सुन तस्करिमा पक्राउ परेका भारतिय संग नेपाली नागरिकता

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ १७, २०७५
|
|
३५ पटक हेरिएको
Shares
सुन तस्करिमा पक्राउ परेका भारतिय संग नेपाली नागरिकता

सारांश

  • काठमाडाै, १७ असार ।
  •  महानगरीय प्रहरी परिसर काठमाडौंले ३ किलो सुन ओसार–पसारमा संलग्न पाँच जनालाई नियन्त्रणमा लिएर आइतबार सार्वजनिक गरेको छ ।
  • ‘ हामीले नियन्त्रणमा लिएको युके ०२ ४६८४ नम्बरको गाडी पटक–पटक अवैधकारोवारमा प्रयोग हुने गरेको खुल्न आएको छ’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) विश्वराज पोखरेलले भने, ‘एयर फिल्टरमा लुकाएको ३ किलो सुन र उक्त सुन ओसार–पसारमा संलग्नहरुलाई पक्राउ गरेर राजश्व अनुसन्धान विभागमा पठाएका छौँ ।

काठमाडाै, १७ असार । महानगरीय प्रहरी परिसर काठमाडौंले ३ किलो सुन ओसार–पसारमा संलग्न पाँच जनालाई नियन्त्रणमा लिएर आइतबार सार्वजनिक गरेको छ । ‘

हामीले नियन्त्रणमा लिएको युके ०२ ४६८४ नम्बरको गाडी पटक–पटक अवैधकारोवारमा प्रयोग हुने गरेको खुल्न आएको छ’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) विश्वराज पोखरेलले भने, ‘एयर फिल्टरमा लुकाएको ३ किलो सुन र उक्त सुन ओसार–पसारमा संलग्नहरुलाई पक्राउ गरेर राजश्व अनुसन्धान विभागमा पठाएका छौँ ।’

चुडामणि उप्रेती ‘गोरे’ ले ल्याएको साँढे ३३ किलो सुन  र सनम शाक्य हत्या प्रकरणपछि सुन तस्करहरुले ठूलो परिणाको सुन भारत पठाउन छाडे पनि सानो परिमाणको सुन भारततर्फ तस्करी भइरहेको पाइएको छ ।

महानगरीय प्रहरी प्रभाग नागढुंगाका इन्सपेक्टर केशव भट्टको टोलीले नियन्त्रणमा लिएको भारतीय नम्बर प्लेटको उक्त मारुती कार २०७५ वैशाख यता चारपटक सम्म कञ्चनपुरको गड्डाचौकी हुँदै काठमाडौं आउने जाने गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।

प्रहरीले शनिवार पक्राउ गरेका सञ्जनासँग भारतीय रासन कार्डसँगै नेपाली नागरीकता समेत रहेको पाईएको छ । उनले लिएको नेपाली नागरिकताको सम्बन्धमा पनि काठमाडौं प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यस्ताे छ तस्करीकाे याेजना

असार १४ गते भारतीय नागरिकहरु अशोक कुमार र चन्द्रमोहन जोशी कञ्चनपुरको गड्डा चौकी हुँदै मोटरसाईकल चढेर महेन्द्रनगर आइपुगे ।

काठमाडौं बाट भारततर्फ सुन लैजाने योजना सहित महेन्द्रनगर आएका अशोक र चन्द्रमोहनको भेट महेन्द्रनगरमा २५ बर्षीया सञ्जना साहसँग हुन्छ ।

भारतमा ‘ग’ बर्गको निर्माण कम्पनी चलाउने सञ्जना साहले सोही दिन चन्द्रमोहन र अशोकलाई आफ्नो गाडीमा राखेर धनगढी विमानस्थल लैजान्छिन्  । धनगढी विमानस्थलाट काठमाडौँ आएका उनीहरु जमलको यल्लो प्यागोडा होटलमा बास बस्छन् ।

काठमाडौँमा सञ्जनाका आफन्तहरु पनि छन्, उनी सँगै आएका दुईजना साथीलाई होटलमा छाडेर सञ्जना आफन्तको घरमा बस्न जान्छु भन्दै होटलबाट बाहिरिन्छिन् ।

प्रहरीको आँखा छलेर सुन तस्करी गर्न माहिर यो समुहले अर्का दुई जनालाई त्यही दिन (बिहीवार) युके ०२ ४६८४ नम्बरको गाडीलाई काठमाडौँ बोलाउँछन् ।

युके ०२ ४६८४ नम्बरको मारुती त्यही गाडी हो जुन गाडीमा सञ्जना र उनका दुईजना सथिहरु महेन्द्रनगरबाट धनगढी विमास्थल गएका थिए ।

महेन्द्रनगरबाट भारतीय नम्बरप्लेटको मारुतीमा मनोज विक र दीपक कुमार मौर्य सवार थिए । दीपकले गाडी चलाए, उनीहरु काठमाडौं आइपुग्दा असार १५ भैसकेको थियो । काठमाडौं आएपछी यल्लो प्यागोडा होटमलमा अशोक र चन्द्रमोहन सँगै बास बसेका दीपक र मनोज शनिवार (१६ गते) ३ किलो सुनसहित नागढुंगाबाट पक्राउ परे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टेबल टेनिस टिम इभेन्टमा नेपाल समुह चरणबाट बाहिरियो
टेबल टेनिस टिम इभेन्टमा नेपाल समुह चरणबाट बाहिरियो
सुदूरपश्चिम प्रदेश सरकार विस्तारमा ढिलाइ
सुदूरपश्चिम प्रदेश सरकार विस्तारमा ढिलाइ
बाँकेमा आठवटा सहकारी एकीकरण
बाँकेमा आठवटा सहकारी एकीकरण
फिदिम बोलेरो दुर्घटना : मृतकको सङ्ख्या तीन पुग्यो
फिदिम बोलेरो दुर्घटना : मृतकको सङ्ख्या तीन पुग्यो
रुपन्देहीको कञ्चन गाउँपालिकामा गण्डकी विकास बैंकको शाखा
रुपन्देहीको कञ्चन गाउँपालिकामा गण्डकी विकास बैंकको शाखा
गगन थापाको आक्रामक टिप्पणी-केपी ओलीलाई बालकोट गएर ट्युसन पढाउनैपर्ने भएको छ
गगन थापाको आक्रामक टिप्पणी-केपी ओलीलाई बालकोट गएर ट्युसन पढाउनैपर्ने भएको छ
प्रदेशसभाको ३२६ स्थानको नतिजा सार्वजनिक, कुन प्रदेशमा कस्को कति ? सूचीसहित
प्रदेशसभाको ३२६ स्थानको नतिजा सार्वजनिक, कुन प्रदेशमा कस्को कति ? सूचीसहित
चितवन जानुअघि शालिकरामले एक पत्रकारलाई फोन गरेर भनेका थिए– ‘पुर्वप्रेमीकाले तनावमा पारिन्’
चितवन जानुअघि शालिकरामले एक पत्रकारलाई फोन गरेर भनेका थिए– ‘पुर्वप्रेमीकाले तनावमा पारिन्’
विषालु सर्पले टोकेर एकै परिवारका दुई जनाको मृत्यु
विषालु सर्पले टोकेर एकै परिवारका दुई जनाको मृत्यु
जेठ १ गतेदेखि लकडाउन झन कडा, यस्तो छ गृहको नीति
जेठ १ गतेदेखि लकडाउन झन कडा, यस्तो छ गृहको नीति

तपाईंले छुटाउनुभयो कि?