रक्तदान गर्न प्रेरित गर्दै साइकलयात्रा

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र १७, २०७५
|
|
२० पटक हेरिएको
Shares
रक्तदान गर्न प्रेरित गर्दै साइकलयात्रा

सारांश

  • दमौली, १७ चैत  पोखरा महानगरपालिका–८ न्यूरोड निवासी जितेन्द्रमान शाक्य उमेरले ४९ वर्ष पुग्नुभयो ।
  • उहाँले हालसम्म ६५ पटक रक्तदान गरिसक्नुभएको छ ।
  • पोखरामा आयोजना हुने रक्तदान कार्यक्रममा रक्तदान गर्दै आउनुभएका उहाँले रगतको अभावमा कोही कसैले अकालमा ज्यान गुमाउन नपरोस् भनेर जनचेतना जगाउँदै आउनुभएको छ ।

दमौली, १७ चैत  पोखरा महानगरपालिका–८ न्यूरोड निवासी जितेन्द्रमान शाक्य उमेरले ४९ वर्ष पुग्नुभयो । उहाँले हालसम्म ६५ पटक रक्तदान गरिसक्नुभएको छ ।

पोखरामा आयोजना हुने रक्तदान कार्यक्रममा रक्तदान गर्दै आउनुभएका उहाँले रगतको अभावमा कोही कसैले अकालमा ज्यान गुमाउन नपरोस् भनेर जनचेतना जगाउँदै आउनुभएको छ ।

रगत दान गरेपछि मान्छे कमजोर हुन्छ भन्ने भ्रम अझै पनि समाजमा कायमै छ । कसैलाई रगतको अभाव भएको खण्डमा हत्तपत्त मानिस रगत दिन अगाडि सर्दैनन् । त्यही भ्रमलाई चिर्दै रक्तदानको प्रेरणा जगाउन शाक्यले हरेक पटक रक्तदान गरेपछि एक सय किलोमिटर साइकल यात्रा गर्दै आउनुभएको छ ।

शनिबार रेडियो अन्नपूर्णले पोखरामा आयोजना गरेको रक्तदान कार्यक्रममा ६५औँ पटक रक्तदान गरेपछि दमौलीसम्मको साइकलयात्रामा निस्कनुभएका उहाँले रक्तदान गरिसकेपछि मानिस कमजोर हुन्छ भन्ने मानसिकता हटाउन साइकलयात्रा गरेको बताउनुभयो ।

दमौलीमा रासससँगको कुराकानीमा उहाँले भन्नुभयो, “हरेक पटक रक्तदान गरिसकेपछि एक सय किलोमिटरको साइकलयात्रा गर्ने गरेको छु । यसको मुख्य उद्देश्य रक्तदानले मानिस कमजोर हुन्छ भन्ने भ्रम चिर्नु हो ।”

लायन्स क्लब अफ पोखरा मुनालका अध्यक्ष एवं साइकल सिटी पोखराका निवर्तमान अध्यक्षसमेत रहनुभएका उहाँले रक्तदानले मानिसलाई थप स्वस्थ बनाउन सहयोग पुग्ने बताउनुभयो ।

पोखरादेखि दमौलीसम्मको ४९ किमी यात्रा उहाँले साइकलमा करीब दुई घण्टाको अवधिमा पूरा गर्नुभयो । त्यस्तै दमौलीदेखि पोखरासम्म फर्कदा तीन घण्टा १५ मिनेट लाग्यो ।
नेपाल रक्तदाता स्वयंसेवी समाजमा आबद्ध रहनुभएको उहाँले रगतको अभाव हुँदा बिरामीलाई रगतको व्यवस्था मिलाउने सहजीकरणसमेत गर्दै आउनुभएको छ । उहाँले भन्नुभयो, “पोखरामा कसैलाई रगत चाहिएको खण्डमा मलाई सम्पर्क गर्दै आउनुभएको छ । मैले त्यस्ता व्यक्तिलाई रगतको प्रबन्ध मिलाइदिनेसमेत गरेको छु ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वन मन्त्रीमा महतो नियुक्त
वन मन्त्रीमा महतो नियुक्त
जातीय विभेद हटाउन पुस्ताको लडाइँ
जातीय विभेद हटाउन पुस्ताको लडाइँ
विवेकशील साझाद्वारा प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन
विवेकशील साझाद्वारा प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन
शर्मालाई आईओएमको डीनमा पुनर्वहाली गर्न सर्वोच्चको आदेश
शर्मालाई आईओएमको डीनमा पुनर्वहाली गर्न सर्वोच्चको आदेश
जी–२० अर्थमन्त्रीस्तरीय सम्मेलनमा अल्पविकसित मुलुकले भोगिरहेका समस्या उठान भए : अर्थमन्त्री महत
जी–२० अर्थमन्त्रीस्तरीय सम्मेलनमा अल्पविकसित मुलुकले भोगिरहेका समस्या उठान भए : अर्थमन्त्री महत
एमालेको सङ्गठन सृदृढीकरण अभियानको अनुगमनका लागि नेताहरू तोकिए
एमालेको सङ्गठन सृदृढीकरण अभियानको अनुगमनका लागि नेताहरू तोकिए
रेबिजका कारण वृद्धको मृत्युपछि जनावर र मानिसलाई खोप
रेबिजका कारण वृद्धको मृत्युपछि जनावर र मानिसलाई खोप
गोकर्णेश्वर नगरपालिकाका तीन वडामा एमालेको ‘क्लिन स्वीप’
गोकर्णेश्वर नगरपालिकाका तीन वडामा एमालेको ‘क्लिन स्वीप’
दिदीबहिनी एवं दाजुभाइ नहुनेका लागि आज बालगोपालेश्वर खुला
दिदीबहिनी एवं दाजुभाइ नहुनेका लागि आज बालगोपालेश्वर खुला
फागुनको दोस्रो साता ओली प्रधानमन्त्री : कुन दल जाँदैछन् सरकारमा ?
फागुनको दोस्रो साता ओली प्रधानमन्त्री : कुन दल जाँदैछन् सरकारमा ?

तपाईंले छुटाउनुभयो कि?