सन्दिपलाई मध्यरातमा किन नेपाली क्रिकेटको चिन्ता लाग्यो ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख १७, २०७६
|
|
२७ पटक हेरिएको
Shares
सन्दिपलाई मध्यरातमा किन नेपाली क्रिकेटको चिन्ता लाग्यो ?

सारांश

  • नेपाली क्रिकेटर सन्दिप लामिछाने अहिले भारतमा इण्डियन प्रिमियर लिग खेलिरहेका छन् ।
  • यही बीचमा लामिछानेले नेपाली क्रिकेटको भविष्यप्रति चिन्ता व्यक्त गरेका छन् ।
  • सोमबार राति ट्वीट गर्दै सन्दीपले यो मध्यराति आफू नेपाली क्रिकेटका बारेमा सोचेर चिन्तित भएको बताएका छन् ।
नेपाली क्रिकेटर सन्दिप लामिछाने अहिले भारतमा इण्डियन प्रिमियर लिग खेलिरहेका छन् । यही बीचमा लामिछानेले नेपाली क्रिकेटको भविष्यप्रति चिन्ता व्यक्त गरेका छन् । सोमबार राति ट्वीट गर्दै सन्दीपले यो मध्यराति आफू नेपाली क्रिकेटका बारेमा सोचेर चिन्तित भएको बताएका छन् ।
‘अहिले मध्यराति भएको छ । म हाम्रो नेपाली क्रिकेटको बारेमा सोचिरहेको थिएँ’ उनले लेखेका छन्, ‘दुःख लाग्दो कुरा हामी निलम्बनमा छौं, तीन वर्ष भयो ।’ नेपाली क्रिकेटलाई राम्रो बनाउनका लागि सोच्ने हो भने हाम्रा लागि प्रतिवद्धता र इमान्दारीता अत्यावयक रहेको सन्दीपले भनेका छन् ।
क्रिकेटका लागि नेपाल सरकारको आधिकारिक निकाय नेपाल क्रिकेट संघ क्यानलाई अन्तर्राष्ट्रिय क्रिक्रेट परिषद् (आइसिसी) २०७३ बैशाखमा निलम्बन गरेको थियो । निलम्बन हटाउनका लागि विभिन्न प्रयास भए पनि अहिलेसम्म निलम्बन फुकुवा हुन सकेको छैन् । क्यानभित्रै आपसी विवाद भएपछि आईसीसीले निलम्बन गरेको थियो ।

(https://www.dipprofit.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?