चार हजार २०० मिटर उचाइमा म्याराथन दौड

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र २६, २०७५
|
|
२२ पटक हेरिएको
Shares
चार हजार २०० मिटर उचाइमा म्याराथन दौड

सारांश

  • ओखलढुङ्गा, २६ चैत ।
  • ओखलढुङ्गामा आयोजित पिके–देम्बा हाफ म्याराथनको उपाधि गोरखाका भीमबहादुर गुरुङ र प्यूठानकी हुमी बुढा मगरले जित्नुभएको छ ।
  • करीब चार हजार २०० मिटर उचाइमा रहेको सोलुखुम्बुको पिकेदेखि ओखलढुङ्गाको खिजीफलाटेसम्म भएको हाफ म्याराथनमा पुरुषतर्फ गोरखा जिल्लाका भीमबहादुर गुरुङ र महिलातर्फ प्यूठान जिल्लाकी हुमी बुढामगर प्रथम हुनुभएको हो ।

ओखलढुङ्गा, २६ चैत । ओखलढुङ्गामा आयोजित पिके–देम्बा हाफ म्याराथनको उपाधि गोरखाका भीमबहादुर गुरुङ र प्यूठानकी हुमी बुढा मगरले जित्नुभएको छ ।

करीब चार हजार २०० मिटर उचाइमा रहेको सोलुखुम्बुको पिकेदेखि ओखलढुङ्गाको खिजीफलाटेसम्म भएको हाफ म्याराथनमा पुरुषतर्फ गोरखा जिल्लाका भीमबहादुर गुरुङ र महिलातर्फ प्यूठान जिल्लाकी हुमी बुढामगर प्रथम हुनुभएको हो । एक्काइस किलोमिटरको दूरी गुरुङले एक घण्टा ४९ मिनेट र बुढामगरले दुई घण्टा ४० मिनेटमा पार गर्नुभएको थियो । दुवै जनाले नगद रु ५०–५० हजारसहित प्रमाणपत्र प्राप्त गर्नुभएको छ । पुरुषतर्फ सोलुखुम्बुका सुमन कुलुङ दोस्रो र खोटाङका हेमराज बस्नेत तेस्रो हुनुभएको छ । निर्धारित दूरी कुलुङले एक घण्टा ५३ मिनेट र बस्नेतले एक घण्टा ५९ मिनेटमा पूरा गर्नुभएको थियो ।

यसैबीच महिलातर्फको म्याराथन दौडमा खिजीदेम्बा गाउँपालिका–३ ओखलढुङ्गाकी कष्णकुमारी भुजेल दोस्रो र मोलुङ गाउँपालिका ओखलढुङ्गाकी छोटी शेर्पा तेस्रो हुनुभएको छ । भुजेलले दुई घण्टा ५२ मिनेट र शेर्पाले दुई घण्टा ५४ मिनेटमा दौड पूरा गर्नुभएको थियो । पुरुष र महिलातर्फ दोस्रो र तेस्रो भएका प्रतियोगीले क्रमशः रु ४० हजार र ३० हजार रुपैयाँ सहित प्रमाणपत्र पाउनुभएको छ ।

म्याराथनका माध्यमबाट त्यस क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ओखलढुङ्गा टुरिजम डेभलपमेन्ट कमिटीले हाफ म्याराथन आयोजना गरेको कमिटीका प्रथम उपाध्यक्ष वाङ्डा शेर्पाले बताउनुभयो । चार हजार २०० मिटर अग्लो सोलुखुम्बुको पिकेदेखि दुई हजार ५०० मिटर उचाइमा रहेको खिजिफलाटेसम्म २१ किलोमिटर हाफ म्याराथन गरिएको उहाँको भनाइ छ । उपाध्यक्ष शेर्पाका अनुसार दौडमा दुवैतर्फ आठौँ स्थानसम्मका प्रतियोगीलाई नगद तथा प्रमाणपत्रले पुरस्कृत गरिएको छ ।

म्याराथनमा ओखलढुङ्गा, सोलुखुम्बु, खोटाङ, भक्तपुर, प्यूठानलगायत जिल्लाका ९४ महिला तथा पुरुष धावक सहभागी थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सवारी दुर्घटना हुन नदिन सम्बद्ध पक्षको सावधानीमा राष्ट्रपतिको जोड
सवारी दुर्घटना हुन नदिन सम्बद्ध पक्षको सावधानीमा राष्ट्रपतिको जोड
फेसबुकमा “जी” भन्दा किन कुटे नेविसंघका उपसभापतिले आफ्नै सहसचिव ?
फेसबुकमा “जी” भन्दा किन कुटे नेविसंघका उपसभापतिले आफ्नै सहसचिव ?
बिर्तामोडमा लगाइएको निषेधाज्ञा हट्यो
बिर्तामोडमा लगाइएको निषेधाज्ञा हट्यो
जय नेपाल क्रिकेटकाे उपाधि लालसलाम टाेलीलाइ
जय नेपाल क्रिकेटकाे उपाधि लालसलाम टाेलीलाइ
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार
कालापानी विवादमा पूर्वराष्ट्रपति यादवको आयो धारणा
कालापानी विवादमा पूर्वराष्ट्रपति यादवको आयो धारणा
एयरलाइन्स र प्रहरीसँगको आर्थिक सेटिङमा टुरिस्ट भिसा,१५ नेपालीको  उद्धार;
एयरलाइन्स र प्रहरीसँगको आर्थिक सेटिङमा टुरिस्ट भिसा,१५ नेपालीको उद्धार;
उप–प्रमुख खारेज गर्न काठमाडौं महानगरपालिकाकी उप–प्रमुखकाे सुझाव
उप–प्रमुख खारेज गर्न काठमाडौं महानगरपालिकाकी उप–प्रमुखकाे सुझाव
भूमेलाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रुपमा उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउनुपर्छः सभामुख महरा
भूमेलाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रुपमा उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउनुपर्छः सभामुख महरा
मदरसा नुरुलहोदाको पठनपाठन अब भवनबाट
मदरसा नुरुलहोदाको पठनपाठन अब भवनबाट

तपाईंले छुटाउनुभयो कि?