प्रदेश २ देशकै लाइफलाइन : महानिरीक्षक खनाल

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख १४, २०७६
|
|
३४ पटक हेरिएको
Shares
प्रदेश २ देशकै लाइफलाइन : महानिरीक्षक खनाल

सारांश

  • काठमाडौं ।
  • गृह मन्त्रालयको वार्षिक कार्यक्रम अन्तर्गत प्रदेश २ मा सुरक्षा गोष्ठी धनुषाको जनकपुरमा शुक्रबारदेखि शुरू भएको छ ।
  • गोष्ठी आज सकिँदैछ ।

काठमाडौं । गृह मन्त्रालयको वार्षिक कार्यक्रम अन्तर्गत प्रदेश २ मा सुरक्षा गोष्ठी धनुषाको जनकपुरमा शुक्रबारदेखि शुरू भएको छ । गोष्ठी आज सकिँदैछ । गृहमन्त्रीका सुरक्षा सल्लाहकार सुरक्षाविद् ईन्द्रजित राईको प्रमुख आतिथ्यमा शुरू भएको गोष्ठीमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समुदाय(प्रहरी कार्यक्रम अभियानको रुपमा आएको बताए ।

राम्रो सन्देश दिन खोजेको चर्चा गर्दै सबै सरोकारवाला निकायसँग साझेदारी गर्दै यसलाई अझै सशक्त ढंगले अगाडि बढाउनुपर्ने बताए । शान्ति सुरक्षा र अपराध नियन्त्रणमा जनसाझेदारिता अभिबृद्धि गर्ने उद्देश्यकाले शुरू भएको कार्यक्रमको पृष्ठपोषण अत्यन्त उत्साहजनक रहेकोले साझेदारितालाई सफल पार्न सबैले राम्रोसँग काम गर्नुपर्ने बताए ।

सुशासन प्रवर्धन गर्नु सबैको दायित्व रहेकोले यसका लागि गृहमन्त्रालयको रणनीति र गृह प्रशासन सुधार योजनालाई कार्यान्वयन गर्ने क्रममा नेपाल प्रहरीले प्राथमिकताका आधार तय गरी प्रभावकारी ढंगले काम गर्दै आएको उल्लेख गरे ।

प्रदेश २ देशकै लाइफलाइनको रुपमा रहेकोले राजमार्ग बन्द जस्ता अवाञ्छित र गैरकानुनी क्रियाकलाप हुन नदिनेतर्फ तथा संगठित अपराध र चोरी तस्करी नियन्त्रणमा सबै सुरक्षा निकायको समन्वयकारी भूमिका हुनुपर्ने प्रहरी महानिरीक्षक खनालले चर्चा गरे ।

अवैध हातहतियार ओसारपसार जस्ता गतिविधि विरुद्ध कडा रुपमा प्रस्तुत हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्व कीर्तिमानी लाक्पा देन्डीको संघर्ष र सफलता समेट्दै पुस्तक ‘हिमालयन म्याभरीक’ सार्वजनिक
विश्व कीर्तिमानी लाक्पा देन्डीको संघर्ष र सफलता समेट्दै पुस्तक ‘हिमालयन म्याभरीक’ सार्वजनिक
नेपाल राष्ट्रिय सनातन पार्टी जन्मियो, राष्ट्रियता र सनातन हिन्दू संस्कार एवं संस्कृतिको रक्षा गर्ने मुख्य उद्देश्य (विज्ञप्ती)
नेपाल राष्ट्रिय सनातन पार्टी जन्मियो, राष्ट्रियता र सनातन हिन्दू संस्कार एवं संस्कृतिको रक्षा गर्ने मुख्य उद्देश्य (विज्ञप्ती)
नवरात्रकाे चाैथाे दिनः माता कुष्माण्डको पूजा आराधना गरिँदै
नवरात्रकाे चाैथाे दिनः माता कुष्माण्डको पूजा आराधना गरिँदै
राजस्व नतिर्नेमाथि छानबिन हुने
राजस्व नतिर्नेमाथि छानबिन हुने
Nargis Fakhri confirms dating Matt Alonzo with her latest post!
Nargis Fakhri confirms dating Matt Alonzo with her latest post!
प्रधानमन्त्रीद्वारा क्रिकेट विजेतालाई बधाई
प्रधानमन्त्रीद्वारा क्रिकेट विजेतालाई बधाई
नारायणगढ मुग्लिङ्ग सडकखण्ड अन्र्तगतको कालीखोलामा फेरी पहिरो जांंँदा बाटो पुर्ण रुपमा अवरुद्ध,सयौं सवारी जाममा , हजारौं यात्रु अलपत्र
नारायणगढ मुग्लिङ्ग सडकखण्ड अन्र्तगतको कालीखोलामा फेरी पहिरो जांंँदा बाटो पुर्ण रुपमा अवरुद्ध,सयौं सवारी जाममा , हजारौं यात्रु अलपत्र
नेपालगञ्जको निषेधाज्ञा यथावत्, वार्ताको पहल हुँदै
नेपालगञ्जको निषेधाज्ञा यथावत्, वार्ताको पहल हुँदै
कञ्चनपुरका ६ घरबाट अवैध काठ बरामद
कञ्चनपुरका ६ घरबाट अवैध काठ बरामद
बर्दियाबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना, ११ जना घाइते

तपाईंले छुटाउनुभयो कि?