के अमेरिका विभाजन हुन्छ ?
सारांश
- बीबीसी।
- विगत केही वर्षदेखि अमेरिकी जनताबीच तीव्र ध्रुवीकरण भइरहेको छ।
- रिपब्लिकन र डेमोक्रेटिक पार्टीका समर्थक दिन प्रतिदिन कट्टर हुँदै जान थालेका छन्।
बीबीसी। विगत केही वर्षदेखि अमेरिकी जनताबीच तीव्र ध्रुवीकरण भइरहेको छ। रिपब्लिकन र डेमोक्रेटिक पार्टीका समर्थक दिन प्रतिदिन कट्टर हुँदै जान थालेका छन्।
जानकारहरुका अनुसार जसरी दास प्रथालाई लिएर भएको गृय युद्धपछिको अवस्था थियो, अमेरिकाको आजको अवस्था पनि झण्डै त्यस्तै छ।
क्यालिफोर्निया युनिभर्सिटीका राजनीतिक शास्त्री बर्नार्ड ग्रामम्यान भन्छन्, ‘आजको अमेरिकी संसदमा जति ध्रुवीकरण छ, यस्तो ध्रुवीकरण विगत १०० वर्षमा पनि देखिएको थिएन।’
अमेरिकाको सबैभन्दा ठूलो राज्य क्यालिफोर्निया पनि यो ध्रुवीकरणको शिकार भएको छ। विगत केही दशकमा क्यालिफोर्नियाका जनता र बाँकी अमेरिकनबीचको मतभेद झन गहिरिएको छ।
यसलाई मध्य नजर गर्दै ६ वटा यस्ता प्रस्ताव आइसकेका छन् जसमा क्यालिफोर्नियालाई स–साना राज्यमा बाँड्नेदेखि लिएर अमेरिकाबाट पूरै अलग हुन सुझाव समेत दिइएको छ।
बास्टनको टफ्ट्स युनिभर्सिटीमा अध्ययन गर्ने मोनिका टाफ्ट भन्छिन्, ‘क्यालिफोर्नियाले केन्द्रीय सरकारले आफ्नो हितको रक्षा गर्न नसकेको निष्कर्षमा पुग्न थालेका छन्। क्यालिफोर्निया ठूलो राज्य भएका कारण यसको आर्थिक विकासकालागि स–साना राज्यमा विभाजन गर्नुपर्ने उनीहरुको मान्यता छ।’ कयौं मुद्दामा क्यालिफोर्नियाका जनता बाँकी अमेरिकी नागरिक भन्दा अलग धारणा राख्छन्।
यद्यपी क्यालिफोर्निया अमेरिकाबाट अगल हुने कुनै संभावना छैन। तर एक छिनलाई मनौं की क्यालिफोर्निया अमेरिकाबाट अलत भयो भने के हुन्छ? अमेरिका अन्य मुलुकमाथि यसको असर के पर्छ,?
अमेरिकाको संविधानले कुनै पनि राज्यलाई अलग हुने अनुमति दिँदैन। क्यालिफोर्नियाका नागरिकलेपनि अमेरिकाबाट अलत हुने कुरा गरेका छैनन्। तै पनि एकछिनलाई मानौं क्यालिफोर्निया अमेरिकाबाट अलत भयो भने माहोल कस्तो हुन्छ?
के अमेरिकामा फेरि गृहयुद्ध सुरु हुन्छ?
अमेरिकामा आज कुनै पनि अवस्थामा गृहयुद्ध हुने संभावना देखिँदैन। तर, कुनै पनि देशको कुनै भूभाग अलग भयो हिंसा भड्किने संभावना रहन्छ। अमेरिकामा पनि १५७ वर्ष पहिला यस्तै भएको थियो। जब काला जातिलाई दास बनाइ राख्नेका समर्थक दक्षिणी राज्यले अमेरिकाबाट अलग हुने घोषणा गरेको थियो।
त्यो बेला सुरु भएको गृहयुद्धमा ६ खाल २० हजार अमेरिकीको निधन भएको थियो।
यो घटना एउटा विभाजित भयो भने कत्तिको हिंसा भड्किन्छ भन्ने उदहारणसमेत हो। १९४७ मा भारत–पाकिस्तानबीच विभाजन हुन्दा दश लाख भन्दा धेरै मानिसको मृत्यु भएको थियो।
यसैगरी १९७१ मा जब बंगलादेशले पाकिस्तानबाट अलग हुने निर्णय गर्यो तब पाकिस्तानको सेनाले सामुहिक बलात्कारदेखि लिएर नरसंहारसम्म गरेको थियो। उत अफ्रिकी देश इरिट्रयाले जब इथियोपियाबाट छुट्टिने निर्णय गर्यो तब दुवै देशबीच करिव ३० वर्षसम्म गृहयुद्ध भयो।
तर १९९३ मा जब चेक र स्लोभाक रिपब्लिक छुट्टिए, त्यो बेला सबै कुरा शान्तिपूर्ण नै भए। बेलायत युरोपीयन युनियनबाट अलत हुँदा पनि शान्तिपूर्ण रुपमा नै भयो।
यदि क्यालिफोर्नियाले अमेरिकाबाट अलत हुने फैसला गर्यो भने रिपब्लिक पार्टीका समर्थक त खुशी हुन्छन्। तर डेमेक्रेटिक पार्टीका समर्थक भने यो कुरामा सहमत हुन सक्दैनन्। कारण के हो भने क्यालिफोर्निया, डेमेक्रेटिक पार्टीको गढ मानिन्छ। क्यालिफोर्नियाका जनताको समर्थन विना डेमोक्रेटिक पार्टीका कुनै पनि उम्मेद्वार शायद अमेरिकी राष्ट्रपति बन्न सक्दैनन्।
तर अहिले क्यालिफोर्नियाले अमेरिकाबाट अलग हुने कदम उठाउनुपर्ने कुनै कारण देखिएको छैन।
क्यालिफोर्निया अमेरिकको सबैभनदा धेरै जनसंख्या भएको राज्य हो। यो अमेरिकाबाट अलग भयो भने रिपब्लिकन पार्टीको प्रभुत्व कायम रहन्छ। अमेरिकी संसदमा रिपब्लिकन पार्टीको सजिलै बहुमत पुग्छ।
जानकारहरुका अनुसार १९९० को दशकमा यदि अमेरिकामा बोलामा वा क्लिन्टन जस्ता डेमोक्रेटिक पार्टीका नेता बन्नुमा क्यालिफोर्नियाको ठूलो योगदान छ। क्यालिफोर्नियाको सोच उदारबादी छ। यही भएर अमेरिका आउने धेरै जसो मानिस क्यालिफोर्नियामा बस्न रुचाउँछन्। सिलीकन भ्याली जस्ता कारोवारी इलाकामा नयाँ मानिस आउँदा आर्थिक विकासलाई नयाँ धार मिल्छ। यदि कुनै दिन क्यालिफोर्निया अमेरिकबाट अलत भयो भने संयुक्त राज्य अमेरिकाको अधोगती सुरु हुनेछ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया