एनसेललाई ३९ अर्ब कर किन तोकेको : सर्वोच्च

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख १३, २०७६
|
|
४९ पटक हेरिएको
Shares
एनसेललाई ३९ अर्ब कर किन तोकेको : सर्वोच्च

सारांश

  • काठमाडौं ।
  • सर्वोच्च अदालतले एनसेल आजिएटालाई तोकिएको ३९ अर्ब रुपैयाँ पुँजीगत लाभकरबारे सरकारसँग कारण देखाउ आदेश जारी गरेको छ ।
  • बिहीबार न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले कारण माग गर्दै अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाएको हो।

काठमाडौं । सर्वोच्च अदालतले एनसेल आजिएटालाई तोकिएको ३९ अर्ब रुपैयाँ पुँजीगत लाभकरबारे सरकारसँग कारण देखाउ आदेश जारी गरेको छ । बिहीबार न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले कारण माग गर्दै अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाएको हो।

एनसेलले सरकारलाई १४ अर्ब रुपैयाँमात्र तिरे पुग्ने दाबी गरेको छ। त्यसविरुद्ध एनसेल अदालत गएपछि कर तोक्नुको कारण सोधिएको हो। ठूला करदाता कार्यालयले आफ्नो अधिकार क्षेत्रबाहिर गएर कानुनभन्दा बढ्ता रकम तोकेको एनसेलको आरोप छ।

तीन महिनाअघि सर्वोच्चको बृहत् पूर्ण इजलासले एनसेल आजिएटालाई तीन महिनाभित्र पुँजीगत लाभकर तिर्न र ठूला करदाता कार्यालयलाई कर तोक्न परमादेश जारी गरेको थियो। ठूला करदाताता कार्यालयले एनसेलको स्वामित्व बिक्रीमा तिर्नुपर्ने कर, शुल्क र ब्याजसहित थप ३९ अर्ब ६ करोड ६

लाख ८४ हजार आठ सय १५ रुपैयाँ दाखिला गर्न सात दिनको समयावधि तोकेको थियो।
सर्वोच्चको आदेशअनुसार गत बिहीबार ठूला करदाता कार्यालयले एनसेललाई एक साताभित्र सम्पूर्ण रकम चुक्ता गर्न ताकेता गर्दै पत्र पठाएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजनीतिक परिवर्तनलाई स्थायित्व दिन आर्थिक सामाजिक रूपान्तरण जरुरी : अध्यक्ष नेपाल
राजनीतिक परिवर्तनलाई स्थायित्व दिन आर्थिक सामाजिक रूपान्तरण जरुरी : अध्यक्ष नेपाल
सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु, एकजना घाइते
सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु, एकजना घाइते
चितवनमा रवि लामिछाने समर्थक र प्रहरीबीच आज पनि झडप
चितवनमा रवि लामिछाने समर्थक र प्रहरीबीच आज पनि झडप
लिङदेनलाई जिताउन एमाले कार्यकर्तालाई ओलीको निर्देशन
लिङदेनलाई जिताउन एमाले कार्यकर्तालाई ओलीको निर्देशन
साउदी अरबको तेल प्रशोधन केन्द्रमा आक्रमणपछि इन्धनको मूल्य बढ्ने चिन्ता
साउदी अरबको तेल प्रशोधन केन्द्रमा आक्रमणपछि इन्धनको मूल्य बढ्ने चिन्ता
आईपीएलमा सन्दीपको पहिलो ब्याटिङ, दिल्लीकाे हार
आईपीएलमा सन्दीपको पहिलो ब्याटिङ, दिल्लीकाे हार
विश्व कीर्तिमानी गीतकार उपाध्यायको उपन्यास र गीतिसंग्रह सार्वजनिक
विश्व कीर्तिमानी गीतकार उपाध्यायको उपन्यास र गीतिसंग्रह सार्वजनिक
सरकार विरुद्ध लडाई जारी राख्ने आर्साको धम्की
सरकार विरुद्ध लडाई जारी राख्ने आर्साको धम्की
अति बोल्ड फोटोशूट गराएपछि अनुष्कालाई भद्दा गाली
अति बोल्ड फोटोशूट गराएपछि अनुष्कालाई भद्दा गाली
देउवाले सरकार छाड्ने डेटलाइन बन्यो, यस्तो छ तयारी
देउवाले सरकार छाड्ने डेटलाइन बन्यो, यस्तो छ तयारी