बेलका नगरपालिकाको ३ मत विवादमा आयोगको निर्देशन – फेरि गन
सारांश
- उदयपुर, असार २० – उदयपुरको बेलका नगरपालिकाको विवाद आएकै वडावाट पुनः मतगणना गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ ।
- विवाद रहेको वडाबाट पुन मतगणना गर्न पत्र आएको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताउनुभयो ।
- आयोगको निर्देशन मान्न तयार भएका दलहरु अव मतगणनामा सहभागी हुने भएका छन ।
उदयपुर, असार २० – उदयपुरको बेलका नगरपालिकाको विवाद आएकै वडावाट पुनः मतगणना गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ । विवाद रहेको वडाबाट पुन मतगणना गर्न पत्र आएको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताउनुभयो ।
आयोगको निर्देशन मान्न तयार भएका दलहरु अव मतगणनामा सहभागी हुने भएका छन । उदयपुरका निर्वाचन अधिकृत महेन्द्रबहादुर कार्कीले पनि दलहरुले नमाने पनि मतगणना सुरु गर्न निर्वाचन आयोगबाट निर्देशन आएको बताउनुभयो ।
शनिबार रातिदेखि विवाद भएर रोकिएको मतगणनाको बारेमा प्रतिवेदन निर्वाचन आयोगको केन्द्रिय कार्यालय पठाएपछि आयोगले पुन मतगणना गर्न निर्देशन दिएको हो । बेलका नगरपालिका –४ गुरुङचौरीमा रहेको मतदान केन्द्रको मतपेटिकामा १ हजार ७ सय ४८ मत पत्र हुनुपर्नेमा १ हजार ७ सय ५१ वटा मत पत्र भेटिएपछि मतगणना स्थगित भएको थियो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया