प्रमुख निर्वाचन आयुक्तमा सिफारिस थपलियाविरुद्ध यस्ता छन् ६ वटा उजुरी
सारांश
- काठमाडौं ।
- प्रमुख निर्वाचन आयुक्तमा सिफारिस भएका दिनेशकुमार थपलियाविरुद्ध संसदीय सुनुवाइ समितिमा ६ वटा उजुरी परेका छन् ।
- समितिमा परेका उजुरीमा सुनुवाई हुनेछन् ।
काठमाडौं । प्रमुख निर्वाचन आयुक्तमा सिफारिस भएका दिनेशकुमार थपलियाविरुद्ध संसदीय सुनुवाइ समितिमा ६ वटा उजुरी परेका छन् । समितिमा परेका उजुरीमा सुनुवाई हुनेछन् ।
सुनुवाई समितिले उजुरी पेस गर्न तोकेको समय शुक्रबारसम्म सकिँदा ६ वटा उजुरी परेका हुन् । थपलियासँगै उजुरी आह्वान भएका राष्ट्रिय समावेशी आयोग सदस्य विष्णुमाया ओझाविरुद्ध भने कुनै पनि उजुरी परेनन् ।
समितिले चैत २० गतेबाट लागू हुनेगरी उजुरी आह्वान गरेको थियो । सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता केशव अर्यालले तोकिएको समयसीमामा थपलिया विरुद्ध ६ वटा उजुरी दर्ता भएको जानकारी दिउ । १० दिनसम्म केही उजुरी गुनासा भए दश दिनको समय दिएर उजुरी आह्वान भएको थियो ।
के के उजुरी परे भन्ने बारे खुलाइएको छैन । कुन कुन विषयमा उजुरी परे भन्ने बारेमा समितिले वैठक राखेर छलफल हुनेछ । थपलियाविरुद्ध परेका उजुरीमा ४ वटा हालैको कर्मचारी समायोजन प्रक्रियामा विभेद गरेको भन्ने रहेका छन् । थपलियाले सचिवबाट अवकाशसमेत नपाई राजनीतिक पहुँचका आधारमा आयोग प्रमुखमा सिफारिस गरिएको भन्दै अनुमोदन नगर्न माग गर्दै उजुरी दर्ता भएका छन् ।
प्रतिक्रिया