नयाँ वर्षमा प्रधानमन्त्री ओलीको योजना : आफ्नो टिम फेरबदल गर्नेदेखि मन्त्री हटाउनेसम्म !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र २१, २०७५
|
|
४३ पटक हेरिएको
Shares
नयाँ वर्षमा प्रधानमन्त्री ओलीको योजना : आफ्नो टिम फेरबदल गर्नेदेखि मन्त्री हटाउनेसम्म !

सारांश

  • काठमाडौं, २१ चैत ।
  • प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओली नेपाली नयाँ वर्ष २०७६ मा कर्णाली प्रदेश जाने भएका छन् ।
  • कर्णालीमा पुगेर सम्बोधन गर्नेगरि अहिले प्रधानमन्त्री आन्तरिक तयारीमा जुटेका छन् ।

काठमाडौं, २१ चैत । प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओली नेपाली नयाँ वर्ष २०७६ मा कर्णाली प्रदेश जाने भएका छन् । कर्णालीमा पुगेर सम्बोधन गर्नेगरि अहिले प्रधानमन्त्री आन्तरिक तयारीमा जुटेका छन् । विकास र समृद्धिलाई सुरुवातदेखि नै जोड दिँदै आएका प्रधानमन्त्री ओलीले समृद्ध नेपाल र सुखी नेपालीलाई मूल मन्त्र बनाएका छन् ।

प्रधानमन्त्री ओलीले नयाँ वर्षमा अहिले भएका आफ्ना सल्लाहकार र सहयोगीको टिमलाई हटाएर नयाँ टिम बनाउने पनि तयारी गरेको उनीनिकट उच्च स्रोतले जनाएको छ । त्यस्तै, मन्त्रीहरुको प्रस्तुति पनि चित्तबुझ्दो नभएकोले केही मन्त्रीहरु हटाएर उनीहरुको ठाउँमा काम गर्नसक्ने र आफ्नो ‘स्पिरिट’ समात्न सक्नेलाई ल्याउने प्रधानमन्त्रीको तयारी । यी सबै काम गर्नको लागि प्रधानमन्त्री ओलीले नयाँ वर्षलाई पर्खिरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?