निर्वाचनबारेमा भ्रम फैलाउने नौ जना पक्राउ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र १५, २०७५
|
|
२५ पटक हेरिएको
Shares
निर्वाचनबारेमा भ्रम फैलाउने नौ जना पक्राउ

सारांश

  • बैंकक, १४ चैत  थाइल्याण्डमा भएको निर्वाचनका बारेमा भ्रम फैलाउने नौ जनालाई पक्राउ गरिएको छ ।
  • सामाजिक सञ्जाल फेसबुक मार्फत् निर्वाचनका बारेमा गलत विवरण फैलाएको भन्दै उनीहरुलाई अनुसन्धनका लागि पक्राउ गरिएको अधिकारीहरुले जनाएका छन् ।
  • थाईल्याण्डमा सन् २०१४ सैनिकले सत्ता लिएपछि गत आईतबार पहिलो पटक आम निर्वाचन भएको थियो ।

बैंकक, १४ चैत  थाइल्याण्डमा भएको निर्वाचनका बारेमा भ्रम फैलाउने नौ जनालाई पक्राउ गरिएको छ ।
सामाजिक सञ्जाल फेसबुक मार्फत् निर्वाचनका बारेमा गलत विवरण फैलाएको भन्दै उनीहरुलाई अनुसन्धनका लागि पक्राउ गरिएको अधिकारीहरुले जनाएका छन् ।
थाईल्याण्डमा सन् २०१४ सैनिकले सत्ता लिएपछि गत आईतबार पहिलो पटक आम निर्वाचन भएको थियो ।
निर्वाचन भएपनि नतिजा सार्वजनिक नभइरहेका बेला उनीहरुले निर्वाचन आयोगलाई नै बदनाम गराउनेगरी भ्रमक समाचार फैलाएको सरकारी अधिकारीहरुको भनाई छ ।
निर्वाचन आयोगका दुई जना आयुक्तलाई हटाइएको र मतदान भइरहेको ठाउँमा छ लाख अवैध मतपेटिका मिसाइएको भन्ने भ्रमक समाचार उनीहरुले फेसबुकमा सेयर गरेका थिए ।
इन्टरनेट मार्फत् गलत सूचना प्रवाह गरेकाले उनीहरुलाई कम्युटर अपराध ऐन अन्तर्गत कारबाही प्रक्रिया अगाडी बढाइएको प्रहरीका एक जना प्रवक्ता सिरिवात डिफोरले जानकारी दिनुभयो ।
उनीहरुले भने त्यो समाचार भ्रमक समाचार हो भन्ने थाहा नपाएको र सत्य समाचार नै ठानेर आफुहरुले सेयर गरेको बताएका छन् ।
आरोप प्रमणीत भएमा उनीहरुलाई पाँच बर्ष भन्दा बढी जेल सजाय र ३१ सय डलर जरिवाना हुने व्यवस्था रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?