यसरी भत्कियो गुल्मी मुसिकोट नगरपालिका जोड्ने पुल !!!

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख १, २०७६
|
|
२२ पटक हेरिएको
Shares
यसरी भत्कियो गुल्मी मुसिकोट नगरपालिका जोड्ने पुल !!!

सारांश

  • पछिल्लो समय निर्माणक्षेत्रमा चरम लापरवाहीको समाचार बाहिरिदै गर्दा गुल्मीको मुसिकोट नगरपालिकामा पनि त्यस्तै घटना भएको छ।
  • मुसिकोट नगरपालिकामा ढलान सुरु गरेको २ दिनमै पक्कि पुल भत्किएको छ ।
  • नगरपालिकाको झेंदी भन्ने स्थानमा बडिगाड खोलामाथि निर्माणाधिन बडिगाड पक्कि पुल भत्केको हो ।

पछिल्लो समय निर्माणक्षेत्रमा चरम लापरवाहीको समाचार बाहिरिदै गर्दा गुल्मीको मुसिकोट नगरपालिकामा पनि त्यस्तै घटना भएको छ। मुसिकोट नगरपालिकामा ढलान सुरु गरेको २ दिनमै पक्कि पुल भत्किएको छ । नगरपालिकाको झेंदी भन्ने स्थानमा बडिगाड खोलामाथि निर्माणाधिन बडिगाड पक्कि पुल भत्केको हो । उक्त पुल भत्किदा ठेकेदार सहित ५ जना घाइते भएका छन ।मुसिकोट न.पा. गुल्मीको ७ र ३ वडा जोड्ने झँदिको पुल भत्किएको हो ।उक्त पुल गत शुक्रबार मात्र ढलान गर्न सुरु गरिएको थियो । ५५ मिटर लामो पुल संघिय सरकार सरकार अन्तरगत ५ करोड लागतमा निर्माणाधिन रहेको थियो । जयवुद्ध कन्स्ट्रक्सन प्रालि काठमाडौंले पुलको निर्माण कार्य गरिरहेको थियो ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?