नयाँ वर्षकाे अवसरमा प्रधानमन्त्रीकाे पहिलाे सम्वाेधन, के भने?

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख १, २०७६
|
|
२७ पटक हेरिएको
Shares
नयाँ वर्षकाे अवसरमा प्रधानमन्त्रीकाे पहिलाे सम्वाेधन, के भने?

सारांश

  • काठमाडौं।
  • प्रधानमन्त्री केपी ओलीले नयाँ वर्ष २०७६ को अवसरमा देशवासीको नाममा सम्वोधन गर्दै आफ्नो सरकारले कामको फेहरिस्त सुनाएका छन्।
  • आइतबार विहान प्रधानमन्त्रीको सरकार निवास बाटुवाटारबाट प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्वोधन गर्दै सरकारले जनताको जीवनमा आमुल  पविर्तन ल्याउने गरी काम गरेको बताएका हुन्।
काठमाडौं। प्रधानमन्त्री केपी ओलीले नयाँ वर्ष २०७६ को अवसरमा देशवासीको नाममा सम्वोधन गर्दै आफ्नो सरकारले कामको फेहरिस्त सुनाएका छन्। आइतबार विहान प्रधानमन्त्रीको सरकार निवास बाटुवाटारबाट प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्वोधन गर्दै सरकारले जनताको जीवनमा आमुल  पविर्तन ल्याउने गरी काम गरेको बताएका हुन्।
सम्वोधनमा क्रममा प्रधानमन्त्रीले जनताको जीवनमा दीर्घकालीन प्रभाव पार्ने कामको सुरुवात गरेको बताए। प्रधानमन्त्री ओलीले सरकारको पहिलो काम सुशासन भएको उल्लेख गर्दै सुशासन कायम गर्न भ्रष्टाचार रोक्नुपर्ने र भ्रष्टाचार निवारण सरकारको पहिलो प्राथमिकता रहेको बताए।
भ्रष्टाचार विरुद्धको लडाइँ लड्न समय लाग्ने भएपनि त्यसको प्रतिफल राम्रो हुने बताए। प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वमा सरकार गठन भएपछि भ्रष्टाचार धेरै मात्रामा घटेको दाबी गरे।
उनले मुलुकबाट पृथकतावाद अन्त्य भएको दाबी गरे। उनले फरक मुलुक, फरक राष्ट्रिय झण्डा र फरक राष्ट्रिय गानको अभियान संचालन गरेको समूह राजनीतिको मुलधारमा आउनु खुशी कुरा भएको जनाए। 
सरकारले समृद्ध नेपाल सुशी नेपालीको अभियानलाई परिणाममा पुर्याउन सरकारले लगानी सम्मेलन गरेको उल्लेख गर्दै लगानीकर्ताले नै नेपालमा लगानीको राम्रो वातावरण तयार भएको बताएको उल्लेख गरे।
संयुक्त राष्ट्रसंघले सिक्नलाई तयार भएको विषयमा पूर्वप्राथमिक शिक्षामा नेपालको विद्यार्थी भर्ना दर ८६ प्रतिशत रहेको र यो विश्वमै रहेको प्रसंग कोट्याउँदै प्रधानमन्त्री ओलीले यसले सन्तोष दिएको पनि बताएका छन्। 
प्रधानमन्त्री ओलीले हाम्रा कामहरुले ल्याएको परिवर्तनले जनताले महसुस गर्नेछन् भन्दै व्यवहारबाट नै जवाफ दिने बताएका छन्। जनताको जीवनलाई सहज र सुखी बनाउने नै आफूहरुको काम भएको प्रधानमन्त्री ओलीको भनाइ छ। 
उनले आफूहरुले थालेको रोजगारीका विभिन्न कार्यक्रम समृद्धिका हिस्सा भएको बताए । प्रधानमन्त्री ओलीले भ्रष्टाचारीलाई कार्वाही गर्दा त्यसको अनुहार नहेर्ने आफ्नो दृढता कायमै रहेको भन्दै त्यस्ताका बारेमा बोल्दा मुखमा पानी नहाल्न पनि आग्रह गरेका छन्।  
प्रधानमन्त्री ओलीले आफू अगाडि बढ्नका लागि अरुभन्दा छिटो दौड्नै पर्ने बताएका छन् । उनले नयाँ वर्षमा आइरहँदा समयको हेक्का राखौं भन्न चाहेको पनि बताएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?