प्रतिवेदनसहित)
वाइडबडी खरिदम ४ अर्बभन्दा बढि भ्रष्टाचार भएको नागरिक आयोगको प्रतिवेदन (प्रतिवेदनसहित)

तपाईंले छुटाउनुभयो कि?