अर्काको नाममा ट्रायल दिने दुई पक्राउ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन ३०, २०७६
|
|
५३ पटक हेरिएको
Shares
अर्काको नाममा ट्रायल दिने दुई पक्राउ

सारांश

  • काठमाडौँ, ३० फागुन : ट्राफिक प्रहरीले अर्काको नाममा सवारी अनुमतिपत्र (लाइसेन्स)को ट्रायल दिने दुई नक्कली प्रशिक्षार्थीलाई पक्राउ गरेको छ ।
  • महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले नेपाल ड्राइभिङ सेन्टर चाबहिलमा सञ्चालन भएको मोटरसाइकलको ट्रायल दिन गएका कैलालीका जनक न्यौपाने र दार्चुलाका सुभाससिंह धाँमीलाई बिहीबार पक्राउ गरेको हो ।
  • महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले अर्काको नाममा आफ्नो फोटो टाँसेर ट्रायल दिन आएका अवस्थामा ती दुईजनालाई पक्राउ गरेको जानकारी दिए ।

काठमाडौँ, ३० फागुन : ट्राफिक प्रहरीले अर्काको नाममा सवारी अनुमतिपत्र (लाइसेन्स)को ट्रायल दिने दुई नक्कली प्रशिक्षार्थीलाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले नेपाल ड्राइभिङ सेन्टर चाबहिलमा सञ्चालन भएको मोटरसाइकलको ट्रायल दिन गएका कैलालीका जनक न्यौपाने र दार्चुलाका सुभाससिंह धाँमीलाई बिहीबार पक्राउ गरेको हो ।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले अर्काको नाममा आफ्नो फोटो टाँसेर ट्रायल दिन आएका अवस्थामा ती दुईजनालाई पक्राउ गरेको जानकारी दिए । पक्राउ परेका न्यौपानेले बाजुराका कुन्का थापाको नाममा ट्रायल दिन आएको अनुसन्धानमा खुलेको छ । धाँमीले थापालाई ट्रायल पास गरिदिने भन्दै सम्पर्कमा ल्याएर न्यौपानेलाई ट्रायल दिन लगाएको महाशाखाले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई मुलुकी अपराधसंहिता ऐन २०७४ को लिखतसम्बन्धी कसुर अपराधअनुसार थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि महानगरीय प्रहरीवृत्त गौशाला पठाएको महाशाखा प्रमुख ढकालले बताए ।रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाँकेमा पत्रकार र चिकित्सकको पनि उम्मेदवारी, वाम र लोकतान्त्रिकमा बागी
बाँकेमा पत्रकार र चिकित्सकको पनि उम्मेदवारी, वाम र लोकतान्त्रिकमा बागी
पल शाहलाई १५ दिनभित्र अदालतमा उपस्थित गराउन आदेश
पल शाहलाई १५ दिनभित्र अदालतमा उपस्थित गराउन आदेश
रवीन्द्र अधिकारीको विषयमा केपी ओलीले किन यसो भने ?
रवीन्द्र अधिकारीको विषयमा केपी ओलीले किन यसो भने ?
भोजपुरमा नेपाली कांग्रेस अगाडि
भोजपुरमा नेपाली कांग्रेस अगाडि
केपी ओली कपः आर्मीविरुद्ध मधेस प्रदेशले टस जितेर पहिला ब्याटिङ गर्दै
केपी ओली कपः आर्मीविरुद्ध मधेस प्रदेशले टस जितेर पहिला ब्याटिङ गर्दै
ठूला पार्टी जनताबाट टाढा भइसके : लिङ्देन
नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय आयोगका बैठकबारे संसद्लाई जानकारी
नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय आयोगका बैठकबारे संसद्लाई जानकारी
प्रचण्डले एमसीसी रोक्न लागेपछि देउवा कठोर निर्णयको तयारीमा
प्रचण्डले एमसीसी रोक्न लागेपछि देउवा कठोर निर्णयको तयारीमा
विकिलिक्सका संसार हल्लाउने ५ खुलासा यस्ता छन्
विकिलिक्सका संसार हल्लाउने ५ खुलासा यस्ता छन्
काठमाण्डौं उपत्यका सहित मुलुकका विभिन्न भागमा स्वाइन फ्लुको संक्रमण बढेपछि सरकारद्वारा सतर्कता अपनाउन आग्रह
काठमाण्डौं उपत्यका सहित मुलुकका विभिन्न भागमा स्वाइन फ्लुको संक्रमण बढेपछि सरकारद्वारा सतर्कता अपनाउन आग्रह